गर्भपतन गर्न नमान्दा घरबाट निकालियो
नेपालबहस संवाददाता
माघ २२, २०८० मंगलबार ५:१५:१८
२३ माघ. राैतहट । रौतहटमा गर्भपतन गर्न नमान्दा एक महिलालाई कुटपिट गरी घरबाट निकालिएको छ।
प्रेम विवाह गरेकी स्थानीय परोहा नगरपालिका ७ नरकटिया टोलकी ३० वर्षीय महिलालाई पति, सासु, ससुरा, जेठान, देवर र नन्दले माइतीबाट सुसरालमा जाँदा कुटपिट गरी घरमा प्रवेश गर्नबाट रोकेका हुन्।
२०७७ सालमा स्थानीय आलोक पटेलसँग प्रेम विवाह गरेर घर भन्दा बाहिर बस्दै आएकी ३० वर्षीय किरण देवी तेस्रो पटक गर्भवती भएपछि लोग्नेले गर्भ पतन गरेमात्र बिबाह दर्ता प्रमाण पत्र, नेपाली नागरिकता प्रमाण पत्र बनाई दिने भनेको र घरमा जाँदा कुटपिट गरेको पीडित महिलाको गुनासो छ। सञ्चारकर्मीसँग कुरा गर्दै पीडितले दुई पटक गर्भ पतन गरिसकेको र तेस्रो पटक २ महिनाको गर्भ रहेको बताउँदै कानुनी रूपमा पत्नी बनाउन गर्भपतन गर्नु पर्ने अडान श्रीमानको रहेको दुखेसो गरिन्।
गएको शुक्रबार घरमा जाँदा लोग्ने आलोक पटेल, ससुरा हरिन्दर पटेल, सासु कौशल्या देवी, जेठान राजु पटेल, सन्तोष पटेल, देवर छोटेलाल पटेल, नन्द पिंकी पटेल र रागनी कुमारी पटेलले सामूहिक रूपमा कुटपिट गरेको भिडियो आफूसँग रहेको दाबीसमेत गरेकी छन्।
प्रेम विवाह गरेका लोग्ने आलोक पटेलले आफूसँग पटक-पटक १५ लाख रूपैयाँ ब्याज उद्योग, घर निर्माण र झगडा मिलापत्रको लागि लगेको उनको दाबी छ।
आफूमाथि अन्याय भएको भन्दै महिलाले कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय रौतहटको महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रमा उजुरी दिएकी छन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपाँच युवतीलाई अवैधरुपमा भारत लैजान खोज्ने व्यक्ति पक्राउ
मंसिर ८, २०८१ शनिबार
लागूऔषधसहित विभिन्न स्थानबाट ६ जना पक्राउ
मंसिर ७, २०८१ शुक्रबार
फोनबाट रकम माग गर्ने डाक्टर पक्राउ
मंसिर ६, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
बेर्ना बेचेर एकै याममा दुई लाख आर्जन
मंसिर ९, २०८१ आइतबार
भारतबाट आउने तरकारीका कारण नेपाली किसान समस्यामा
मंसिर ९, २०८१ आइतबार
पाँच महिनामा ५५ गर्भवती तथा सुत्केरीको उद्धार
मंसिर ९, २०८१ आइतबार
बीएण्डसीमा एमबीबीएस पठनपाठनको तयारी
मंसिर ९, २०८१ आइतबार
कालीगण्डकी करिडोरले मुक्तिनाथ र लुम्बिनी जोड्दै
मंसिर ९, २०८१ आइतबार