बिआरआई ऋणलाई अनुदानमा परिणत गर्न पोखरामा प्रदर्शन
नेपालबहस संवाददाता
माघ २२, २०८० सोमबार १३:४९:४८
२२ माघ, वीरगन्ज । चिनको विरोधमा पोखरामा प्रदर्शन गरिएको छ । चिनिया महत्वकांक्षी रुपमा रहेको आर्थिक सहयोग बिआरआई परियोजना मुलुकको लागी ऋण जाल भएको भन्दै पोखरामा प्रदर्शन गरिएको हो । राष्ट्रीय एकता अभियान, पोखराले ऋणमुक्त ऱ स्वाधीन पोखरा अंतराष्ट्रीय विमानस्थलको लागि सचेतना रैली निकाल्दै प्रदर्शन गरेको छ ।
अभियानका केंद्रीय सदस्य ईश्वर लामाको नेतृत्वमा गरिएको बिरोध प्रदर्शनमा पोखरा विमानस्थललाई ऋण जालबाट मुक्त गर,विमानस्थल पूर्णरुपले संचालन गर,राष्ट्रिय स्वाधीनताको रक्षा गर,बिआरआई ऋणलाई अनुदानमा परिणत गर जस्ता नारा लगाइएको थियो । पोखरा अन्तराष्ट्रिय विमानस्थलको चिनियाँ ऋण अनुदानमा परिणत गरियोस भन्दै मुख्यालय सहित निकालिएको रैली पोखराको सभागृह अगाडिबाट सुरु भइ नगरपरिक्रमा गरी पृथ्वीचौक मा पुगेपछि कोण सभामा परिणत भएको थियो ।
कोणसभामा बोल्दै प्रमुख अतिथि अभियानका केन्द्रीय संयोजक विनय यादवले अप्रत्याशित रुपमा बढेको चिनिया सक्रियताले मुलुकको राष्ट्रिय स्वाधीनता खतरामा परेको आरोप लगाएका थिए । संयोजक यादवले आर्थिक सहयोगको बहानामा देखिएको चिनको सक्रियता र सहयोग दुबै नेपाल र नेपाली जनताको भविष्य खतरामा डुब्दै गएको बताउँदै राष्ट्रिय स्वतन्त्रताको रक्षा गर्न ठुलो आवश्यकता रहेको बताए ।
उनले आउने समयमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको लागि चिनले दिएको सहयोग नेपालको लागी ठुलो ऋण जाल सबित हुने ठोकुवा गरे ।संयोजक यादवले पोखरा विमानस्थलमा देखिएको आर्थिक घाटापुर्तिको बहानामा चिनियाँ सेना पोखरामा ल्याउने ठुलो खेल भइरहेको आरोप समेत लगाएका थिए । नेपालको सार्वभौमसत्ता माथि बढदै गएको खतराबाट समयमै सचेत हुन सबै नेतालाई आफुहरुले पटक पटक अनुरोध र आहवान गर्दै आएपछि घैटोमा घाम नलाग्नु दुखको कुराभएको सहयोजक यादवको भनाइ थियो ।
यादवको भनाईमा समर्थन गर्दै अन्य बक्ताहरूले राष्ट्रिय एकता, विकास र सम्बृद्धिका लागि नेपालले चीनसंग गरेको बिआरआई सम्झौता अबिलम्ब खारेजीको मांग गरेका थिए । कार्यक्रमका अरु बक्ताहरुले राष्ट्रिय स्वाधीनताको महत्व,मुलुकमा देखिएको आर्थिक तरलता र बीआरआई आर्थिक सहयोग भन्दा पनि मुलुकको लागी ठुलो ऋणजाल भएको कुरामा जोड दिएका थिए ।
वक्ताहरुले पोखरा अन्तर्राष्ट्रिय बिमानस्थलको व्ययभारबाट भबिष्यमा हुने ठुलो आर्थिक नोक्सानीबाट जोगीन अहिलेको मुख्य आवश्यकता रहेको बताएका थिए । कार्यक्रमका सुनिल धामीले सहभागी सबैलाई धन्यवाद व्यक्तगर्दै तराईमा बढदै गएको चिनीया सक्रियताबाट सचेत हुन मधेस प्रदेश सरकारका मन्त्रि लगायत सबै नेताहरूलाई आह्वान गरेका थिए ।कार्यक्रम संचालन शेरबहादुर बिश्वकर्माले गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओली स्वदेश फर्किदै, अमेरिकाबाट कतार प्रस्थान
असोज १३, २०८१ आइतबार
माओवादी केन्द्रले बाढीपहिरोको क्षतिबारे तथ्यांक संकलन गर्न हेल्प डेस्क राख्ने
असोज १३, २०८१ आइतबार
हवाई भाडा दर नियन्त्रण गर्न राज्य व्यवस्था समितिको निर्देशन
असोज १३, २०८१ आइतबार
इजरायल र हिजबुल्लाहको विवाद : को हुन् हसन नसरल्लाह ?
असोज १३, २०८१ आइतबार
प्रचण्डले गरे ‘साहसी युवा’ चणिकलाल तामाङको सम्मान
असोज १३, २०८१ आइतबार
माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना
असोज १३, २०८१ आइतबार
ओमानविरुद्ध नेपालले पहिला ब्याटिङ गर्दै
असोज १३, २०८१ आइतबार
झ्याप्ले खोलामा पहिरो हटाइयो, ४८ घण्टापछि सडक दुईतर्फी खुल्यो
असोज १३, २०८१ आइतबार
कोशी ब्यारेजमा दुईतर्फी यातायात सुचारु
असोज १३, २०८१ आइतबार
प्रधानमन्त्री ओली स्वदेश फर्किदै, अमेरिकाबाट कतार प्रस्थान
असोज १३, २०८१ आइतबार
बाढीले अवरुद्ध बनेको खानेपानी आपूर्ति सोमबारदेखि सञ्चालन हुने
असोज १३, २०८१ आइतबार
बाढीपहिरो र डुबानमा परी देशभर १ सय ७० जनाको मृत्यु, ४२ जना अझै बेपत्ता
असोज १३, २०८१ आइतबार