एमाले धादिङ अधिवेशनमा प्रदेश अध्यक्ष ढुंगेल र जिल्ला अध्यक्ष त्रिपाठीबीचको विवाद छताछुल्ल
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
माघ २१, २०८० आइतबार १२:२४:१
![](https://nepalbahas.prixacdn.net/media/albums/Kailash-Dhungel-UML_M7bQApkcp7_OnUk0ePl1K.jpg)
२१ माघ, काठमाडौं । नेकपा एमाले धादिङमा विवाद चुलिँदै गएको छ । जिल्ला अध्यक्ष र प्रदेश अध्यक्षले अधिवेशनमा फरक-फरक विज्ञप्ति निकालेर विवादलाई सतहमा ल्याएका छन् । शुक्रबारदेखि सुरु भएको अधिवेशनमा व्यापक असहमति र असन्तुष्टि देखिएको छ । दुई अध्यक्षले आइतबार बिहान जारी गरेका विज्ञप्तिले एमाले कार्यकर्ता भ्रमित भएका छन् ।
जिल्ला अध्यक्ष भूमि त्रिपाठीले जिल्ला अधिवेशन स्थगित नभएको बताएका छन् । अधिवेशनको बन्द सत्र सञ्चालन भइरहेको अवस्थामा अधिवेशन स्थगित भएको भ्रम फैलाइएको दाबी गरेका छन् । यता, बन्द सत्र सुरु हुनु अगावै अधिवेशन स्थलमा झडप भएपछि एमाले बागमती प्रदेशका अध्यक्ष कैलाश ढुंगेलले आइतबार बिहान विज्ञप्ति जारी गर्दै अधिवेशन स्थगित गरेको घोषणा गरेका छन् ।
माघ १९ गते उद्घाटन भएको अधिवेशनमा कुटाकुट भइ कार्यकर्ता सन्तोष खनालको हात भाँचिएको भन्दै वाग्मती प्रदेश अध्यक्ष कैलाश ढुंगेलले अधिवेशन स्थगित भएको विज्ञप्ति जारी गरेका छन् । लगत्तै जिल्ला अध्यक्ष त्रिपाठीले नवौँ जिल्ला अधिवेशनको बन्द सत्र सञ्चालन भइरहेको अवस्थामा केही अनधिकृत उच्छृङ्खल व्यक्तिले अधिवेशनको थप कार्यक्रम स्थगित भएको भनि सामाजिक सञ्जाल र मिडियामा फैलाएको भ्रमप्रति नेकपा (एमाले) धादिङको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
त्रिपाठीले जारी गरेको विज्ञप्तिमा बन्द सत्रको कार्यक्रम निरन्तर सञ्चालन भइरहेको ब्यहोरा अवगत गराउँदै सम्बन्धित सबैलाई यो भ्रममा नपर्न अनुरोध गर्दछु, भनिएको छ ।
अध्यक्ष ढुंगेलले जिल्ला अध्यक्ष भूमिप्रसाद त्रिपाठीले अधिवेशनमा जबरजस्ती प्रस्ताव पेस गर्दै एकलौटी निर्णय भएको घोषणा गर्दा असहज अवस्था सिर्जना भएको विज्ञप्तिमा उल्लेख गरेका छन् । उनले यो अधिवेशनलाई मर्यादित र विधिसम्मत तरिकाले सम्पन्न गर्न सम्भव नदेखिएकोले अर्को सूचना जारी नहुन्जेलसम्मका लागि अधिवेशन स्थगित गरिएको विज्ञप्तिमा उल्लेख गरेका छन् ।
नयाँ नेतृत्वका लागि हाल अध्यक्ष रहेका भूमिप्रसाद त्रिपाठी र बागमती प्रदेश सभा सदस्य डा. रामकुमार अधिकारी आकांक्षी देखिएका छन् । त्रिपाठीको प्यानलबाट उपाध्यक्षमा अर्जुन गोर्खाली र सचिवमा राधिका सापकोटा आकांक्षा देखिएका छन् भने अधिकारीको तर्फबाट उपाध्यक्षमा रामकुमार आचार्य र सचिवमा हरिराम लोहनी सचिवका आकांक्षी रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबागमती प्रदेशसभाः विधेयक छलफलका लागि समितिमा पठाइयो
माघ २६, २०८१ शनिबार
बागमती प्रदेशसभा : अत्यावश्यक योजना समयमै निर्माण गर्न माग
माघ २४, २०८१ बिहिबार
बागमती प्रदेशसभाको बैठक : चार विधेयक प्रस्तुत
माघ २३, २०८१ बुधबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
प्रश्नको उत्तरमै प्रधानमन्त्रीको कन्जुस्याई (पूर्णपाठसहित)
फागुन ४, २०८१ आइतबार
चिकित्सकले मानिसको स्वास्थ्य परीक्षणको लागि नङ हेर्न सक्छन् ?
फागुन ४, २०८१ आइतबार
मौरिससका पूर्वप्रधानमन्त्री सम्पत्ति शुद्धीकरण मुद्दासम्बन्धी आरोपमा पक्राउ
फागुन ४, २०८१ आइतबार
छुवाछूतका समस्या सम्बोधन गर्न विशेष प्रहरी ‘डेस्क’ गठन गरिने
फागुन ४, २०८१ आइतबार