विदेशी मुद्रा: डलरको भाउ घट्दा युरो र पाउण्डको मूल्य बढ्यो
नेपालबहस संवाददाता
माघ २१, २०८० आइतबार ८:१३:३३
माघ २१, काठमाडौं। नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुँदा बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ । आइतबार अमेरिकी डलरको भाउ घटेको छ भने युरोको भाउ बढेको छ ।
आज अमेरिकी डलरको भाउ ७ पैसाले घटेर एकको खरिद दर १३२ रूपैयाँ ३८ पैसा र बिक्री दर १३२ रूपैयाँ ९८ पैसामा कारोबार भएको छ । शुक्रबार यसको खरिद दर १३२ रूपैयाँ ४५ पैसा र बिक्री दर १३३ रूपैयाँ ०५ पैसामा कारोबार भएको थियो ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आइतबार युरोपियन युरोको एकको खरिद दर १४४ रूपैयाँ ०७ पैसा र बिक्री दर १४४ रूपैयाँ ७२ पैसा तोकिएको छ। यो मूल्य शुक्रबारको तुलनामा ९७ पैसाले बढेको हो। शुक्रबार युरोको खरिद दर १४३ रूपैयाँ १० पैसा र बिक्री दर १४३ रूपैयाँ ७५ पैसामा कारोबार भएको थियो ।
त्यस्तै, बेलायती पाउण्ड सटर्लिङ आइतबार भने १ रूपैयाँ ०६ पैसाले बढेर एकको खरिद दर १६८ रूपैयाँ ९१ पैसा र बिक्री दर १६९ रूपैयाँ ६८ पैसा कायम गरिएको छ । शुक्रबार यसको खरिद दर १६७ रूपैयाँ ३१ पैसा र बिक्री दर १६८ रूपैयाँ ०८ पैसा तोकिएको थियो ।
यता, अष्ट्रेलियन डलर एकको खरिददर भने ८७ रूपैयाँ ४४ पैसा र बिक्री दर ८७ रूपैयाँ ८४ पैसा र क्यानेडियन डलरको एक खरिद दर भने ९८ रूपैयाँ ९७ पैसा र बिक्रीमा ९९ रूपैयाँ ४२ पैसा कायम गरिएको छ ।
उता, जापानी येन १० को खरिद दर ९ रूपैयाँ ०३ पैसा कायम हुँदा बिक्री दर भने ९ रूपैयाँ ०८ रहेको छ । चाइनिज युआन एकको खरिद दर १८ रूपैयाँ ४४ पैसा तथा बिक्री दर १८ रूपैयाँ ५३ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिद दर १० रूपैयाँ तथा बिक्री दर १० रूपैयाँ ०४ पैसा कायम गरेको जनाइएको छ ।
यसैगरी, आइतबार कतारी रियाल एकको खरिद मूल्य ३६ रूपैयाँ ३१ पैसा र बिक्री मूल्य ३६ रूपैयाँ ४८ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिद दर ३५ रूपैयाँ ३० पैसा र बिक्री मूल्य ३५ रूपैयाँ ४६ पैसा, युएई दिराम एकको खरिद दर ३६ रूपैयाँ ०४ पैसा र बिक्री दर ३६ रूपैयाँ २० पैसा तथा मलेसियन रिंगिट एकको खरिद दर आइतबार २८ रूपैयाँ ०७ पैसा र बिक्री दर २८ रूपैयाँ १९ पैसा कायम गरेको छ ।
साथै, कुवेती दिनार एकको खरिद दर ४३० रूपैयाँ ८३ पैसा र बिक्री दर ४३२ रूपैयाँ ७८ पैसा र बहराइन दिनार एकको खरिद दर ३५१ रूपैयाँ १७ पैसा र बिक्री दर ३५२ रूपैयाँ ७६ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
पुष ४, २०८१ बिहिबार
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
सभापति देउवाको गृह प्रदेशमा कोइरालाको प्रवेश, उत्साहित छन नेता र कार्यकर्ता
पुष ४, २०८१ बिहिबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
रूसी तेल प्रशोधन केन्द्रमा युक्रेनी ड्रोन आक्रमणपछि आगलागी
पुष ४, २०८१ बिहिबार
पोखराबाट घान्द्रुक जाँदै गरेको जीप सडकबाट खस्दा ५ जना घाइते
पुष ४, २०८१ बिहिबार
‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ को चौथो संस्करण हुँदै
पुष ४, २०८१ बिहिबार