व्यापार घाटा पौने ९ खर्ब पुग्यो, ओली अर्थतन्त्र धरापमा !
![इन्द्र रिजाल](
https://nepalbahas.prixacdn.net/media/albums/Indra_Rijal_MwZXtSM0ir.jpg
)
इन्द्र रिजाल
बैशाख ८, २०७६ आइतबार १८:४०:२४
![](https://nepalbahas.prixacdn.net/media/albums/trade-deficit_icuncL8r1w.jpg)
काठमाडौं । जताततै कर लगाएर राजश्वमुखी नीति अख्तियार गरेको केपी ओली सरकारको अर्थतन्त्र धरापमा पर्न थालेको तथ्यांकहरुले नै एकपछि अर्को रुपमा पुष्टि गर्न थालेको छ । व्यापार घाटा चुलिएको छ भने तीन हजारभन्दा बढी बस्तुमा शुन्य भन्सार सुविधा दिदाँपनि चीनतर्फको निर्यातमा भारी गिरावट आएको छ । दिनप्रतिदिन आयातमा भारी बुद्धि हुदै जाने तर निर्यात खुम्चिदै जादाँ देशको व्यापार सन्तुलन खलबलिन थालेको हो ।
नेपाल राष्ट्र बैंकले मुलुकको वैदेशिक व्यापारतर्फ वस्तु व्यापारको चालु आर्थिक वर्षको पहिलो आठ महिनाको तथ्यांक हालै प्रकाशित गरेको छ । उक्त तथ्याक अनुसार आर्थिक वर्ष २०७५/७६ को प्रथम आठ महिनामा कुल वस्तु व्यापार घाटा २४.५ प्रतिशतले विस्तार भई रु.८ खर्ब ८७ अर्ब ८८ करोड पुगेको छ । आयातमा भारी वृद्धि हुँदा यो अवस्थाको सिर्जना भएको देखिन्छ ।
समीक्षा अवधिमा कुल वस्तु निर्यात १४.६ प्रतिशतले वृद्धि भई रु.६१ अर्ब २२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १०.८ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारततर्फ २६.३ प्रतिशत र अन्य मुलुकतर्फ १.३ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्फ २७.६ प्रतिशतले कमी आएको छ । चीनले करिब ३ हजार भन्दा बढी वस्तुहरुमा शून्य भन्सारको सुविधा प्रदान गर्दा पनि चीनतर्फको निर्यातमा सुधार आउनुको साटो झन ओह्रालो लागेको छ ।
वस्तुगत आधारमा पोलिष्टर यार्न, जस्तापाता, जडीबुटी, ऊनी गलैंचा लगायतका वस्तुको निर्यात बढेको छ भने तयारी पोशाक, अलैची, रोजिन, छाला, जुत्ता तथा चप्पल, आयुर्वेदिक औषधीका सामान लगायतका वस्तुहरुको निर्यात घटेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । भन्सार नाकाका आधारमा निर्याततर्फ रसुवा भन्सार कार्यालय, कृष्णनगर भन्सार कार्यालय र सुख्खा बन्दरगाह भन्सार कार्यालयहरु बाहेकका भन्सार नाकाहरूबाट गरिएको निर्यातमा वृद्धि भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
आर्थिक वर्ष २०७५/७६ को आठ महिनामा कुल वस्तु आयात २३.८ प्रतिशतले बढेर रु.९ खर्ब ४९ अर्ब ११ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २२.० प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट भएको आयात २२.० प्रतिशत, चीनबाट भएको आयात ३७.८ प्रतिशत र अन्य मुलुकबाट भएको आयात २०. प्रतिशतले बढेको छ ।
वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, हवाईजहाज तथा पार्टपुर्जा, एम.एस. बिलेट, तयारी पोशाक, अन्य मेशिनरी तथा पार्टपुर्जा लगायतका वस्तुको आयात बढेको छ भने दूरसञ्चारका उपकरण तथा पार्टपुर्जा, सिमेन्ट, कच्चा भटमासको तेल, स्वास्थ्य उपकरण तथा औजार, सुपारी लगायतका वस्तुहरुको आयात घटेको छ । समीक्षा अवधिमा सबै भन्सार नाकाहरुबाट हुने आयातमा वृद्धि भएको छ ।
समीक्षा अवधिमा व्यापार घाटामा २४.५ प्रतिशतले वृद्धि भई कुल व्यापारघाटा ८ खर्ब ८७ अर्ब ८८ करोड पुगेको छ भने निर्यात आयात अनुपात ६.५ प्रतिशत रहेको छ जबकि सो अनुपात अघिल्लो आर्थिक वर्षमा ७.० प्रतिशत रहेको थियो । व्यापारघाटामा भारततर्फको व्यापारघाटामा २१.७ प्रतिशतले वृद्धि भएको छ भने अन्य मुलुकतर्फको व्यापार घाटामा २३.७ वृद्धि भएको छ । यता चीनतर्फको व्यापारघाटामा भने ३९ प्रतिशतको भारी वृद्धि भएको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपकार्यान्वयन प्रक्रियामा नगएका आयोजना स्थगित गरिने
माघ २४, २०८१ बिहिबार
वीरगञ्ज नाका हुँदै भटमास र सूर्यमुखी तेलको निर्यात बढ्यो
माघ २३, २०८१ बुधबार
निर्यात ३१ प्रतिशतले बढ्दा पनि व्यापार घाटा उच्च
माघ ८, २०८१ मंगलबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
बन्दीपुर–६ का सचिव कुट्ने वडाध्यक्ष पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीद्वारा टरिगाउँ विमानस्थल अवलोकन
फागुन ५, २०८१ सोमबार
३ थान भरुवा बन्दुकसहित दुई जना पक्राउ
फागुन ५, २०८१ सोमबार
‘प्रहरी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
फागुन ५, २०८१ सोमबार