अभिनेत्री कंगना आफ्नो बयानका कारण सधैं चर्चामा
नेपालबहस संवाददाता
माघ २३, २०८० मंगलबार १४:११:३१
२३ माघ, मुम्बइ । बलिउड अभिनेत्री कंगना रनौत आफ्नो बयानका कारण सधैं चर्चामा रहन्छिन् । कंगना हरेक मुद्दामा बोल्न हिचकिचाउँ दिनन् । कंगनाले केही समयअघि सन्दीप रेड्डी वांगाको फिल्म ‘एनिमल’को आलोचना गरेकी थिइन् । उनले रणवीर कपुरलाई पनि निशाना बनाएका थिइन । कगन्नाले फिल्मको आलोचना गरेपछि निर्देशक सन्दीपले उनको टिप्पणीमा ध्यान नदिने बताएका थिए ।
यद्दपी, सन्दीपले हालैको एक अन्तर्वार्तामा कंगनाको तारिफ गर्दै उनीसँग काम गर्ने इच्छा व्यक्त गरेका थिए । कंगनाले यसको जवाफ दिएकी छिन् । उनले भनिन्– उनी सन्दीपसँग काम गर्न चाहँदैनन् ।
आजकल सन्दीप एनिमलको सफलताको आनन्द लिइरहेका छन् । फिल्मलाई बक्स अफिसका साथै ओटीटी प्लेटफर्ममा निकै मन पराइएको छ । सबैले तारिफ गरिरहेका छन् । तर, यो फिल्मलाई लिएर धेरै विवादहरु भएका छन् ।
सन्दीपले कंगनासँग काम गर्ने कुरा गरेपछि अभिनेत्रीले यस्तो प्रतिक्रिया दिएकी छन् । कंगनाले ट्वीट गरेकी छिन्– ‘समीक्षा र आलोचना एउटै होइन, हरेक प्रकारको कलाको समीक्षा र छलफल हुनुपर्छ, यो सामान्य कुरा हो । सन्दिपजीले मुस्कुराउँदै मेरो समीक्षालाई जसरी सम्मान दिनुभयो, त्यो देखेर भन्न सकिन्छ कि उहाँ पुरुषार्थी फिल्म मात्र बनाउँदैनन्, उहाँको मनोवृत्ति पनि म्यानली छ, धन्यवाद सर ।’
कंगनाले थप लेखेकी छिन्, ‘तर कृपया मलाई कुनै भूमिका नदिनुहोस् नत्र तपाईका अल्फा पुरुष हिरोहरु नारीवादी बन्ने छन् र तपाईका फिल्महरु पनि पिट्न थाल्नेछन् । तपाईंले ब्लकबस्टरहरू बनाउनुहुन्छ र फिल्म उद्योगलाई तपाईंको आवश्यकता छ।’
सन्दीप रेड्डी वांगाले सिद्धार्थ काननलाई दिएको एक अन्तर्वार्तामा भनेका थिए, ‘यदि मलाई मौका मिल्यो र उनी मेरो भूमिकामा मिल्दोजुल्दो छ भने म उनी कहाँ गएर कथा सुनाउनेछु। क्वीन र अन्य फिल्ममा उनको अभिनय मलाई एकदमै मन परको थियो, त्यसैले यदि उनले एनिमलको बारेमा नकारात्मक टिप्पणी गरिरहेकी छिन् भने मलाई कुनै समस्या छैन। म रिसाउने छैन किनभने मैले उनको काम देखेको छु। मलाई नराम्रो लाग्दैन।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबलिउड फिल्म रामायणको तयारी तीब्र, दुई भागमा बन्ने
जेठ ८, २०८१ मंगलबार
विक्कीको जन्मदिनमा कट्रिनाको विशेष पोस्ट, सामाजिक सञ्जालमा भाइरल
जेठ ४, २०८१ शुक्रबार
कार्तिक आर्यन पहिलो पटक एलियनको अवतारमा
जेठ ४, २०८१ शुक्रबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
नेपालबहस संवाददाता
जेठ ७, २०८१ सोमबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
विनोद त्रिपाठी
जेठ ८, २०८१ मंगलबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
जेठ ८, २०८१ मंगलबार
गृहमन्त्री रवि लामिछानेको दोहोरो पासपोर्टको अनुसन्धान कहिले ? : सिरोहिया
जेठ ८, २०८१ मंगलबार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
जेठ ९, २०८१ बुधबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ९, २०८१ बुधबार
सेक्युरिटी प्रिन्टिङ खरिदमा भ्रष्टाचार : विकललाई २ वर्ष कैद, २५ करोड जरिवाना
जेठ ८, २०८१ मंगलबार
राहुघाटको ‘प्रेसर साफ्ट’ ‘ब्रेक थ्रु’
जेठ ८, २०८१ मंगलबार
तरकारी खेतीबाट वार्षिक रु आठ लाखको बचत
जेठ ८, २०८१ मंगलबार