आज गायिका तथा अभिनेत्री शाकिराको जन्मदिन
नेपालबहस संवाददाता
माघ १९, २०८० शुक्रबार १४:०:२४
१९ माघ, काठमाडाैं । आज गायिका तथा अभिनेत्री शाकिराको जन्मदिन । आज शाकिराले आफ्नो ४७ औँ जन्मदिन मनाउँदै छिन् । सन् १९७७ मा आजकै दिन 'फेब्रुअरी २' मा कोलम्बियाली गायिका तथा अभिनेत्री शाकिराको जन्म भएको थियो । ‘क्वीन अफ ल्याटिन म्युजिक’ को उपनामले चर्चित शाकिराको पूरा नाम शाकिरा इसाबेल मेबारक रिपोल हो ।
शाकिरा खासगरी अंग्रेजी र स्पेनिस भाषा बोल्ने श्रोतारदर्शकमाझ निकै लोकप्रिय छिन् । कोलम्बियाको बारानक्विलामा जन्मिएकी शाकिराले १३ वर्षको उमेरदेखि नै व्यावसायिक रूपमा सांगीतिक क्षेत्रमा लागेकी थिइन् । उनले १९९० मा सोनी म्युजिक कोलम्बियाका लागि पहिलो गीत रेकर्ड गराएकी थिइन् ।
शाकिराका सुरुका दुई एल्बम ‘मागिआ (१९९१)’ र ‘पेलिग्रो (१९९३)’ व्यावसायिक रूपमा असफल रहेका थिए । तर त्यसपछिका एल्बमहरू ‘पिएज डेस्काल्जोस (१९९५)’ र ‘ डोन्डे स्तान लस (१९९८)’ बाट भने उनी स्पेनिस भाषाका श्रोतामाझ निकै लोकप्रिय बनिन् । २००१ को ‘लाउन्ड्री सर्भिस’ एल्बमसँगै शाकिरा अंग्रेजी श्रोतामाझ छाएकी हुन् । उक्त एल्मब १ करोड १३ लाख प्रति बिक्री भएको थियो ।
शाकिरा २१ औं शताब्दीकी निकै प्रभावशाली महिला कलाकार मानिन्छिन् । उनले ल्याटिन अमेरिकी देशमा सीमित कलाकारका लागि अन्तर्राष्ट्रिय बजारको ढोका खुला गरेको ठान्छिन् ।
जसका कारण एमटीभीले २०२२ मा शाकिरालाई संगीतको इतिहासमा सबैभन्दा प्रभावशाली गायिकाको सूचीमा समावेश गरेको थियो । शाकिरा उक्त सूचीमा समावेश हुने एक मात्र ल्याटिन अमेरिकी गायिका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबलिउड फिल्म रामायणको तयारी तीब्र, दुई भागमा बन्ने
जेठ ८, २०८१ मंगलबार
विक्कीको जन्मदिनमा कट्रिनाको विशेष पोस्ट, सामाजिक सञ्जालमा भाइरल
जेठ ४, २०८१ शुक्रबार
कार्तिक आर्यन पहिलो पटक एलियनको अवतारमा
जेठ ४, २०८१ शुक्रबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
नेपालबहस संवाददाता
जेठ ७, २०८१ सोमबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
विनोद त्रिपाठी
जेठ ८, २०८१ मंगलबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
जेठ ८, २०८१ मंगलबार
गृहमन्त्री रवि लामिछानेको दोहोरो पासपोर्टको अनुसन्धान कहिले ? : सिरोहिया
जेठ ८, २०८१ मंगलबार
सेक्युरिटी प्रिन्टिङ खरिदमा भ्रष्टाचार : विकललाई २ वर्ष कैद, २५ करोड जरिवाना
जेठ ८, २०८१ मंगलबार
राहुघाटको ‘प्रेसर साफ्ट’ ‘ब्रेक थ्रु’
जेठ ८, २०८१ मंगलबार
तरकारी खेतीबाट वार्षिक रु आठ लाखको बचत
जेठ ८, २०८१ मंगलबार
सानिमा बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदै, वितरण योग्य नाफामा पहिरो
जेठ ८, २०८१ मंगलबार