उच्च र जिल्ला अदालतका न्यायाधीशहरूको सरुवा
नेपालबहस संवाददाता
माघ २३, २०८० मंगलबार १५:०:२२
२३ माघ, काठमाडौं । न्याय परिषदको आज बसेको बैठकले उच्च अदालतका ३ जना र जिल्ला अदालतका ९ न्यायाधीशहरूको काज र सरुवा गरेको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा मंगलबार बिहान बसेको न्यायपरिषदको बैठकले उच्च अदालतका ३ न्यायाधीशको काज सरुवा गरेको हो ।
न्यायपरिषद्ले उच्च अदालत तुलसीपुर बुटवल विष्णुप्रसाद अर्याललाई उच्च अदालत तुलसीपुर, उच्च अदालत सुर्खेतका रामेश्वर रेग्मीलाई उच्च अदालत पाटन, उच्च अदालत सुर्खेतका काजीबहादुर राईलाई उच्च अदालत विराटनगरको इलाम इजलासमा सरुवा गरिएको छ ।
उता उच्च अदालत तुलसीपुर बुटवल इजालसका विष्णुप्रसाद अर्याललाई उच्च अदालत तुलसीपुरमा काज सिफारिस गरिएको छ । न्यायपरिषद्ले जिल्ला अदालतका ६ जना न्यायाधीशको पनि सरुवा सिफारिस गरेको छ ।
जसअनुसार जिल्ला अदालत सुनसरीका हरिप्रसाद कोइरालाको जिल्ला अदालत कास्कीमा सरुवा गरिएको छ भने जिल्ला अदालत कास्कीका ऋषिराम आचार्यको जिल्ला अदालत ललितपुरमा सरुवा भएको छ । जिल्ला अदालत कास्कीबाट अवनी मैनाली भट्टराईको जिल्ला अदालत मकवानपुरमा सरुवा भएको छ ।
तेह्रथुम जिल्ला अदालतका प्रमेश पोखरेलको जिल्ला अदालत पर्सा मा सरुवा सिफारिस गरिएको छ । रौतहट जिल्ला अदालतका तेजबहादुर खड्काको झापा जिल्ला अदालत, झापा जिल्ला अदालतका भीमबहादुर निरौलाको सरुवा तेह्रथुम जिल्ला अदालतमा गरिएको छ ।
यस्तै न्यायपरिषद्ले डडेलधुरा जिल्ला अदालतका जयराम ढकालको जिल्ला अदालत चितवन, जिल्ला अदालत नवलपुरका न्यायाधीश बाबुराम सुवेदीको जिल्ला अदालत मोरङ, दाङ जिल्ला अदालतका कुलप्रसाद पाण्डे पाण्डेको नवलपुर जिल्ला अदालत र बैतडी जिल्ला अदालतका जिल्ला न्यायाधीश हर्कबहादुर क्षेत्रीलाई डडेलधुराको जिल्ला न्यायाधीशको हैसियतमा काज सरुवा गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलेखा समिति सभापतिका पुर्व पीए पोखरेल ५ दिन हिरासतमा बस्ने
पुष २५, २०८१ बिहिबार
रविको मुद्दाको आदेश आउने भएपछि कास्की जिल्ला परिसरमा सुरक्षा ब्यवस्था कडा
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे मेडिकल व्यवसायी दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
प्रतिबन्धित भिटामिन र खनिज मिश्रित औषधि बिक्री गरे सरकारले कारबाही गर्ने
पुष २५, २०८१ बिहिबार
सूर्यदर्शन सहकारी ठगी प्रकरण : कससँग कति मागियो धरौटी ?
पुष २५, २०८१ बिहिबार
सिरियालाई ७ करोड ३० लाख डलर सहयोग गर्न संयुक्त राष्ट्रसंघको आग्रह
पुष २५, २०८१ बिहिबार
अध्यादेश ल्याउने चर्चा चलिरहेको बेला प्रचण्ड र माधवबीच भेटवार्ता
पुष २५, २०८१ बिहिबार