हालै ब्रेकअप भएर तनावमा रहेकी गायिका एलिनालाई लाग्यो चोरीको आरोप
नेपालबहस संवाददाता
माघ २३, २०८० मंगलबार १५:३८:५८
२३ माघ, काठमाडौं । हालैमात्र प्रेमी विष्णु सापकोटासँग ब्रेकअप भएर तनावमा रहेकी गायिका एलिना चौहानलाई चोरीको आरोप लागेको छ । अष्ट्रेलियामा रहेका गायक विष्णुले धोका दिएर अष्ट्रेलिया गएपछि तनावमा रहृकी गायिका एलिनालाई फेरी चोरीको आरोप लागेको हो । यो आरोप एलिनालाई मात्रै नभई निर्माता र यसका कलाकधारहरुले पनि खेपीरहेका छन् ।
गायक विश्वराम कार्कीले उक्त गीत आफ्नो गीत ‘कट्टा हानिदिन्छु’ बाट हुबहु चोरिएको आरोप लगाएका हुन् । आफूले धेरै पहिले अडियोमा मात्र सार्वजनिक गरेको गीत कपी गरेर एलिनाको आवाजमा ल्याइएको कार्कीको भनाई छ । इन्स्टाको फोटो, मिनिरल वाटर, कुरा काट्ने मान्छेले काटुन लगायतका कैयौँ हिट गीत दिएकै बेला एलिनाको ‘कट्टा हानिदिन्छु’ ले गज्जबको चर्चा कमाइरहेका बेला एकाएक चोरीको आरोप लागेको हो ।
‘मेरो गीतमा सान दिनेलाई सान दिन्छु, मान दिनेलाई मान दिन्छु । धेरै बढी बोलिस् भने कट्टा हानिदिन्छु भन्ने छ,’ गायक कार्कीले भने ‘एलिनाको गीतमा सान दिनेलाई सान दिन्छु, मान दिनेलाई मान दिन्छु । धेरै बढी बोलिस् भने मायामा कट्टा हानिदिन्छु भन्ने छ ।’ कार्कीले गीतमा मायामा मात्र थपिएको र अन्य सबै उस्तै भएको बताए ।
आफूले गायिका एलिनाको स्वरमा सार्वजनिक गरेको गीत विश्वराम कार्कीको गीतसँग संयोगले थोरै मात्र मिलेको ओबी रायमाझीले बताए । ‘गीतको केही शब्द मिलेको हो । शब्द कसैको पनि व्यक्तिगत पेवा हुँदैन’, रायमाझीले भने ‘मेलोडी, भाका मिल्यो भने मात्र कपी भन्न मिल्छ ।’ आफ्नो गीतको मेलोडी भाका सबै कार्कीको गीतभन्दा फरक रहेको रायमाझी सुनाउँछन् । तर रायमाझीको कुरासँग गायक कार्की भने असहमति जनाउँछन् ।
रायमाझीको गीतसँग केही शब्द मात्र नभएर बिटसमेत मिलेको दाबी गर्छन् । भन्छन्, ‘मेरो गीत २ बाई ४ को बिटमा छ । उहाँहरूको गीतको बिट पनि उही हो । के यो संयोग हुनसक्छ र ? हुन त यो गीतको भिडियो कार्कीले भन्दा रायमाझीले केही दिन अगाडि सार्वजनिक गरेका हुन् । त्यो हिसाबले पनि दर्शकलाई एलिनाको गीत पहिले आएको जस्तो लाग्छ । भिडियो बनाउन ढिलो भए पनि गीत रेकर्ड एक वर्ष अगाडि भएको र अडियो मात्र डिजिटल प्लेटफर्ममा रायमाझीको भन्दा धेरै पहिले आफूले ल्याएको गायक कार्की सुनाउँछन् ।
‘६–८ महिना पहिले रेकर्ड भएको गीतको भिडियो किन पहिले आएन भनेर रायमाझीले भन्नु भएको छ । हो, मैले गीतको भिडियो बनाउन ढिलो गरे । त्यसमा मेरो विभिन्न कारण होला,’ कार्कीले थपे ‘भिडियो आएन भन्दैमा पहिले रेकर्ड भएर अडियो सार्वजनिक भैसकेको गीत मेरो हुँदैन र भन्न मिल्छ र रु’ आफ्नो गीतको अडियो करिब ८ महिना अगाडी सार्वजनिक भएको कार्कीले खुलाए ।रायमाझीले सार्वजनिक गरेको गीतको शब्द नेत्र अर्यालले लेखेका हुन् ।
यस विषयमा अर्यालसँग पटक पटक सम्पर्क गर्न खोज्दा पनि सम्पर्क हुन सकेन । तर रायमाझीले भने नेत्र अर्यालले यो गीत ४ वर्ष पहिले नै लेखेको दाबी गर्छन् । ‘पहिले गीतमा ढुङ्गा हान्दिन्छु थियो । अहिले कट्टा हानिदिन्छु बनाएको हो’, रायमाझीले थपे ‘गीत कपिराइटमा पनि दर्ता गरिसकेको छु । गीत तीन महिना पहिले कपिराइटमा दर्ता गरेको छु ।’ गीत कपी भएको भए दर्ता नै नहुने रायमाझीले बताए । ‘कपिराइटमा दर्ताको प्रमाण चाहिन्छ भने पेस गर्न तयार छु,’ रायमाझीले अगाडि भने ।
गायिका एलिनाको स्वर रहेको गीतमा नेत्र अर्यालको शब्द, खेम सेन्चुरीको सङ्गीत छ । गीतको भिडियो आश्मा विश्वकर्मा र ओबी रायमाझीको नृत्य छ । भिडियो निर्देशन रामजी लामिछानेले गरेका हुन् । त्यस्तै गायक कार्कीको स्वर रहेको गीतमा कार्की जी ९सुवास० र मेगेन्द्र सुवेदीको शब्द तथा कार्कीजीको संगीत छ । गीतको भिडियोमा राजेन्द्र खड्गी, जयकिसन बस्नेत, दीपा शाही लगायतको अभिनय छ । भिडियो विक्रम चौहानले निर्देशन गरेका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअष्ट्रेलियाबाट रमणले ल्याएको ‘बिछोडको घाउ’मा शिल्पा र केशवराज
मंसिर २६, २०८१ बुधबार
यी अभागी छोरी,”जसले आफुले गाएको गीत बुवाआमालाई सुनाउन पाइनन्”
मंसिर २१, २०८१ शुक्रबार
गायिका स्मिता दाहालले गरिन् इन्गेजमेन्ट
मंसिर १८, २०८१ मंगलबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
मंसिर २८, २०८१ शुक्रबार
मकवानपुरमा एक युवक मृत अवस्थामा भेटिए
मंसिर २८, २०८१ शुक्रबार
विश्व बैंकले नेपाललाई दिने भो साढे १३ अर्ब ऋण
मंसिर २८, २०८१ शुक्रबार
मोरङको उमागौरी सहकारी ठगीमा पत्नी जोडिएपछि तनावमा छन लेखा समिति सभापति ऋषिकेश
मंसिर २८, २०८१ शुक्रबार
हिउँबिनाको हिमशृङ्खला
मंसिर २८, २०८१ शुक्रबार
विराटनगर किंगसले चितवन राइनोजलाई ५१ रनले हरायो, प्लेअफ सम्भावना कायमै
मंसिर २८, २०८१ शुक्रबार
सोमबार पुनः सुनुवाइ गर्ने भन्दै हेर्दाहेर्दैमा राखियो एमालेलाई जग्गादानविरुद्धको रिट
मंसिर २८, २०८१ शुक्रबार