ख्वप विश्वविद्यालय विधेयक संसदमा पेस गर्ने तयारी
नेपालबहस संवाददाता
माघ २१, २०८० आइतबार २२:२०:६
२१ माघ, भक्तपुर । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले लामो समयदेखि विचाराधीन रहेको ख्वप विश्वविद्यालय विधेयक चाँडै संसदमा पेस गर्ने तयारी भइरहेको बताएका छन् ।
आज भक्तपुर नगरपालिकाको संरक्षकत्वमा सार्वजनिक विश्वविद्यालयका रुपमा सञ्चालन हुने गरी ‘ख्वप विश्वविद्यालय विधेयक २०८०’ संसदबाट पारित गर्ने प्रक्रिया अगाडि बढाउन माग गर्दै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको नेतृत्व टोलीले बुझाएको अनुरोध पत्र बुझ्दै उनले यस्तो बताएका हुन्।
हिउँदे अधिवेशनको पहिलो प्राथमिकतामा ख्वप विश्वविद्यालयसम्बन्धी विधेयक प्रस्तुत गर्ने तयारीमा मन्त्रालय अग्रसर रहेको भन्दै मन्त्री राईले विभिन्न विज्ञहरुसँग छलफल गरी मन्त्रालयले ख्वप विश्वविद्यालयको विधेयक पेस गर्ने तयारी गरिरहेको बताए।
त्यस क्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाले २०५६ सालमा ख्वप उच्च मावि, २०५८ सालमा ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज, २०६० सालमा ख्वप बहुप्राविधिक अध्ययन संस्थान, २०६५ सालमा ख्वप कलेज अफ इन्जिनियरिङ र २०७९ सालमा ख्वप कलेज अफ लको स्थापना गरी ती कलेजमा देशभरका सात हजारभन्दा बढी विद्यार्थी अध्ययन गरिरहेको मन्त्री राईलाई जानकारी गराउँदै ख्वप विश्वविद्यालय विधेयक स्वीकृत भएमा जनतालाई फाइदा हुने बताए ।
नगरप्रमुख प्रजापतिले शिक्षा मन्त्रालयबाट ख्वप विश्वविद्यालयसम्बन्धी समिति गठन भइसकेको हुँदा आवश्यक प्रक्रिया पुर्याइ भक्तपुर नगरपालिकाको संरक्षकत्वमा सार्वजनिक विश्वविद्यालयका रुपमा सञ्चालन हुने गरी ‘ख्वप विश्वविद्यालय विधेयक २०८०’ संसदबाट पारित गर्ने प्रक्रिया प्रारम्भ गर्न अनुरोध गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुद्ध शिक्षामा प्रधानमन्त्रीको जोड
मंसिर १४, २०८१ शुक्रबार
लुम्बिनी बौद्ध विश्वविद्यालयका २८९ विद्यार्थी दीक्षित
मंसिर १४, २०८१ शुक्रबार
कर्णाली स्वास्थ्य विज्ञानबाट ५८ जना विद्यार्थी दीक्षित हुँदै
कात्तिक २७, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
डीआईजी सरुवाको तयारी: कांग्रेस एमाले गठबन्धनमा रवि लामिछानेका विश्वास पात्रको तीव्र चलखेल
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
मंसिर १८, २०८१ मंगलबार
अपाङ्गता भएका व्यक्तिको अधिकार संरक्षण गर्न आग्रह
मंसिर १८, २०८१ मंगलबार
टिकटकले हटायो छ हजार ७८ भिडियो
मंसिर १८, २०८१ मंगलबार
दक्षिण कोरियामा सैन्य शासन घोषणा
मंसिर १८, २०८१ मंगलबार
कीर्ते कागजात पेश गरी लाखौँ रुपैयाँ हिनामिना गर्ने हेडमास्टर पक्राउ
मंसिर १८, २०८१ मंगलबार
अछामबाट भरुवा बन्दुकसहित एक जना पक्राउ
मंसिर १८, २०८१ मंगलबार
मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न गठबन्धन सरकार: नेता डा कोइराला
मंसिर १८, २०८१ मंगलबार