ओलीको निर्देशनपछि रोकिएको एमाले धादिङ अधिवेशन मंगलबार हुने
नेपालबहस संवाददाता
माघ २२, २०८० सोमबार १२:१२:९
२२ माघ, काठमाडौं । नेकपा एमाले धादिङको नवौं जिल्ला अधिवेशन भोलि (मंगलबार) बाट सुरु हुने भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले अधिवेशनमा कुटाकुट गर्ने नेतालाई काठमाडौं बोलाएर थर्काएपछि मंगलबार अधिवेशन हुने भएको हो ।
आइतबार दुई गुटका नेता कार्यकर्ताहरुबीच कुटाकुट हुँदा स्थगित भएको अधिवेशन मंगलबार बिहान सुरु गर्न लागिएको एमाले धादिङले जनाएको छ । बालकोटमा अध्यक्ष ओलीसँग भएको छलफलमा मंगलबार बिहानबाट पुनः अधिवेशनको कार्यक्रम सुरु गरिने सहमती भएको हो । एमाले धादिङका अध्यक्ष भूमि त्रिपाठीले अध्यक्ष ओलीले साना बिषयमै यस्ता झै झगडा नगर्न सुझाव दिएको बताए ।
त्रिपाठीका अनुसार आइतबार रोकिएको बन्दसत्रको कार्यक्रम सकिएपछि अधिवेशनको बाँकी प्रक्रिया सुरु हुनेछ । बालकोटको बैठकमा प्रदेश अध्यक्ष कैलाश ढुंगेल भने सहभागी थिएनन् । छलफलमा आफूलाई नबोलाइएको उनले बताए । प्रदेश अध्यक्ष ढुंगेलका अनुसार अब धादिङको अधिवेशनमा उनी सहभागी हुने छैनन् ।
शुक्रबारबाट सुरु भएको एमाले धादिङको अधिवेशनमा आइतबार नेताहरुबीचमै कुटाकुटको स्थिति सिर्जना भएको थियो । जिल्ला अध्यक्ष भूमि त्रिपाठीले जिल्ला कमिटीको निर्णय सुनाउँदै गर्दा जिल्लाकै एमाले नेता खेम लोहनी पक्ष बिरोधमा उत्रिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहिउँदमा पनि हटेन वाग्मती करिडोरको कालो पुलमुनि पानी जम्ने समस्या
पुष १, २०८१ सोमबार
एग्रो पुलिङ कार्यविधि’ र ‘लहरेबत्ती व्यवस्थापन कार्यविधि’ २०८१ स्वीकृत
मंसिर २४, २०८१ सोमबार
कारागारमा चाप बढेपछि कैदीबन्दी स्थानान्तरण
मंसिर २१, २०८१ शुक्रबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार