कमजोरी लुकाउन डीआईजी चन्दले राजीनामाको नाटक गरेको गृह मन्त्रालयको आरोप
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
माघ २२, २०८० सोमबार २२:५१:२८
![](https://nepalbahas.prixacdn.net/media/albums/Arjun-Chanda-Content_fgKzu8CWQn_3ZNdzVBWNU.jpg)
२२ माघ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कर्मचारी र प्रहरीबीच कुटाकुटको विषयमा बनेको छानबिन समितिलाई अटेर गरी बयान दिन नगई राजीनामा दिएका डीआईजीले राजीनामा फिर्ता लिएर घर बिदामा बसेका छन् । प्रहरी प्रधान कार्यालयले उनको सरुवाकाे तयारी पनि गरेको छ । यसअघि प्रदेश कार्यालय मागेका डीआईजी चन्दलाई त्यही राखिएको थियो । ‘सायद केही दिनमा उहाँको सरुवा हुन्छ होला’, प्रहरी प्रधान कार्यालय स्रोतले भन्यो ।
गृह मन्त्रालयले बनाएको छानबिन समितिलाई अटेर गरेका डीआईजी अर्जुन चन्द ठकुरीले राजीनामा फिर्ता गरी घर विदामा बसेका हुन् । मन्त्रालयले विमानस्थलको कुटाकुट प्रकरणमा प्रतिवेदन बुझाएपछि असन्तुष्ट भई राजीनामा दिएर चर्चामा आएका डीआईजी ठकुरीकै कमजोरी देखिएकाले त्यसबाट बच्न नाटक गरेको समेत खुलेको छ ।
गृह मन्त्रालयले बनाएको छानबिन समिति समक्ष आफ्ना धारणा राख्न नगएको, प्रहरीको कमाण्ड कन्ट्रोलमा असफल भएको तथा गृह मन्त्रालयले उनको कमाण्डमा प्रश्न उठाएपछि राजीनामा दिएर बाहिर चर्चामा आएका थिए । ‘अध्यागमनका कर्मचारी कुटपिटमा संलग्न जुनियर अधिकृतको भन्दा पनि उनीमाथि मन्त्रालयले उठाएको प्रश्नमा असन्तुष्ट भई राजीनामा दिएका हुन् तर बाहिर प्रचार भने आफ्ना मातहतका सुरक्षाकर्मीको कारबाहीप्रति असन्तुष्ट रहेको प्रचार गरियो त्यो झुटा थियो’, मन्त्रालय स्रोतको दावी छ ।
गृह मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा बनेको छानबिन समितिमा प्रहरी नायब महानिरीक्षक राजेशनाथ बास्तोला र सीमा तथा अध्यागमन प्रशासन शाखाका उपसचिव कुल बहादुर जिसी सदस्य थिए । उनीहरुमध्ये डीआईजी बास्तोला पहिला विमानस्थलमै कार्यरत थिए । सो समितिको छानबिनबाट डीआईजीकै कमाण्ड कन्ट्रोल कमजोर देखिएको थियो । मन्त्रालयलाई बुझाएको प्रतिवेदनको निष्कर्ष खण्डको १० नम्बर बुँदामा प्रस्ट रूपमा डीआईजी चन्दको कमजोरीलाई उल्लेख गरिएको छ । ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय प्रमुख प्रहरी नायब महानिरीक्षक अर्जुन चन्द ठकुरीले मन्त्रालयबाट छानबिन समिति गठन भइसकेपछि सञ्चारमाध्यममा गम्भीर विषयहरू उठान गर्नु भएकोले उक्त विषय मन्त्रालयले जानकारीमा राख्न आवश्यक देखिन्छ’, सो प्रतिवेदनको १० नं बुँदामा भनिएको छ ।
तर उनी प्रहरीको भन्दा बढी कर्मचारीको दोष देखाएर सञ्चारमाध्यममा प्रस्तुत भएकाले मन्त्रालयबाट गठन भएको छानबिन समिति ठहर थियो । साथै उनी समिति समक्ष आफ्ना कुरा राख्न पनि गएका थिएनन् । ‘आफै मातहत रहेको सुरक्षाकर्मीले गल्ती गरेको छैन भन्ने कुरा बताउनु पर्ने दायित्व कमाण्डरको हो तर उहाँ सञ्चार माध्यममा असन्तुष्टि व्यक्त गर्ने तर समितिलाई अटेर गरेर हिँडेका थिए’, मन्त्रालयका एक कर्मचारीले भने ।
समितिले दिएको सुझावको पहिलो नम्बरमा पनि प्रहरीको कमजोरी औल्याइएको छ । ‘सत्य सेवा सुरक्षणमको भावना विपरीत सबै किसिमका सर्वसाधारणसँग संयमित र व्यावसायिक व्यवहार देखाउनुको सट्टा आफ्नै मन्त्रालय मातहतको सिनियर अधिकृत हो भन्ने जान्दा जान्दै ड्युटी कमाण्डरको आदेशबिना नै आफ्नो जिम्मेवारी एक्सरे जाँच गर्न छाडी विवाद भएको ठाउँमा आउने, सम्बन्धित व्यक्तिलाई सम्झाई बुझाई गरी माथिल्लो अधिकृतलाई रिपोर्टिङ गर्नुको सट्टा सामूहिक कुटपिटको नेतृत्व गरेकोमा असई सञ्जय तामाङलाई तुरुन्तै निलम्बन गरी प्रहरी ऐन एवं नियमावली बमोजिम उचित विभागीय कारबाही गर्नुपर्ने। बिना आदेश जिम्मेवारी छाडी कुटपिटमा सामेल हुने प्रहरी जवान विजनकुमार गुप्ता एवं राजकुमार महतोलाई आवश्यक विभागीय कारबाही गर्ने,’ उल्लेख छ । त्यसै गरी विमानस्थलजस्तो संवेदनशील क्षेत्रमा नियमित सुरक्षा जाँचलाई चुनौती दिई अटेरी गर्ने, आफ्नै मन्त्रालय मातहतका जुनियर प्रहरी कर्मचारीसँग सुमधुर सम्बन्ध राख्नुपर्नेमा एक जिम्मेवार अधिकृतको रूपमा देखाउनुपर्ने आचरण र अनुशासन अनुरूप व्यवहार नदेखाएकोले अध्यागमन अधिकृत छायालाल मोक्तानलाई सो कार्यालयबाट जिम्मेवारी मुक्त गरी आचरणसम्बन्धी आवश्यक कारबाही गर्ने विषय पनि उल्लेख गरेपनि बढी चाहिँ प्रहरीकै कमजोरी देखाइएको छ ।
मन्त्रालयले समिति बनाउँदा नै विमानस्थलमा पहिला कार्यरत रहेका डीआईजी राजेशनाथ बास्तोलालाई पठाएको थियो। ‘सो दिनको फिल्ड अफिसर प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेल भएको अवस्थामा दुई पक्षबीच विवाद भई अध्यागमन अधिकृतलाई सामूहिक कुटपिट भएको निजको प्रत्यक्ष उपस्थितिमा सिसिटिभी क्यामेरा रूमभित्र ठूलो समूहसहित गएको, अघिल्लो घटनासँग जोडिएका विवादित व्यक्तिहरूलाई नियन्त्रण र निगरानीमा नराखी सिसिटिभी कन्ट्रोल रुम र सो क्षेत्रमा भीडभाड हुन दिएको, जसले गर्दा पुनः कुटपिट भएको भन्ने बुझिएको तथा सुरक्षाको दृष्टिकोणले परिस्थितिको संवेदनशीलतालाई बुझेर कमान्ड एन्ड कन्ट्रोललाई काबुमा लिन नसकेको तथा प्रमुख अध्यागमन अधिकृत लगायतका कर्मचारीको सुरक्षामा हेलचक्र्याइँ गरेको बुझिन आएकोले निजलाई आफ्नो जिम्मेवारी र व्यावसायिक कर्तव्यप्रति सचेत गराउने’, उल्लेख छ । त्यसै गरी प्रहरी कर्मचारीलाई व्यावसायिक आचरण, समन्वय र अनुशासनसम्बन्धी कमी देखिएकोले यस सम्बन्धमा प्रहरी प्रधान कार्यालयको विशेष ध्यानाकर्षण गराउनुपर्ने, जस्तो विषयहरू समेटिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपछोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
लेबनानमा शान्ति सेनामाथि आक्रमण गरेको आरोपमा २५ जना पक्राउ
फागुन ३, २०८१ शनिबार
मौरिससका पूर्वप्रधानमन्त्री सम्पत्ति शुद्धीकरण मुद्दासम्बन्धी आरोपमा पक्राउ
फागुन ४, २०८१ आइतबार
छुवाछूतका समस्या सम्बोधन गर्न विशेष प्रहरी ‘डेस्क’ गठन गरिने
फागुन ४, २०८१ आइतबार
ओस्कार अवार्ड : २०२५ मा ऋतिक रोशनको १७ वर्ष पुरानो फिल्म देखाइने
फागुन ४, २०८१ आइतबार
हेमोफिलियाका बिरामीलाई निःशुल्क औषधि उपलब्ध गराउने
फागुन ४, २०८१ आइतबार
आइतबार साढे १९ अकले बढ्यो बजारः २७ सय नजिक पुग्यो नेप्से, ९ अर्ब ४७ करोडको कारोबार
फागुन ४, २०८१ आइतबार