महेश बाबु राजामौलीसँग काम गर्ने तयारीमा तर पारिश्रमिक नलिने

नेपालबहस संवाददाता
माघ १७, २०८० बुधबार २२:१६:३

१७ माघ, काठमाडौं । महेश बाबु हालैका दिनमा त्रिविक्रम श्रीनिवासले लेखेको अनि निर्देशन गर्न लागेको पारिवारिक एक्शन फिल्म ‘गुंटूर करम’का कारण चर्चामा थिए । अब उनी बाहुबली र आरआरआरका निर्देशक एसएस राजामौलीसँग काम गर्ने तयारीमा छन् । फिल्मको शीर्षक अहिलेसम्म तय भइसकेको छैन । अहिले यसलाई एसएसएमबी २९ भनिएको छ ।
खबरलाई पत्याउने हो भने एसएसएमबी २९ को बजेट १००० करोड भारु रहनेछ । राजामौली महँगा बजेटका फिल्म बनाउने निर्देशक हुन् । यो फिल्म भारतको अहिलेसम्मकै महँगो फिल्म हुने बताइएको छ । एसएसएमबी २९ को अहिले चर्चामा रहनुको कारण महेश बाबुको पारिश्रमिक हो ।
यो फिल्म खेलेर महेशले पारिश्रमिक भनेर एक पैसा लिने छैनन् । टलिवूडमा सबैभन्दा धेरै फिस लिने अभिनेता हुन् महेश । फिल्मको शूटिङ नसकिदासम्म वा फिल्म रिलिज नहुँदासम्म फिल्मको पारिश्रमिक माफ गरेको खबर आइरहेका छन् । यो फिल्मका लागि महेशले कुनै पारिश्रमिक नपाएको एक्समा एक युजरले उल्लेख गरेका थिए ।
महेश बाबु आफ्नो शारीरिक छविलाई निकै महत्त्व दिने अभिनेतामा पर्दछन् । यो फिल्मका लागि महेशले जर्मन डाक्टरको मार्ग निर्देशनमा विशेष चिकित्सामा आधारित शारीरिक कसरत गरिरहेका छन् । राजामौली र उनका पिता लेखक विजेन्द्र प्रसादले कल्पना गरेका फिल्मको पात्रमा आफूलाई ढाल्न उनले अनेकौं प्रशिक्षण पनि लिइरहेका छन् ।
महेशबाबुले राजामौलीसँग ३ वर्षसम्म काम गर्नेवाला छन् । राजामौलीले यो फिल्मलाई महाकाव्य बनाउन चाहेका छन् । पछिल्लो खबरका अनुसार उनले महेशलाई आफ्नो पार्टनर बनाउन चाहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपओस्कर विजेता अमेरिकी अभिनेता ह्याकम्यान श्रीमतीसहित मृत फेला
फागुन १५, २०८१ बिहिबार
रश्मिका मन्दनाका तीन फिल्मले कमायो तीन हजार एक सय ६५ करोड
फागुन १४, २०८१ बुधबार
विक्की कौशलको पाँच सय करोड कमाउने पहिलो फिल्म बन्यो 'छावा'
फागुन १४, २०८१ बुधबार
युएसएआईडीका कामदारहरूलाई आफ्नो कार्यस्थल दुई दिन भित्र खाली गर्न ट्रम्प प्रशासनको निर्देशन
फागुन १५, २०८१ बिहिबार
त्रिभुवन विमानस्थलबाट ३ केजी ७७५ ग्राम सुनसहित चार जना विदेशी नागरिक पक्राउ
फागुन १५, २०८१ बिहिबार
मुस्लिम समुदायको अधिकार कार्यान्वयनमा माओवादी गम्भीर : अध्यक्ष प्रचण्ड
फागुन १५, २०८१ बिहिबार
अर्थ मन्त्रालयले बनायो बजेट लेख्ने टीम, संयोजकमा श्रीकृष्ण नेपाल
फागुन १५, २०८१ बिहिबार
तासको विषयमा विवाद, साउथ इन्डियन फिल्म ‘मारको’को नक्कल गरेर साथीको हत्या
फागुन १५, २०८१ बिहिबार
सरकारले गर्यो एकैपटक ७८ जना सहसचिवको सरुवा (नामावलीसहित)
फागुन १५, २०८१ बिहिबार
चितवनमा ‘बेबी कर्न’ को जातिय परीक्षण सुरु
फागुन १५, २०८१ बिहिबार