थाई अदालतद्वारा शाही मानहानि कानून संशोधन अभियान अन्त्य गर्न आदेश
नेपालबहस संवाददाता
माघ १८, २०८० बिहिबार १६:४५:३८
१८ माघ, बैङ्कक । एक थाई अदालतले राज्यको सबैभन्दा लोकप्रिय राजनीतिक पार्टीलाई देशको शाही मानहानि कानूनमा संशोधन गर्ने अभियानको अन्त्य गर्न आदेश दिएको सिएनएनले जनाएको छ ।
सिएनएनका अनुसार गत वर्षको चुनावमा सबैभन्दा बढी सिट जितेको मुभ फरवार्ड पार्टीले मानहनी कानून संशोधनको अभियानमार्फत संविधानको उल्लङ्घन गरेको बैंककको संवैधानिक अदालतले बुधबार फैसला सुनाएको थियो ।
अदालतले फैसला अनुसार मुभ फरवार्ड पार्टी र यसका नेताहरू, पूर्व प्रधानमन्त्री उम्मेद्वार पिटा लिम्जारोनेराटले आफ्नो कार्यहरूमार्फत संवैधानिक राजतन्त्रलाई हटाउने प्रयास गरेको ठहर गरेको छ ।
सिएनएनका अनुसार उक्त फैसलालाई दक्षिणपूर्वी एसियाली थाइल्यान्डको सुधार आन्दोलन, परिवर्तनका लागि मतदान गरेर रूढीवादी, सैन्य समर्थित प्रतिष्ठानलाई चुनौती दिने लाखौँ युवामाथि प्रहार भएको ठानिएको छ ।
विश्लेषकहरूका अनुसार फैसलाले थप मुद्दाका लागि ढोका खोलेको हुँदा थाइल्यान्डको पछिल्लो चुनावमा सफल पार्टी विघटन भई नेताहरूमाथि प्रतिबन्ध र आपराधिक आरोपसमेत लाग्न सक्छ ।
मुभ फरवार्डका सांसद्हरूले लेस म्याजेटे कानून खारेज गर्न, शाही मानहानि कानूनअन्तर्गत आरोपहरूको सामना गर्न वा सोअन्तर्गत आरोपितलाई जमानतमा आफ्नो स्थिति प्रयोग गर्न अभियान चलाएको अदालतले फैसलामा भनेको छ ।
अदालतले कानून खारेज गर्ने वा संशोधन गर्ने उद्देश्यले भाषण, लेखन, प्रकाशन वा विज्ञापनका रूपमा कुनै पनि सन्देश प्रवाह गर्ने जस्ता कार्य तथा अभिव्यक्ति प्रवाह गर्न बन्द गर्न आदेश दिएको सिएनएनले बताएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुडानमा विद्रोही अर्धसैनिक समूहको आक्रमणमा ४५ जनाको मृत्यु, २८ घाइते
मंसिर २८, २०८१ शुक्रबार
भारतको निजी अस्पतालमा आगलागी हुँदा छ जनाको मृत्यु
मंसिर २८, २०८१ शुक्रबार
संयुक्त राष्ट्र महासभाको गाजा युद्धविरामको मतदानलाई हमासद्वारा ‘स्वागत’
मंसिर २७, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
मंसिर २८, २०८१ शुक्रबार
मोरङको उमागौरी सहकारी ठगीमा पत्नी जोडिएपछि तनावमा छन लेखा समिति सभापति ऋषिकेश
मंसिर २८, २०८१ शुक्रबार
एनपिएलमा आज पोखरा र काठमाडौं तथा चितवन र जनकपुर खेल्दै
मंसिर २९, २०८१ शनिबार
अनुसन्धान अधिकृतलाई आरोपीले घूस दिन खोजेपछि ...
मंसिर २९, २०८१ शनिबार
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
मंसिर २९, २०८१ शनिबार
दुर्गा सिंह र भरतबहादुर बोहोरा एआईजीमा बढुवा सिफारिस
मंसिर २८, २०८१ शुक्रबार
काठमाडौंमा उच्च प्रभाव सामुदायिक विकास परियोजना हस्तान्तरण
मंसिर २८, २०८१ शुक्रबार
गण्डकी प्रदेशसभा सदस्य थापाले लिइन् शपथ
मंसिर २८, २०८१ शुक्रबार