विभिन्न स्थानबाट अवैध लागूऔषधसहित तीन जना पक्राउ
नेपालबहस संवाददाता
माघ १८, २०८० बिहिबार ११:५३:३९
१८ माघ, काठमाडौं । देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेका छन् । बर्दियाको गुलरिया नगरपालिका-२ संगमबस्ती बस्ने २२ वर्षीय विजय तिरूवालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ ५ सय २० मिलिग्रामसहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
कारागार सुरक्षा गार्ड बर्दियामा खटिएको प्रहरीले बर्दिया कारागारमा रहेका कैदीबन्दीहरूसँग भेटघाट गर्न आएका तिरूवालाई जाँच गर्ने क्रममा काँचो माछाभित्र लुकाई छिपाई ल्याएको उक्त पदार्थ फेला पारी उनलाई प्रहरीले पक्राउ गरेको हो ।
यसैगरी, मधुबन नगरपालिका-५ गाउँ नम्बर १० बस्ने २४ वर्षीय किरण पुन मगरलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ६ सय ३० मिलिग्रामसहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय ढोढरी र सानोश्रीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
यस्तै, नेपालगंज उपमहानगरपालिका-१४ उदयपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ११ ग्रामसहित भारत बहराईच बस्ने २६ वर्षीय अजिज शेषलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंज र जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले युपी ३२ एफवाइ ०३९७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक शेषलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअवैध लागूऔषधसहित तीन जना पक्राउ
असोज ११, २०८१ शुक्रबार
अवैध लागूऔषध खैरो हेरोइनसहित दुई जना पक्राउ
असोज ११, २०८१ शुक्रबार
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
असोज ११, २०८१ शुक्रबार
इजरायल र हिजबुल्लाहको विवाद : को हुन् हसन नसरल्लाह ?
असोज १३, २०८१ आइतबार
आज यी ठाउँहरुमा हुनेछ ठूलो वर्षा, सतर्कता अपनाउन आग्रह
असोज १३, २०८१ आइतबार
सर्वदलीय बैठकले के-के निर्णय गर्यो ?
असोज १३, २०८१ आइतबार
काठमाडौं महानगरका वडाहरूबाट अस्थायी बासस्थान र खानाको व्यवस्था
असोज १३, २०८१ आइतबार
प्रधानसेनापति र चिनियाँ राजदूतबीच भेटघाट
असोज १३, २०८१ आइतबार
बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या १४८ पुग्यो, ५५ जना बेपत्ता
असोज १३, २०८१ आइतबार
रौतहटमा बाढीले १२ सय ४५ घर डुबानमा
असोज १३, २०८१ आइतबार
प्रचण्डले गरे ‘साहसी युवा’ चणिकलाल तामाङको सम्मान
असोज १३, २०८१ आइतबार