लम्की चुहा नगरपालिकाका कर्मचारीमाथि दलियो कालो मोसो
नेपालबहस संवाददाता
माघ २२, २०८० मंगलबार ५:३४:३३
२३ माघ, धनगढी। कैलालीमा एक सरकारी कर्मचारीमाथि कालो मोसो दलिएको छ।
लम्की चुहा नगरपालिकाका शिक्षा अधिकृत गौरीकान्त न्यौपानेमाथि कालो मोसो दलिएको हो। विभिन्न ६ वटा आरोप लगाउँदै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यकर्ताले शिक्षा अधिकृतमाथि कालो मोसो दलेका हुन्।
उनीमाथि नगरपालिका भित्र रहेका विद्यालय व्यवस्थापन समिति तथा शिक्षकहरूसँग अभद्र व्यवहार गरेको, शिक्षकहरूबाट कमिसन लिएको, खेलकुद सामग्री खरिदमा कमिसन लिएको, बिदाको दिनमा सार्वजनिक सवारी साधनको दुरुपयोग गरेको लगायतका आरोप लगाएका छन्।
इलाका प्रहरी कार्यालय लम्कीका प्रहरी नायव निरीक्षक अशोक खड्काले घटनाका विषयमा अनुसन्धान भइरहेको बताएका छन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज जन्म लिने बच्चा सिंह राशीको हुने
मंसिर ८, २०८१ शनिबार
मिथुन राशी भएकाहरुको लागि आज राम्रो समय छ
मंसिर ७, २०८१ शुक्रबार
राष्ट्रपतिद्वारा ढुङ्गानाका परिवारप्रति समवेदना
मंसिर ६, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
बेर्ना बेचेर एकै याममा दुई लाख आर्जन
मंसिर ९, २०८१ आइतबार
भारतबाट आउने तरकारीका कारण नेपाली किसान समस्यामा
मंसिर ९, २०८१ आइतबार
पाँच महिनामा ५५ गर्भवती तथा सुत्केरीको उद्धार
मंसिर ९, २०८१ आइतबार
बीएण्डसीमा एमबीबीएस पठनपाठनको तयारी
मंसिर ९, २०८१ आइतबार
कालीगण्डकी करिडोरले मुक्तिनाथ र लुम्बिनी जोड्दै
मंसिर ९, २०८१ आइतबार