मापसे गरी सवारी चलाउने ३९ हजारभन्दा बढी कारबाहीमा
नेपालबहस संवाददाता
माघ १८, २०८० बिहिबार १०:२८:५५
१८ माघ, काठमाडौं । नेपाल प्रहरी मादक पदार्थ सेवन 'मापसे' गरी सवारी चलाउने माथि कारबाहीलाई तीव्र पारेको छ । यस क्रममा प्रहरीले आर्थिक वर्ष २०८०/८१ को गत साउनदेखि पुससम्म मादक पदार्थ सेवन 'मापसे' गरी सवारी चलाउने ३९ हजार दुई सय ७२ जना र लागू पदार्थ सेवन 'लापसे' गरी सवारी चलाउने दुई सय ४२ जनालाई कारबाही गरेको जनाएको छ ।
मापसेबाट गरिएको कारबाहीबाट कूल रु तीन करोड ९९ लाख ६९ हजार राजस्व सङ्कलन भएको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ । यात्रु, सवारी र सडकलाई सुरक्षित बनाउँदै गन्तव्यमा पुर्याउन तथा दुर्घटना न्यूनीकरण गर्न मापसे तथा लापसे चेकिङ प्राथमिकतामा राखिएको छ ।
चालकले मापसे गरी सवारीसाधन चलाउँदा आकस्मिक र गम्भीर दुर्घटना निम्त्याउने गरेको तथ्याङ्कले देखाउँछ । सीसीटिभीको पहुँच न्यून र सीमित ठाउँमा मात्र ट्राफिक प्रहरीको उपस्थितिका कारण मापसे गरी सवारी चलाउने प्रवृत्ति बढ्दो देखिएको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले बताउनुभयो ।
उनका अनुसार यस्तो प्रवृत्तिलाई निरूत्साहित गर्नुका साथै मापसे तथा लापसे नियन्त्रणलाई प्रभावकारी बनाउन नेपाल प्रहरीले सक्रियता देखाउँदै आएको छ । “दुर्घटनाबाट आफ्नो र यात्रुको ज्यान बचाउन प्रत्येक चालकले सही हालतमा सवारीसाधन चलाउनुपर्छ । यो कुरालाई स्थानीय स्तरमा सबै नागरिकले बुझ्न र पालना गर्न आवश्यक हुन्छ”, केन्द्रीय प्रहरी प्रवक्ता ढकालले भने ।
यस आर्थिक वर्षको छ महिनामा मापसे गरी सवारी चलाउने काठमाडौं उपत्यकामा १८ हजार छ सय २७, कोशी प्रदेशमा दुई हजार पाँच सय २४, मधेस प्रदेशमा दुई हजार २१, बागमती प्रदेशमा एक हजार ९८, गण्डकी प्रदेशमा आठ हजार नौ सय २३, लुम्बिनी प्रदेशमा दुई हजार सात सय ७३, कर्णाली प्रदेशमा एक हजार दुई सय ६४ र सुदूरपश्चिम प्रदेशमा दुई हजार ४२ जना कारबाहीमा परेका प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।
मापसे गरी सवारी चलाउने मात्र होइन मापसे गरी बाटोमा जथाभावी हिँड्नेका कारण पनि सवारीसाधनले ठक्कर दिँदा दुर्घटना हुने गरेको प्रहरीको भनाइ छ । काठमाडौं उपत्यकाका धेरै ठाउँमा सवारीसाधन चेकिङ गर्ने, लापसे सेवनमा मुद्दा चलाउने गरेका कारण चालक सजग र सचेत भई जनधनको क्षतिमा कमी आएको उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले बताए । उनले भने, “यसलाई निरन्तरता दिँदै सडक सुरक्षा र दुर्घटना न्यूनीकरणको लागि विशेष जोड दिँदै आएका छौँ ।”
सो अवधिमा कारबाहीमा पर्नेबाट काठमाडौं उपत्यकामा रु एक करोड ८६ लाख २७ हजार, कोशी प्रदेशमा रु २५ लाख ३९ हजार पाँच सय, मधेस प्रदेशमा रु २० लाख ४२ हजार पाँच सय, बागमती प्रदेशमा रु ११ लाख १७ हजार, गण्डकी प्रदेशमा रु ९५ लाख ६८ हजार, लुम्बिनी प्रदेशमा रु २७ लाख ७३ हजार, कर्णाली प्रदेशमा रु १२ लाख ६० हजार र सुदूरपश्चिम प्रदेशमा रु २० लाख ४२ हजार राजस्व सङ्कलन भएको प्रहरीले जनाएको छ ।
यसैगरी उक्त अवधिमा लापसे गरी सवारी चलाउने काठमाडौं उपत्यकामा ८१, कोशी प्रदेशमा २८, गण्डकी प्रदेशमा ८८, लुम्बिनी प्रदेशमा २० र सुदूरपश्चिम प्रदेशमा २५ जना कारबाहीमा परेका छन् ।
प्रहरी प्रवक्ता ढकाल भन्छन्, “मापसे, लापसे नगरी सवारीसाधन चलाउने कार्यलाई प्रबर्द्धन गर्न प्रहरी र नागरिकबीच सहकार्य र समन्वय गरी अगाडि बढ्नु आवश्यक छ । हाम्रो मुख्य ध्यान दुर्घटनाबाट धनजनको क्षति नहोस् भन्ने नै हो । नागरिकले पनि प्रहरीको यो कार्य मेरो आफ्नै सुरक्षाका लागि हो भन्ने कुरा मनन गरिदिएमा सबैका लागि राम्रो हुनेछ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजिम्मेवारी पूरा गर्न प्रहरी कर्मचारी थप सिर्जनशील हुनुपर्छ : प्रहरी महानिरीक्षक कुँवर
जेठ १८, २०८१ शुक्रबार
डीआईजी र एसएसपी सरुवामा गृहमन्त्रीको मनोमानी, ५ महिना नपुग्दै लखेटिए आचार्य
जेठ १७, २०८१ बिहिबार
नेपाल प्रहरी र सशस्त्र प्रहरीको उमेर हद अध्ययन गर्न गृह मन्त्रालयले बनायो कार्यदल
जेठ १७, २०८१ बिहिबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
नेपालबहस संवाददाता
जेठ १८, २०८१ शुक्रबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
जेठ १८, २०८१ शुक्रबार
बजेट सच्याउने निर्णय गराएर करका दरमाथि खेल्दै अर्थमन्त्री, 'टाइपिङ इरर' भएको बहाना
जेठ १८, २०८१ शुक्रबार
गृहमन्त्रीको नजरः सुन तस्करीमा संलग्न निजामतिलाई काखा, प्रहरीलाई पाखा
जेठ १८, २०८१ शुक्रबार
शल्यक्रिया गर्न पालो कुर्नुपर्ने समस्या अन्त्य गरिने
जेठ १९, २०८१ शनिबार
क्यामरा आकृतिको भवन
जेठ १९, २०८१ शनिबार
नेपालगञ्जका विद्यालयमा गर्मी बिदा बढाइयो
जेठ १९, २०८१ शनिबार
दरबार हत्याकाण्डको २३ वर्ष पूरा
जेठ १९, २०८१ शनिबार
युक्रेनले रुसविरुद्ध आफ्नो सीमाभित्र अमेरिकी हतियार प्रयोग गर्नसक्ने
जेठ १९, २०८१ शनिबार
मलाइका र अर्जुनको ब्रेकअप !
जेठ १९, २०८१ शनिबार