फागुन २९ मा राष्ट्रिय सभा अध्यक्षको निर्वाचन गराउने तयारी, गठबन्धनमा छलफल सुरु
नेपालबहस संवाददाता
माघ २१, २०८० आइतबार १३:५८:४०
२१ माघ, काठमाडौं । आगामी फागुन २९ भित्र राष्ट्रिय सभा अध्यक्ष पदको निर्वाचन गराउने तयारी सुरु भएको छ । संसद सचिवालयले फागुन २९ गतेभित्र अध्यक्ष चयन हुने गरी तयारी थालिएको जनाएको छ । राष्ट्रिय सभा अध्यक्षका लागि अहिलेसम्म दुई जना सम्भावित उम्मेदवार देखिएका छन् । सत्ता गठबन्धनमा पनि राष्ट्रिय सभा अध्यक्षका विषयमा छलफल सुरु भइसकेको छ ।
नेपाली कांग्रेसबाट नेता कृष्णप्रसाद सिटौला र राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालको चर्चा छ । सत्ता गठबन्धनबाट नै राष्ट्रिय सभाको अध्यक्ष बन्ने भएकाले को उम्मेदवार हुने भन्ने विषयमा सत्ता गठबन्धनले निर्णय गर्नु पर्छ । सत्ता गठबन्धनमा फलानो दललाई राष्ट्रिय सभा दिने भनेर सहमति भएपछि त्यो दलले उम्मेदवार चयन गरेर पठाउने छ ।
अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित राष्ट्रिय सभाका २० जना सदस्यको पदावधि फागुन २० गते सकिँदैछ । राष्ट्रिय सभाको कार्य व्यवस्था तथा परामर्श समितिको बैठकले तयार गरेको सम्भावित कार्यसूची बमोजिम अध्यक्षको निर्वाचन आगामी फागुन २९ गतेभित्र गर्न लागिएको हो । संसद सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीले मिति तय नभएपनि निर्वाचनको तयारी सुरु भएको बताए ।
माघ १० गते भएको निर्वाचनबाट राष्ट्रिय सभामा रिक्त हुन लागेका २० मध्ये १९ सदस्य निर्वाचित भइसकेका छन् । एकतिहाइ सदस्य निर्वाचित भएर आएपछि माओवादी केन्द्र संघीय संसदको माथिल्लो सदन राष्ट्रिय सभाको सबैभन्दा ठूलो दल बनेको छ । कांग्रेसले दोस्रो ठूलो दलको हैसियत पाएको छ । यिनै दुई दलमध्ये एक दलबाट राष्ट्रिय सभा अध्यक्ष बन्ने सम्भावना छ ।
सचिवालयले प्रकाशित गरेको कार्यसूची बमोजिम राष्ट्रिय सभा अध्यक्षको निर्वाचनको दिन र समय निर्धारण गरिने छ । अध्यक्षमा सत्ता गठबन्धनका प्रमुख घटक कांग्रेस र माओवादीले दावी गरेका छन् । राष्ट्रिय सभामा पहिलो दल भएकाले आफ्नो पार्टीले अध्यक्ष दावी गरेको माओवादी नेताको भनाइ छ । प्रधानमन्त्रीबाट पुष्पकमल दाहाल प्रचण्ड हटेपछि संवैधानिक परिषदमा माओवादी शून्य हुनेछ ।
संवैधानिक परिषदमा माओवादीको उपस्थिति नहुने भएकोले कांग्रेससँग नयाँ खालको समझदारीको प्रयास माओवादीले गरिरहेको छ । द्वन्द्वकालीन विषयलाई टुंगोमा पुर्याउन माओवादीलाई सकस भइरहेको छ । पहिले पनि शान्ति मिशन र शान्ति प्रक्रियासँग नजिक रहेर काम गरेका कृष्णप्रसाद सिटौलालाई अध्यक्ष स्वीकार्ने सम्भावना पनि छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरबि लामिछानेलाई काठमाडौं ल्याईँदै
मंसिर ११, २०८१ मंगलबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बेनीमा घरमै सुत्केरी हुनेको सङ्ख्या तीनवर्षदेखि शून्य
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँगको सम्झौतालाइ लिएर इजरायली संसदमा मतदान हुँदै
मंसिर ११, २०८१ मंगलबार
रबि लामिछानेलाई काठमाडौं ल्याईँदै
मंसिर ११, २०८१ मंगलबार
सगरमाथा क्षेत्र छोड्ने विदेशी पर्यटकको सङ्ख्या बढी
मंसिर ११, २०८१ मंगलबार
हिउँद लागेसँगै आगलागीका घटनामा वृद्धि
मंसिर ११, २०८१ मंगलबार