लेकसाईडमा पर्यटकलाई हैरानी दिने ६ जना पक्राउ
नेपालबहस संवाददाता
माघ १८, २०८० बिहिबार ६:३९:३०
१८ माघ, पोखरा । जिल्ला प्रहरी कार्यालयले पोखराको लेकसाईडबाट छ जनालाई पक्राउ गरेको छ । लेकसाईडको हल्लनचोक क्षेत्रमा पर्यटकलाई अनावश्यक कुरामा दुःख र हैरानी गर्ने छ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
पर्यटकहरुलाई बिच सडकमा बाटो छेक्ने, होटल मिलाई दिन्छौ भनी पैसाको ‘बार्गेनिङ’ गर्ने, भ्रमणका विभिन्न प्याकेजहरु मिलाइदिन्छौं भन्दै पर्यटकलाई दुःख दिनेहरू प्रहरीको पक्राउ परेका हुन् । पक्राउ पर्नेहरूमा कास्की पोखरा महानगरपालिका ६ का २२ वर्षीय सुदीप अर्याल, २६ वर्षीय सन्दीप गिरी, १९ वर्षीय सुमन शर्मा, २० वर्षीय नेत्र बहादुर प्रधान, २३ वर्षीय सुशील महतो र २६ वर्षीय राजन पौडेल रहेका छन् । उनीहरु सबै पोखरा ६ लेकसाईडका हुन् ।
पक्राउ परेका छ जनालाई सार्वजनिक स्थानमा होहल्ला मच्चाउने जस्ता अपराध कार्य गरेका भन्दै सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर अन्तर्गत अभद्र व्यवहारमा जिल्ला अदालत कास्कीबाट म्याद गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
अब विकट छैन ‘बोबाङ गाउँ’
पुष १५, २०८१ सोमबार
क्षयरोग अन्त्यका लागि वडा तहमै खोज अभियान सुरु
पुष १३, २०८१ शनिबार
बाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
जापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
नेपाल धानमा पनि परनिर्भर बन्दै, वीरगञ्जबाट ५ महिनामा ३ अर्ब बढीको धान आयात
पुष १९, २०८१ शुक्रबार
मुगुमा ४.४ रिक्टर स्केलको भूकम्प
पुष १९, २०८१ शुक्रबार
विपन्न समुदायका छात्रालाई वडा कार्यालयबाट साइकल सहयोग
पुष १९, २०८१ शुक्रबार
कति छ आज तरकारी तथा फलफूलको भाउ ?
पुष १९, २०८१ शुक्रबार
बझाङमा जीप दुर्घटना, चालकसहित ५ जनाको मृत्यु
पुष १९, २०८१ शुक्रबार