संसदमा दरिलो भूमिका खेल्न आफ्ना सांसदलाई प्रचण्डको निर्देशन
नेपालबहस संवाददाता
माघ २२, २०८० सोमबार १२:०:२०
२२ माघ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा जनताका पक्षमा दरिलो भूमिका खेल्न पार्टीका सांसदलाई निर्देशन र्दिएका छन् । माओवादी केन्द्र संसदीय दलको कार्यालय सिंहदरबारमा सोमबार बिहान बसेको बैठकमा अध्यक्ष प्रचण्डले पार्टीको नीति एवं सरकारले गरेका राम्रा कामबारे संसदमा दरिलोरूपमा प्रस्तुत हुन निर्देशन दिएका हुन् ।
सरकारका काम र पार्टीको नीतिअनुसार राम्रो तयारी गरी दर्बिलोसँग संसद्मा प्रस्तुत हुनुहोला’ प्रधानमन्त्री दाहालले भने, सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा अधिकतम प्रयास गरिएको छ । सरकारले राम्रो काम गरिरहेको छ । यी विषयमा सदनमा आफ्ना कुरा राख्नुहोस् ।’
प्रधानमन्त्री दाहालले आगामी आर्थिक वर्षमा परिणाम निस्किने गरी बजेट ल्याउने तयारी गरिएको बताए। उनले तीन करोड रुपैयाँ लागत भन्दा साना योजना केन्द्रमा नराखी तल्लो तहमा पठाइने जानकारी दिए ।
उनले सरकारका काममा गठबन्धनको साझा दृष्टिकोण बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिए। ‘सङ्घीय लोकतन्त्र गणतन्त्र हामीहरुको सक्रियताले प्राप्त भएको व्यवस्था हो । यसको रक्षा गर्दै अगाडि बढ्नुको विकल्प छैन’, उनले भने । प्रधानमन्त्री दाहालले वर्तमान व्यवस्थाको विरोधी गर्नेका विरूद्ध र व्यवस्थाको पक्षमा वैचारिक रूपले प्रस्तुत हुन समेत सांसदहरुलाई निर्देशन दिए ।
प्रधानमन्त्री दाहालले सरकार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माण नयाँ ढङ्गले गर्न लागिरहेको बताए। उनले सांसद र जनताले समेत बहस गर्ने र उनीहरूको कुरा पनि समावेश हुनेगरी नीति तथा कार्यक्रम र बजेट बनाइने उल्लेख गरे ।
बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयक यही अधिवेशनबाट सहमतिमा पास गर्ने प्रयास भइरहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले भने, ‘सकेसम्म सहमतिबाट टीआरसी विधेयक टुङ्ग्याउँदा सबैको हितमा हुन्छ । सोही प्रक्रियामा जानुपर्छ,’
बैठकमा सांसदहरुले चालु अधिवेशनमै सङ्क्रमणकालीन विषय टुङ्ग्याइनुपर्नेमा जोड दिए । बैठकमा सांसदहरुले आगामी आर्थिक वर्षको बजेट रोजगारी सिर्जना र कृषि क्षेत्रमा केन्द्रित गर्न सुझाव दिए । बैठकमा सांसद जनार्दन शर्मा, महेन्द्रबहादुर शाही, सुरेश आले मगललगायतले धारणा राखेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
रास्वपाको कार्यवाहक सभापतिको जिम्मेवारी डीपी अर्याललाई
पुष ८, २०८१ सोमबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
अदालतले म्याद थप नगरेपछि रिहा भए निकोलस भुसाल
पुष ८, २०८१ सोमबार
क्रिसमसमा राक्सिराङ गाउँपालिकामा २ दिन सार्वजनिक बिदा
पुष ८, २०८१ सोमबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
झापा कपको उपाधि चर्च ब्वाइजलाई
पुष ८, २०८१ सोमबार
रोजगारी प्रवर्द्धनका लागि बन्दीपुरमा श्रम बैंक
पुष ८, २०८१ सोमबार
रास्वपाको कार्यवाहक सभापतिको जिम्मेवारी डीपी अर्याललाई
पुष ८, २०८१ सोमबार