दयाहाङका दुई चलचित्र दयारानी’ र ‘हात्तीछाप’ एकसाथ प्रदर्शन हुँदै
नेपालबहस संवाददाता
माघ १९, २०८० शुक्रबार १३:१०:४९
१९ माघ, काठमाडौं । नेपाली चलचित्रमा कलाकार दयाहाङ राई स्थापित नाम बनिसकेको छन् । पछिल्लो समय व्यस्त कलाकारको सूचीमा अगाडि नाम आउने राईले अभिनय गरेका दुई चलचित्र ‘दयारानी’ र ‘हात्तीछाप’ एकसाथ माघ २६ गते प्रदर्शन हुँदैछन् ।
कलाकार राईको यो संयोग दोस्रो पटक हो । यसवर्षको सुरुकै दिन वैशाख १ मा पनि उनी अभिनीत दुई चलचित्र ‘जारी’ र ‘विहे पास’ एकसाथ प्रदर्शन गरिएको थियो ।
दोस्रो पटक पनि उस्तै संयोग परेपछि पनि कलाकार राईले उस्तै जवाफ दिए, “दुवै चलचित्र फरक स्वादका छन्, यी दुई चलचित्र निर्माण नै तीनदेखि चार वर्षको फरक छ, सायद यो समयमा व्यापार हुन्छ भन्ने लागेर होला, प्रदर्शन गर्ने निर्णयमा पूर्णतया निर्माताको अधिकार हुन्छ, दुवै चलचित्रमा फरक विषय र परिवेशलाई प्रस्तुत गरिएको छ, एउटा विशुद्ध पारिवारिक कथामा छ भने अर्कोमा समसामयिक विषयवस्तु छ, दर्शकलाई दुवै चलचित्रले निराश बनाउँदैन ।”
दुई चलचित्रमा विषयवस्तु र विधाका हिसाबले फरक भए पनि अभिनेता राई भने समान हुन् । “एकै दिन दुई चलचित्र प्रदर्शन हुँदा एउटा सफल र अर्को असफल हुँदा मलाई नै घाटा हुन्छ, यद्यपि फरक विधा र विषयले गर्दा दर्शकको मन दुवैले जित्छ भन्ने लागेको छ, यो समयमा दुई चलचित्रभन्दा बढी शुभकामना मलाई चाहिएको छ”, राईले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपलले सार्वजनिक गरे वृद्ध उमेरमा प्रहरी मुठभेडको तस्विर
जेठ ८, २०८१ मंगलबार
चर्चित कथा वाचक साइग्रेसको कथा 'अधुरो प्रेम'मा चलचित्र बन्दै
जेठ ७, २०८१ सोमबार
प्रदीप खड्का : रोमान्टिक हिरोबाट ‘पुजार सार्की’को मैतबहादुरसम्म
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
नेपालबहस संवाददाता
जेठ ७, २०८१ सोमबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
विनोद त्रिपाठी
जेठ ८, २०८१ मंगलबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
जेठ ८, २०८१ मंगलबार
गृहमन्त्री रवि लामिछानेको दोहोरो पासपोर्टको अनुसन्धान कहिले ? : सिरोहिया
जेठ ८, २०८१ मंगलबार
सेक्युरिटी प्रिन्टिङ खरिदमा भ्रष्टाचार : विकललाई २ वर्ष कैद, २५ करोड जरिवाना
जेठ ८, २०८१ मंगलबार
राहुघाटको ‘प्रेसर साफ्ट’ ‘ब्रेक थ्रु’
जेठ ८, २०८१ मंगलबार
तरकारी खेतीबाट वार्षिक रु आठ लाखको बचत
जेठ ८, २०८१ मंगलबार
सानिमा बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदै, वितरण योग्य नाफामा पहिरो
जेठ ८, २०८१ मंगलबार