अरुण चौधरी सीआईबीसमक्ष जग्गा फिर्ता गर्न तयार
नेपालबहस संवाददाता
माघ २०, २०८० शनिबार १६:३:४२
२० माघ, काठमाडौं । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेका चौधरी समूहका अरुणकुमार चौधरीले प्रहरीसमक्षको बयानमा कानुन विपरीत भए उत्ता जग्गा फिर्ता गर्ने बताएका छन् ।
सरकारी वकिलको रोहबरमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का अनुसन्धान अधिकृतहरुले १० घण्टा बयान लिएका थिए । बयानमा उनले कानुन अनुसार नभएको भए जग्गा फिर्ता गर्न आफू तयार रहेको बताएका हुन् । सीआईबी टोलीले शुक्रबार दिनभर बयान लिइएको थियो । त्यसक्रममा चौधरीले आफूले सबै काम कानुन अनुसार नै गरेको बताएका हुन् ।
यदि कानुन विपरीत हो भने आफू जग्गा फिर्ता गर्न तयार रहेको बताएका अनुसन्धानमा संलग्न एक अधिकृतले बताए । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले शुक्रबार पत्रकार सम्मेलन गरेर तीन महिना लामो अनुसन्धानपछि चौधरीले १० रोपनी जग्गा हिनामिना गरेको देखिएको दाबी गरेको थियो । ब्यूरोले संकलन गरेको कागजात र प्रमाणका आधारमा उनलाई थप अनुसन्धानका लागि पक्राउ गरिएको थियो ।
प्रहरीले बाँसबारी छाला तथा जुत्ता कारखानाका तत्कालीन कार्यकारी निर्देशक अजितनारायण थापासँग पनि बयान लिइसकेको छ । उनले आफूले गरेको निर्णय गलत हो भन्ने थाहा नभएको बयान दिएका छन् । प्रहरीले बिहीबार अपराह्न सीजी चाँदबाग रेसिडेन्सीका अध्यक्ष सञ्जय ठाकुरलाई पनि पक्राउ गरेको थियो । बिहीबार चौधरी र थापालाई अदालतले ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाबुछोराको हत्या आशंकामा अनुसन्धान तीव्र
पुष ८, २०८१ सोमबार
एनपिएल फाइनलमा अभद्र व्यवहार गर्ने डोटीका दुई युवक पक्राउ
पुष ८, २०८१ सोमबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
भारतीय कारको ठक्करबाट स्कुटर चालकको मृत्यु
पुष ८, २०८१ सोमबार
बाबुछोराको हत्या आशंकामा अनुसन्धान तीव्र
पुष ८, २०८१ सोमबार
सीपमूलक तालिममा सहभागी राउटे युवती
पुष ८, २०८१ सोमबार
परराष्ट्रमन्त्री डा राणा स्वदेश फिर्ता
पुष ८, २०८१ सोमबार
बंगलादेशमा हसिनाको परिवारमाथि ५ अर्ब डलरको भ्रष्टाचार अनुसन्धान सुरु
पुष ८, २०८१ सोमबार