स्वीकृत भएन डीआईजी अर्जुन चन्दको राजीनामा
नेपालबहस संवाददाता
माघ २२, २०८० सोमबार १७:५२:५
२२ माघ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख डीआईजी अर्जुन चन्दको राजीनामा पत्र प्रहरी प्रधान कार्यालयले फिर्ता गरिदिएको छ । राजीनामाको रित नपुगेको भन्दै फिर्ता गरिदिएको प्रहरी प्रधान कार्यालयका उच्च अधिकारीले जानकारी दिए ।
डीआईजी चन्दको राजीनामा ‘रितपूर्ण’ नभएको भन्दै प्रहरी प्रधान कार्यालय, नक्सालले फिर्ता गरिदिएको हो । मानव स्रोत विभागमा पुगेको उनको राजीनामाको पत्र रितपूर्वक नभएकोले फिर्ता गरिदिएको एक उच्च प्रहरी अधिकृतले बताए । गएको शनिबार उनले राजीनामा दिएको विषय सार्वजनिक भएको थियो ।
घरायसी’ कारण देखाउँदै उनले राजीनामा दिएको पत्र आइतबार प्रहरी प्रधान कार्यालयको मानव स्रोत विभागमा पुगेको थियो । सोमबार प्रहरी महानिरीक्षक आईजीपी वसन्तबहादुर कुँवर, मानव स्रोत विभागका प्रमुख एआईजी टेकप्रसाद राईलगायतले उनीसँग छलफल गरेर राजीनामा नदिन सुझाएका थिए ।
यस्तै एक एआईजीले अहिले राजीनामा दिँदा डीआईजी चन्द र संगठनलाई पनि राम्रो नहुने भएकाले राजीनामा नदिन भनिएको छ । चन्दको बिदा भने स्वीकृत गरेको छ । विमानस्थलमा कर्मचारी र प्रहरीबीच भएको कुटपिट प्रकरणपछि डीआईजी चन्दले गएको शनिबार राजीनामा दिएका थिए । यद्यपि, उनले व्यक्तिगत कारणले राजीनामा दिएका बताएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलागुऔषध ओसारपसारको अभियोगमा १६ जना पक्राउ
पुष ३, २०८१ बुधबार
गौशला प्रहरीद्वारा सिनामंगलबाट स्रोत नखुलेको ६८ लाख नगदसहित ४ जना पक्राउ
पुष ३, २०८१ बुधबार
आईजीपी नियुक्तिका लागि सिफारिस नचाहिने, मन्त्रिपरिषदमा सिधैं प्रस्ताव जाने !
मंसिर ३०, २०८१ आइतबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
अमेरिकी डलरको भाउ बढ्यो, यस्तो छ अन्यको विनिमय दर ( हेर्नुस् सूची )
पुष ९, २०८१ मंगलबार
मौसममा बदली भएसँगै नेपालमा पुनः चिसो बढ्न सुरु
पुष ९, २०८१ मंगलबार
अब भेरी अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा सुरु हुने
पुष ९, २०८१ मंगलबार
भारतबाट रित्तो हात फर्किइन आरजुः प्रधानमन्त्रीको भारत भ्रमण अनिश्चित
पुष ९, २०८१ मंगलबार
भारतीय कारको ठक्करबाट स्कुटर चालकको मृत्यु
पुष ८, २०८१ सोमबार