बर्लिनका गोल्डेन बेयर विजेता प्रोफेसर शिए फेइ निफको प्रमुख निर्णायक
नेपालबहस संवाददाता
माघ २२, २०८० सोमबार १२:५८:४८
२२ माघ, काठमाडौं । दुई दुई पटक बर्लिन फिल्म फेस्टिभलमा अवार्ड जित्ने चाइनिज फिल्म निर्देसक तथा प्रोफेसर शिए फेइ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव 'निफ'को फिचर फिल्म प्रतिस्पर्धा तर्फ प्रमुख निर्णायकको रुपमा नेपाल आउने भएका छन् ।
महोत्सव अध्यक्ष केपी पाठकले शिए फेइले निर्णायकको भूमिकासँगै फिल्म लेखन निर्देशनसम्बन्धी मास्टरक्लास पनि दिने तय भएको जानकारी गराएका छन् । मास्टर क्लासअघि उनको अन्तिम निर्देशन रहेको चलचित्र ‘सङ अफ तिब्बत’ देखाइने अध्यक्ष पाठकले बताए ।
बेइजिङ फिल्म एकेडेमीबाट निर्देशनमा स्नातक गरेका शिए फेइ ले सन् १९९० मा निर्देशन गरेको ‘ब्ल्याक स्नो’ ले बर्लिनको दोस्रो ठूलो अवार्ड सिल्भर लाइन जितेको थियो भने यसको तीन वर्षपछि उनैले निर्देशन गरेको ‘ वुमन सिसम ओइलमेकर’ले बर्लिनको मुख्य अवार्ड गोल्डेन बेयर जितेको थियो । सन् २००० मा ‘सङ अफ तिब्बत’ निर्देशन गरेयता उनले कुनै पनि फिल्म निर्देशन गरेका छैनन् ।
बेइजिङ फिल्म एकेडेमीका पूर्व उपाध्यक्ष समेत रहेका शिए फेइ सन् १९८० देखि निरन्तर प्राध्यापनमा संलग्न छन् । अहिले विश्व सिनेमामा नाम बनाएका चेन काई, तिआन् झाङझुङ, झाङ यिमाऊ, जिया जाङके शिए फेइ कै विद्यार्थी हुन् । ८० वर्षको उमेर पार गरेका शिए फेइ अहिले पनि नयाँ पुस्ताका चलचित्रकर्मीका लागि आर्ट कन्सल्टेन्टको रुपमा काम गर्छन् ।
यस वर्षको संस्करणमा ४० देशका ८८ वटा लामा, छोटा तथा वृत्तचित्र प्रदर्शन हुनेछन् । प्रतिस्पर्धामा रहेका फिल्मको प्रदर्शनसँगै महोत्सव अवधिभर फिल्म निर्माणका विभिन्न विधासँग सम्बन्धित रहेर कार्यशाला, छलफल र अन्तक्रिर्याका कार्यक्रम पनि आयोजना गरिने पनि आयोजकले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपलले सार्वजनिक गरे वृद्ध उमेरमा प्रहरी मुठभेडको तस्विर
जेठ ८, २०८१ मंगलबार
चर्चित कथा वाचक साइग्रेसको कथा 'अधुरो प्रेम'मा चलचित्र बन्दै
जेठ ७, २०८१ सोमबार
प्रदीप खड्का : रोमान्टिक हिरोबाट ‘पुजार सार्की’को मैतबहादुरसम्म
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
नेपालबहस संवाददाता
जेठ ७, २०८१ सोमबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
विनोद त्रिपाठी
जेठ ८, २०८१ मंगलबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
जेठ ८, २०८१ मंगलबार
गृहमन्त्री रवि लामिछानेको दोहोरो पासपोर्टको अनुसन्धान कहिले ? : सिरोहिया
जेठ ८, २०८१ मंगलबार
सेक्युरिटी प्रिन्टिङ खरिदमा भ्रष्टाचार : विकललाई २ वर्ष कैद, २५ करोड जरिवाना
जेठ ८, २०८१ मंगलबार
राहुघाटको ‘प्रेसर साफ्ट’ ‘ब्रेक थ्रु’
जेठ ८, २०८१ मंगलबार
तरकारी खेतीबाट वार्षिक रु आठ लाखको बचत
जेठ ८, २०८१ मंगलबार
सानिमा बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदै, वितरण योग्य नाफामा पहिरो
जेठ ८, २०८१ मंगलबार