नेप्से परिसूचक ९.४४ अंकले बढ्यो, सामलिङ पावरको शेयर मूल्यमा नकारात्मक सर्किट
नेपालबहस संवाददाता
माघ २३, २०८० मंगलबार १५:३४:१३
२३ माघ, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकको सुधार देखिएको छ । आज नेप्से परिसूचक नौ दशमलव ४४ अंकले बढेर दुई हजार ८५ दशमलव ७१ बिन्दुमा कायम भएको छ ।
आज तीन सय १५ कम्पनीको ७६ लाख २४ हजार तीन सय ७६ कित्ता शेयर ६६ हजार पाँच सय ५९ पटक खरिदबिक्री हुँदा रु दुई अर्ब ५९ करोड १५ लाख ३४ हजार नौ सय सात बराबरको कारोबार भएको छ ।
व्यापार समूहको उपसूचक शून्य दशमलव ५४ र अन्य समूहको उपसूचक शून्य दशमलव ५५ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै निर्जीवन बीमा समूहको उपसूचकमा एक दशमलव ०७ प्रतिशतको वृद्धि देखिएको छ ।
समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य आज सबैभन्दा धेरै नौ दशमलव नौ प्रतिशतले बढेको छ भने सामलिङ पावर कम्पनी लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स लिमिटेडको रु ३३ करोड ७६ लाख दुई हजार चार सय ७० बराबरको शेयर किनबेच भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने एनएमबी सुलभ इन्भेष्टमेन्ट फन्ड–२ को पाँच लाख तीन हजार नौ सय कित्ता शेयर खरिदबिक्री भइको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमुक्तिनाथ क्यापिटलले म्युचुअल फन्ड योजना बिक्री गर्दै
मंसिर १०, २०८१ सोमबार
प्रि-ओपन सेसनमा नेप्से बढ्यो
मंसिर १०, २०८१ सोमबार
एसियन हाइड्रोपावरको पुस २ गते वार्षिक साधारणसभा बस्ने
मंसिर १०, २०८१ सोमबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
विश्व बैंकको अनुदानमा सडक स्तरोन्नति
मंसिर ११, २०८१ मंगलबार
हिमाल र हिमनदी मार्ग र वरपरको दृश्य
मंसिर ११, २०८१ मंगलबार
चारो खोजीमा रहेको घाँसेफिस्टो चरा
मंसिर ११, २०८१ मंगलबार
सीप र रोजगारीलाई जोड्न चन्द्रागिरिद्वारा युवालाई ‘डिजिटल’ तालिम
मंसिर ११, २०८१ मंगलबार
अदालतको अपहेलनासम्बन्धी रास्वपाका नेताविरुद्धको रिट न्यायाधीशद्वय शर्मा र निरौलाको इजलासमा
मंसिर ११, २०८१ मंगलबार
सुर्खेत–जुम्ला सडकखण्डको दृश्य
मंसिर ११, २०८१ मंगलबार