वालिङ महोत्सव: आयोजकले मनपरी पास बाँडेको भन्दै सचिवालय तोडफोड
नेपालबहस संवाददाता
माघ १८, २०८० बिहिबार २२:५१:१३
१८ माघ, वालिङ । आजदेखि सुरु भएको आठौं संस्करणकाे वालिङ महोत्सवको सचिवालय तोडफोड भएको छ । नेपाली कांग्रेस निकट भ्रातृसंगठन तरुण दलका युवाहरूले सचिवालयमा रहेका टेबल, कुर्सी लगायतका सामानहरू तोडफोड गरेको जनाएको छ ।
आठाैं वालिङ महोत्सव २०८० मुल समितिका निर्देशक शोभाकान्त पौडेल, संयोजक चेतनारायण श्रेष्ठ, महासचिव रमेश अर्याल र सचिव पिताम्बर खनाल (सुशील) लगायतका पदाधिकारीले महोत्सवको स्थायी र पटके प्रवेश पास मनपरी बाँडेको भन्दै तरुण दलका अहमद अलि, बीरबहादुर गुरुङ लगायतले सचिवालयकाे कुर्सी फोडेको वालिङ उद्योग वाणिज्य संघका एक पदाधिकारीले जानकारी दिए ।
बीरु गुरुङले आफ्नै सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरि सार्वजनिक गरेका छन् । हेर्नुस उनको फेसबुक स्टाटस...
निर्देशक पौडेल, संयोजक श्रेष्ठ, महासचिव अर्याल र सचिव खनालले आफू र आफ्ना पार्टी निकटका युवा, विद्यार्थी, महिला संगठन र परिवार भित्रका सबै सदस्यहरूलाई पास वितरण गरेकाे पाइएको छ । महोत्सव मुल आयोजक समिति भित्र आफ्नो हैसियत र जिम्मेवार अनुसार पास बाँडफाँड गरिएको छ । वालिङ उद्योग वाणिज्य संघ र आठौं वालिङ महोत्सवको छाप (स्ट्याम्प)समेत प्रत्येकले झोलामा लिएर हिँडेको पाइएको छ ।बुधबार साँझ बसेकाे महाेत्सव आयाेजक समितिकाे बैठकमा एक पदाधिकारीले आफ्नाे हैसियत अनुसार पासमा हस्ताक्षर गर्न पाउनुपर्छ भन्दै विवाद सिर्जना गरेका थिए ।
उता महोत्सवका ठेक्का पाएका बंगलामुखी नेपाल एम्युजमेण्ट प्रा.लिका सञ्चालक टेक बहादुर कार्की (शंकर) आयोजकसँग भएको सम्झौता बमोजिमको मात्रै पास दिने अडान राख्दै आएका छन् । गत मङसिर १० गते बंगलामुखी र वालिङ वाणिज्य संघबीच भएको सम्झौतामा दोस्रो पक्ष (बंगलामुखी)ले १७ सय स्थायी पास र ६ हजार पटके पास दिने सहमति भएको भन्दै आफ्नो अडान राख्दै आएको जनाएको छ ।
भोलि आफूलाई राजनीतिक, सामाजिक र व्यक्तिगत जीवनमा सहयोग पाउने आशामा पास वितरण गर्ने पाइएको छ । विशेष गरी राजनीतिक क्षेत्रमा लागेका पदाधिकारीहरू मात्रै नभइ सामान्य उपसमितिमा बसेका सदस्यले पनि एक पास बराबर एक भोटको आशा राख्दै पास वितरण गरेको पाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतनहुँका आठ पालिकाबाट राष्ट्रिय परिचयपत्र वितरण
पुष ५, २०८१ शुक्रबार
गण्डकी प्रदेशसभा सदस्य थापाले लिइन् शपथ
मंसिर २८, २०८१ शुक्रबार
बुढापाकालाई गाउँको अस्तित्व मेटिने डर !
मंसिर १२, २०८१ बुधबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
कास्की जिल्ला अदालतका १५ प्रश्न: रविको मौका बयान भन्दा फरक ढंगले दिए छबीले जवाफ
पुष ९, २०८१ मंगलबार
असफलताले जीवन घेरेपछि परिवारका सबै सदस्य मारेर मुक्ति पाउने अभियानमा थिए मिलन
पुष ९, २०८१ मंगलबार
संघीयता कार्यान्वयनका निम्ति तीनवटै तहबीच सहयोग, समन्वय र सहकार्यमा जोड
पुष ९, २०८१ मंगलबार
बाँसको झ्याङमा हातखुट्टा बाँधिएको अवस्था भेटिएकी महिलाको स्वास्थ्यमा सुधार
पुष ९, २०८१ मंगलबार
धितोपत्रको नयाँ लाइसेन्स वितरणमा प्रधानमन्त्रीको रुची, सेटिङमा विचौलिया !
पुष ९, २०८१ मंगलबार
श्रीलङ्कामा यो बर्ष ५० जङ्गली हात्तीको मृत्यु
पुष ९, २०८१ मंगलबार
अब महँगा फोनमा ह्वाट्सएप, फेसबुक र इन्स्टाग्राम नचल्ने
पुष ९, २०८१ मंगलबार
अभिभावकद्वारा सञ्चालित सुस्तमनस्थिति विद्यालयको सेवा प्रभावकारी बन्दै
पुष ९, २०८१ मंगलबार