कमजोर बन्दै एनएमबि बैंक: शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
माघ २३, २०८० मंगलबार १३:५७:८
२३ माघ, काठमाडौं । कुनै समय एनएमबि बैंक भन्ने बित्तिकै माथिल्लो लेभलको वाणिज्य बैंकको रुपमा स्थापित भए पनि अहिले भने बैंकको अवस्था दिन प्रतिदिन बिग्रँदो छ । निरन्तर लाभांश दिँदै आएको कम्पनीले आर्थिक वर्ष २०७९-८० को मुनाफाबाट कुनै पनि लाभांश वितरण गरेन । वर्षौंदेखि लाभांश प्राप्त गरेका लगानीकर्ताको हात यसपटक खाली भएको छ ।
चालू आर्थिक वर्षको दोश्रो त्रैमासको वित्तीय विवरण पनि त्यति आकर्षक निकाल्न बैंकले सकेन । कम्पनीको मुनाफा २७.६२ प्रतिशतले घटेको छ भने प्रमुख आम्दानीको स्रोतमा रहेको खुद ब्याज आम्दानी पनि घटेको छ कम्पनीको वितरण योग्य मुनाफा ९९ करोड ४८ लाख ऋणात्मक रहेको छ ।
बैंकमा संचालक समितिको अध्यक्षमा मनोज कुमार गोयल रहेका छन् । बैंकको संचालक समितिका अन्य सदस्यमा शर्मिला हार्दि प्रकाश, जीवन कुमार कटवाल, उत्तम भ्लोन, हरिश्चन्द्र सुवेदी र शिरीष कुमार मुरारका र स्वतन्त्र सञ्चालकमा बन्दना पाठक तथा कम्पनी सचिवमा प्रमोद कुमार दाहाल रहेका छन् ।
त्यस्तै बैंकको उच्च व्यवस्थापनमा सीईओ सुनिल के.सी.देखि डेपुटी सीईओमा सुदेश उपाध्याय र गोविन्द घिमिरे तथा विभागीय प्रमुखहरुमा प्रमोद कुमार दाहाल, नवीन मानन्धर, श्रीजेष घिमिरे, डा.बुद्धि मल्ल, रोशन रेग्मी र पुष्पा अर्याल रहेका छन् ।
कस्तो आयो आर्थिक वर्ष २०८०-८१ के दोस्रो त्रैमासको वित्तीय प्रतिवेदनः
खुद मुनाफाः
चालू आर्थिक वर्षको दोस्रो त्रैमास अर्थात् ६ महिनाको अवधिमा बैंकले १ अर्ब ३७ करोड बराबर खुद मुनाफा गरेकोमा गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा बैंकले १ अर्ब ९० करोड बराबर खुद मुनाफा गरेको थियो । यसरी खुद मुनाफामा २७ दशमलव ६२ प्रतिशतको गिरावट भएको छ ।
खुद व्याज आम्दानी र संचालन मुनाफाः
गत आर्थिक वर्षको दोस्रो त्रैमासमा कम्पनीले ४ अर्ब २६ करोड बराबर खुद ब्याज आम्दानी गरेकोमा चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनीले ३ अर्ब ७४ करोड खुद व्याज आम्दानी गरेको छ । यसरी खुद ब्याज आम्दानीमा १२ दशमलव ३९ प्रतिशतको गिरावट भएको छ । त्यस्तै, संचालन मुनाफा २८ दशमलव शून्य ३ प्रतिशतले गिरावट हुँदै १ अर्ब ९५ करोड पुगेको छ । गत वर्षको दोस्रो त्रैमासमा कम्पनीले २ अर्ब ७१ करोड संचालन मुनाफा गरेको थियो ।
प्रतिशेयर आम्दानीः
कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी १४ रूपैयाँ ९८ पैसा हुन आउँछ । एक वर्ष अघि प्रतिशेयर आम्दानी २० रूपैयाँ ७० पैसा थियो । समीक्षा अवधिमा प्रतिशेयर आम्दानी २७ दशमलव ६३ प्रतिशतले घटेको छ ।
वितरणयोग्य मुनाफा ः
कम्पनीको वितरण योग्य मुनाफा ९९ करोड ४८ लाख ऋणात्मक रहेको छ । गत आर्थिक वर्ष वितरण योग्य मुनाफा ६३ करोड ९७ लाख थियो । समीक्षा अवधिमा वितरणयोग्य मुनाफा २५५ दशमलव ४९ प्रतिशतले घटेको छ । कम्पनीको प्रतिशेयर वितरण योग्य मुनाफा ७ रूपैयाँ शून्य १ पैसा ऋणात्मक रहेको छ । गत आर्थिक वर्ष प्रतिशेयर वितरण योग्य मुनाफा ६ रूपैयाँ ७७ पैसा थियो ।
निक्षेप, कर्जाः
कम्पनीले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म २ खर्ब ३१ अर्ब निक्षेप संकलन गरी १ खर्ब ९४ अर्ब कर्जा प्रवाह गरेको छ । आर्थिक वर्ष २०७९/८० को असार मसान्त र अहिलेको तथ्याङ्कलाई दाँजेर हेर्दा कम्पनीको निक्षेप संकलन ९ दशमलव ९९ प्रतिशतले वृद्धि भएको छ भने कर्जा प्रवाह पनि २ दशमलव ७३ प्रतिशतले वृद्धि भएको छ ।
जगेडा कोष, संचित मुनाफाः
जगेडा कोष १८ दशमलव २७ प्रतिशतले बढेर १० अर्ब ५५ करोड पुगेको छ भने संचित मुनाफा १८७ दशमलव २० प्रतिशतले घटेर ९९ करोड ४८ लाख रूपैयाँ ऋणात्मक पुगेको छ ।
किताबी मूल्यः
कम्पनीको किताबी मूल्य (प्रतिशेयर नेट्वर्थ) १५२ रूपैयाँ शून्य ६ पैसा आउँछ ।
निष्क्रिय कर्जाः
कम्पनीको खराब कर्जा २ दशमलव ८६ प्रतिशत रहेको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा खराब कर्जा २ दशमलव २४ प्रतिशत थियो ।
आधार व्याजदर, स्प्रेडदरः
बैंकको आधार व्याजदर केही घट्दै ९ दशमलव ९५ प्रतिशत पुगेको छ । स्प्रेडदर ३ दशमलव ९९ प्रतिशत छ । गत आर्थिक वर्ष सोही अवधिमा स्प्रेडदर ४ दशमलव १९ प्रतिशत थियो ।
ठुला शेयरधनीः
आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन अनुसार कम्पनीको सबैभन्दा ठुलो शेयरधनीमा एफ एम ओ, नेदरल्याण्ड्स रहेको छ । बैंकमा एफएमओको १३ दशमलव ६९ प्रतिशत शेयर स्वामित्व रहेको छ ।
लाभांश इतिहासः
कम्पनीले आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट कुनै पनि लाभांश वितरण गरेन । आर्थिक वर्ष २०७८/७९ मा भने ८ दशमलव २५ प्रतिशत नगद लाभांश दिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
जुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
पुष ४, २०८१ बिहिबार
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
पुष ४, २०८१ बिहिबार
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौं : सञ्चारमन्त्री गुरुङ
पुष ४, २०८१ बिहिबार
धापासीस्थित एक घरमा भीषण आगलागी
पुष ४, २०८१ बिहिबार
पृथ्वी राजमार्गको नौबिसे–मुग्लिन सडक खण्ड एक साता बन्द हुने
पुष ४, २०८१ बिहिबार