रास्वपाका सभापति रविसहित १८ जनाविरुद्ध सूर्यदर्शन सहकारी पीडितले दिए पूरक जाहेरी

नेपालबहस संवाददाता
माघ २२, २०८० सोमबार २०:४४:२०

२२ माघ, पोखरा । सूर्यदर्शन सहकारी ठगी प्रकरणका पीडितहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध कास्की प्रहरीमा जाहेरी दिएका छन् । बचतकर्ताको रकम डुब्नुमा रवि पनि जिम्मेवार रहेको दाबीसहित पीडितहरूले सोमबार रविसहित १८ जनाविरुद्ध जाहेरी दिएका हुन् ।
पोखराको सूर्यदर्शन सहकारीका वचतकर्ताले लामिछाने र नेकपा माओवादी केन्द्रका विद्यार्थी नेता दीपेश पुनसहित व्यक्ति र संस्था गरी १८ जनाविरुद्ध सोमबार जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिएका हुन् । रवि लामिछाने, महासचिव दिपेश पुन, पूर्वअध्यक्ष ज्ञानबहादुर बमजन, नेचर हब प्रालि, गोर्खा मिडिया प्रालि, वारिसान इन्फर्मेसन टेक्नोलोजी, स्प्रिङ उड रियल स्टेट, गोर्खा समूह इन्भेस्टेन्ट, गोर्खा आयुर्वेद प्रालिलगायतलाई विपक्षी बनाएका छन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी श्रवणकुमार विकले सहकारी पीडित पक्षले ‘पूरक’ जाहेरी दिएको बताए । उनले उक्त विषयमा पहिल्यै दर्ता भएर अनुसन्धान जारी रहेकाले अहिले नयाँ जाहेरी दर्ता गर्नुनपर्ने बताए । जाहेरीबारे एसपी थापाले प्रमुख जिल्ला अधिकारीसँग सोमबार छलफल गरेका थिए । कास्की प्रहरीका सूचना अधिकारी श्रवणकुमार बिकले भने जाहेरी परेको जानकारी दिए । १८ जनाविरुद्ध जाहेरी दिएको उनले बताए ।
सूर्यदर्शन सहकारीलाई पोखरा महानगरपालिकाको कार्यपालिका बैठकले नै समस्याग्रस्त सहकारी ठहर गरेको छ । यो सहकारीले पोखराका १८ हजार ७०० बचतकर्ताको एक अर्ब ३५ करोड अपचलन गरेको आरोप छ । सहकारीका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई हुन् । उनले सहकारीबाट गोर्खा मिडिया नेटवर्कको नाममा ग्यालेक्सी फोर के टेलिभिजनका लागि करोडौँ रकम लगानी गरेको प्रतिवेदनहरूले खुलाएका छन् ।
पोखरा महानगरको विज्ञ टोलीको राय प्रतिवेदनका आधारमा सहकारीका सञ्चालक, लेखा समिति संयोजक, सदस्य, लेखा अधिकृत र ऋण अधिकृतसहित १९ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । अहिलेसम्म उपाध्यक्ष कैलाशकुमार दर्लामी, कोषाध्यक्ष कुमार रम्तेल, सञ्चालक समिति सदस्य भवीश्वर अर्याल, पूर्वसञ्चालक समिति सदस्य शिवबहादुर गुरुङ मात्रै पक्राउ परेका छन् ।
महानगरको प्रतिवेदनमा सहकारीको रकम योजनाबद्ध रूपमा विभिन्न फर्ममा अवैध लगानी गरिएको, नक्कली कम्पनी खडा गरेर पनि पैसा हिनामिना गरिएको, कमसल धितो र बिनाधितो पनि ऋण लगानी गरेको उल्लेख छ । पीडितहरूले यसअगाडि नै प्रहरीमा विस्तृत अध्ययनका लागि छानबिन गर्नका लागि जाहेरी दिन खोजे पनि प्रहरीले फिर्ता पठाइदिएको थियो ।
रवि यस प्रकरणमा जोडिएको ग्यालेक्सी टेलिभिजनबाट नै हो । जतिबेला टेलिभिजनमा लगानी भएको थियो, त्यतिबेला रवि उक्त मिडियामा प्रबन्ध निर्देशक थिए । तर, रविले सहकारीमा आफ्नो संलग्ना अस्वीकार गर्दै आएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुप्रिम सहकारी ठगी प्रकरणः जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत गए पूर्वडीआईजी जोशी
माघ २९, २०८१ मंगलबार
एआईजी रविन्द्र केसीले किन दिए पदबाट राजीनामा ?
नेपालबहस संवाददाता
माघ २७, २०८१ आइतबार
संघीय प्रहरी ऐनः नेपाल प्रहरीलाई किन चाहियो स्वतन्त्रता ?
नेपालबहस संवाददाता
माघ २९, २०८१ मंगलबार
मालपोत कार्यालय लहानको कामकाज प्रभावित
माघ ३०, २०८१ बुधबार
हल गोरु पाल्ने कृषकलाई अनुदान
माघ ३०, २०८१ बुधबार
भूमिसम्बन्धी अध्यादेशलाई समर्थन नगर्ने लोसपाको निर्णय
माघ ३०, २०८१ बुधबार
२० लाख अमेरिकी डलर अनुदान स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय
माघ ३०, २०८१ बुधबार
राष्ट्रपति ट्रम्पले बर्खास्त गरे युएसएडका महानिरीक्षक
माघ ३०, २०८१ बुधबार