१९ मन्त्रालयले १ सय १७ विधेयक बनाउनुपर्नेमा ६३ वटा तयार, संसदलाई बिजनेशको अभाव नहुने
नेपालबहस संवाददाता
माघ १८, २०८० बिहिबार ११:२६:२९
१८ माघ, काठमाडौं । संसद सचिवालयले संसदको हिउँदे अधिवेशनको तयारी पुरा भएको जनाएको छ । बुधबार संसद सचिवालयका कर्मचारीले अधिवेशन स्थलको अवलोकन गरेका थिए । माघ २२ गते संघीय संसद बैठक बोलाइएको छ । संसद अधिवेशनको तयारी पुरा भएसँगै सरकारले पनि संसदमा पेश गर्ने विधेयकहरुको तयारी गरेको छ ।
कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको कानुन तर्जुमा महाशाखाका अनुसार संघीय संसदको हिउँदे अधिवेशनमा सरकारले पहिलो चरणमा ६३ विधेयक पेश गर्ने तयारी गरेको छ । १९ वटा मन्त्रालयका तर्फबाट अधिवेशनका लागि ६३ वटा विधेयक पहिलो प्राथमिकतामा राखिएको छ ।
सबै मन्त्रालयबाट कुल १ सय १७ विषयमा कानुन बनाउने तथा संशोधन गर्ने प्रस्ताव आएकोमा हिउँदे अधिवेशनको पहिलो प्राथमिकतामा ६३ वटा मात्र राखिएको हो । पहिलो प्राथमिकतामा राखिएको विधेयकको विवरण कानुन मन्त्रालयले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड समक्ष प्रस्तुत गरिसकेको छ ।
प्रधानमन्त्री प्रचण्डले प्राथमिकता क्रममा केही परिमार्जन गर्न निर्देशन दिएका छन् । हिउँदे अधिवेशनका लागि कानुन मन्त्रालयले मन्त्रालयहरूसँग बनाउनुपर्ने कानुनहरूको अवधारणा पत्र माग गरेको थियो । प्रधानमन्त्रीको निर्देशनपछि पहिलो प्राथमिकतामा फेरबदलका लागि कानुन मन्त्रालयले गृहकार्य थालेको छ ।
पहिलो प्राथमिकतामा रहेर २३ देखि २५ वटा नयाँ कानुनको मस्यौदा संसदमा पेस गरिनेछ । बाँकी ऐन संशोधनको रूपमा विधेयक आउनेछन् । मन्त्रालयले दोस्रो प्राथमिकतामा ३९ र तेस्रो प्राथमिकतामा १५ वटा कानुनलाई राखेको छ । मन्त्रालयले माघ मसान्त, फागुन १५ र फागुन मसान्तसम्म सदनमा पेस गर्ने गरी तीन वटा प्राथमिकता क्रम निर्धारण गरेको छ ।
कानुनको मस्यौदा निर्माणको प्राथमिकतालाई माघ मसान्त, फागुन १५ र फागुन मसान्तसम्म गरी तीन वटा समयमा वर्गीकरण गरिएको छ । यस अनुसार सम्बन्धित मन्त्रालयसँग मिहिन ढंगले छलफल गरेर कुन समयमा कुन विधेयक ल्याउने भनेर टुंग्याउन सजिलो हुने बताइएको छ ।
कानुन मन्त्रालयका अनुसार प्रधानमन्त्री कार्यालयबाट तीनवटा विधेयक सदनमा लैजाने तयारी छ । जसमा राष्ट्रिय मानव अधिकारसम्बन्धी, सार्वजनिक खरिदसम्बन्धी र विकास आयोजनासँग सम्बन्धित छन् । अर्थ मन्त्रालयबाट बैंक तथा वित्तीय संस्था, राष्ट्र बैंक, धितोपत्र बोर्डसम्बन्धी विधेयक दर्ता हुँदै छन् ।
महाशाखाका अनुसार, उद्योग वाणिज्य मन्त्रालय अन्तर्गत बौद्धिक सम्पत्ति (ट्रेड मार्क) सम्बन्धी, खानी सम्बन्धी र घरेलु मदिरासम्बन्धी विधेयक सदनमा लैजाने तयारी छ । ऊर्जा मन्त्रालय अन्तर्गत नवीकरणीय ऊर्जा र जलश्रोतसम्बन्धी कानुन संशोधन गर्ने गरी विधेयक अघि बढाउने तयारी भएको छ । कानुन मन्त्रालय अन्तर्गत मेलमिलापसम्बन्धी कानुन, मुलुकी देवानी संहिता र फौजदारी संहितासम्बन्धी संशोधन विधेयक दर्ता गर्ने तयारी भएको छ ।
विधेयक अधिवेशनमा सरकारले कृषि मन्त्रालय अन्तर्गत कृषिसम्बन्धी विधेयक अघि बढाउने भएको छ । यस्तै संक्रमक पशु रोग नियन्त्रण गर्ने विधेयक सदनमा लैजाने तयारी भइरहेको छ । सरकारले हिउँदे अधिवेशनबाट संघीयता कार्यान्वयनसम्बन्धी विधेयकलाई पनि सदनमा लैजाने भएको छ । जसमा प्रदेश सरकारलाई अधिकार दिन र यस माथि उठेका प्रश्न मत्थर गर्ने गरी विधेयक दर्ता हुँदै छन् ।
शिक्षा मन्त्रालयबाट प्राविधिक शिक्षा सीटीईभीटी विधेयक, खोप विश्वविद्यालय, राष्ट्रिय विधिविज्ञान, रासायनिक पदार्थको सुरक्षित प्रयोगसम्बन्धी विधेयक सरकारले अघि बढाउने तयारीका साथ रोस्टर तयार हुँदै गरेको महाशाखाको भनाइ छ । श्रम रोजगार मन्त्रालयबाट वैदेशिक रोजगार र बालश्रम ऐनलाई संशोधन गर्ने सूची आएको छ । पर्यटन मन्त्रालयले पर्यटनसम्बन्धी कानुन संशोधन गर्ने र प्रतिलिपि अधिकारलाई संशोधन गर्ने विधेयक दर्ताको प्रक्रिया अघि बढाएको छ ।
संघीय मामिला मन्त्रालय अन्तर्गत स्थानीय सरकार सञ्चालन ऐन र निजामती सेवा ऐनलाई अघि बढाउने तयारीमा सरकार छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा औषधि विधेयक, सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्य अधिकारको विषय सदनमा लैजाने र कानुन निर्माण गर्ने तयारी भएको छ ।
विशेष गरेर कर्मचारी प्रशासन तथा प्रहरी समायोजन ऐनलाई हिउँदे अधिवेशनमा सदनमा पेस गरेर कानुन निर्माण कार्यलाई अघि बढाउने तयारीमा जुटेको कानुन मन्त्रालयले जानकारी दियो । प्रहरी समायोजन विधेयक अघि बढाउने तयारी भएको छ । गृह मन्त्रालयबाट तीन विधेयक संसदमा दर्ता हुनेछ ।
भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत सवारी यातायातसम्बन्धी विधेयक र सार्वजनिक सडक सुरक्षासम्बन्धी विधेयक सदनमा लैजाने तयारी छ । महिला बालबालिका मन्त्रालयतर्फ बालबालिका ऐन, समाज कल्याण ऐन र मानव बेचबिखनसम्बन्धी विधेयक दर्ता गर्न खोजिँदै छ ।
युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत नेपाल स्काउटसम्बन्धी विधेयक पहिलो प्राथमिकता सरकारले राखेको छ । यस्तै, खेलकुद विकास सम्बन्धी ऐन लाने तयारीमा सरकार छ । रक्षा मन्त्रालयबाट प्रतिरक्षा विश्वविद्यालय र राष्ट्रिय सुरक्षासम्बन्धी विधेयक अघि बढाउने तयारी छ । वन वातावरण मन्त्रालय अन्तर्गतका वन ऐन संशोधन, राष्ट्रिय निकुञ्ज ऐन संशोधन र वनस्पति र वनस्पति स्रोत सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सदनमा लैजाने तयारी सरकारको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री र कांग्रेस शीर्ष नेताहरुबीच बालुवाटारमा छलफल
जेठ ५, २०८१ शनिबार
बागमतीमा विषयगत समितिको सभापति चयन गरिँदै
जेठ ५, २०८१ शनिबार
बागमती प्रदेशसभाका चारवटा समिति सभापतिमा मनोनयन दर्ता
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
जेठ ४, २०८१ शुक्रबार
प्रधानमन्त्री र कांग्रेस शीर्ष नेताहरुबीच बालुवाटारमा छलफल
जेठ ५, २०८१ शनिबार
बागमतीमा विषयगत समितिको सभापति चयन गरिँदै
जेठ ५, २०८१ शनिबार
नेपाल प्रहरीका ४ एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस
जेठ ५, २०८१ शनिबार
कलेजो क्यान्सर भएको कसरी थाहा पाउने ? यस्ता छन् लक्ष्णहरु !
जेठ ५, २०८१ शनिबार
झापाबाट १० महिनामा ३ सय ७२ लागुऔषध कारोबारी पक्राउ
जेठ ५, २०८१ शनिबार