सभामुख र उपसभामुख नभएको बेला बैठक चलाउन ७ जना चयन, माघ २४ गतेसम्म संसद बैठक स्थगित
नेपालबहस संवाददाता
माघ २२, २०८० सोमबार १७:३८:१७
२२ माघ, काठमाडौं । संघीय संसदको तेस्रो अधिवेशन सोमबारदेखि सुरु भएको छ । अपरान्ह ४ बजे संसदको हिउँदे अधिवेशन सुरु भएको हो । बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको बैठकमा आफू र उपसभामुखको अनुपस्थितिको अवस्थामा बैठकको अध्यक्षता गर्न ७ जना सदस्यहरूको मनोनयन गरेका छन् ।
सोमबार बसेको प्रतिनिधिसभाको तेस्रो अधिवेशनको पहिलो बैठकमा सभामुख घिमिरेले सांसदहरू ईश्वरीदेवी न्यौपाने, कृष्णगोपाल श्रेष्ठ, चन्दा कार्की भण्डारी, प्रतीक्षा तिवारी, विमला सुवेदी, बुद्धिमान तामाङ र रामकृष्ण यादवलाई मनोनयन गरेका हुन ।
उनीहरूलाई प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न सदस्य मनोनयन गरिएको सभामुख घिमिरेले जानकारी गराएका छन् । प्रतिनिधि सभाको अर्को बैठक माघ २४ गते बिहान ११ बजे बस्ने गरी स्थगित गरेका छन् ।
यसअघि नै बैठक सञ्चालनका लागि गर्नुपर्ने प्राविधिक तथा भौतिक पूर्वाधार व्यवस्थापनको तयारी पूरा भएको थियो । नेपालको संविधानले स्थायी, प्रबुद्ध समूहको प्रतिनिधित्व रहने माथिल्लो सदन राष्ट्रिय सभा र तल्लो सदन प्रतिनिधिसभाको व्यवस्था गरेको छ ।
यस पटकदेखि अधिवेशनलाई कानुन निर्माणका हिसाबले प्रभावकारी र चुस्त तुल्याउन पाक्षिक रुपमा क्यालेण्डर बनाएर जाने तयारी भएको छ । तयारीका सन्दर्भमा हरेक १५–१५ दिनमा कार्यतालिका बनाउने र त्यसका आधारमा बैठक सञ्चालन हुँदैछ ।
विधेयक अधिवेशनका रुपमा रहने हिउँदे अधिवेशनका लागि हाल संघीय संसदमा २४ विधेयक छन् । त्यसमध्ये १६ विषयगत समिति छन् । एउटा विधेयक लामो समयदेखि राष्ट्रिय सभामा थाँती छ । आजको बैठकमा राष्ट्रपतिको कार्यालयबाट आएका सन्देशसहित पढेर सभामुख देवराज घिमिरेले सुनाए । त्यस्तै अन्य केही प्रस्ताव पनि पेश भएका छन् । अब अर्को बैठक माघ २४ गते बस्ने छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
रविको सांसद पद निलम्बन गर्ने चिठी संसद् पुग्यो
पुष ७, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार