भएका जहाज व्यवस्थापन गराउन नसकेका पर्यटनमन्त्री किराँतीको कमिशन खान न्यारोबडी भाडामा लिने निर्णय
नेपालबहस संवाददाता
माघ २३, २०८० मंगलबार १७:३२:१
२३ माघ, काठमाडौं । चीनबाट खरिद गरेर ल्याएका जहाजको व्यवस्थापन र ३ वटा ट्वीनअटर जहाज खरिदको विषयले विवादमा तानिएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले दुई वटा न्यारोबडी जहाज भाडामा लिने भन्दै अर्को विवादास्पद निर्णय गरेका छन् । मन्त्रिस्तरीय निर्णयबाट उनले दुई जहाज भाडामा लिने तयारी गरेका हुन् ।
निगमले हाल एउटा न्यारोबडी ३२० र एउटा वाइडबडी ३३० गरी २ वटा जहाजबाट अन्तर्राष्ट्रिय उडान भर्दै आएको छ । यी दुई जहाज पनि पूर्ण रुपमा सञ्चालन गर्न निगम असफल छ । यी जहाजबाट विदेश जान टिकट काटेका यात्रु कयौं पटक अलपत्र परिसकेका छन् । यी जहाजलाई कसरी नियमित चलाएर सेवालाई विश्वसनीय बनाउने भन्नेमा निगमका पदाधिकारीको ध्यान पुगिरहेको अवस्था छैन ।
यही बीचमा मन्त्री किराँतीले दुई वटा अन्तर्राष्ट्रिय जहाज भाडामा लिएर निगमले निर्वाध रुपमा सञ्चालन गर्न सक्छ भन्ने विश्वास गर्दै दुई न्यारोबडी जहाज भाडामा लिन मंगलबार सार्वजनिक सूचना निकालेर टेन्डर आह्वान गर्न लगाएका छन् । यसका लागि कम्पनीहरूलाई कागजात पेस गर्न आग्रहसमेत गरिएको छ ।
अन्तर्राष्ट्रिय उडानका लागि वायुसेवा निगमले तत्काल दुई वटा जहाज लिजमा ल्याउन लागेको मन्त्री किराँतीले सामाजिक सञ्जालमार्फत पनि जानकारी दिएका छन् । उनले यो निर्णय गरेर ठूलै उपलब्धि हासिल गरेको ठानेका छन् । तर, जहाज ल्याउने चलाउने कुरामा निगम सक्षम देखिँदैन । हाल निगमले दुई वटा ट्वीनअटर जहाजले डोमेस्टिक र एउटा न्यारोबडी ३२० तथा अर्को वाइडबडी ३३० चलाउँदै आएको छ । जम्मा चार वटा जहाजमा आन्तरिक तर्फ उडान भर्दै आएको निगममा २ वटामा एउटा जहाज केही महिनादेखि ग्राउन्डेड छ ।
निगमले उक्त जहाज मर्मत नगरी आन्तरिक उडानकै लागि भनेर ३ वटा ट्वीनअटर जहाज खरिदका लागि प्रक्रिया पनि अघि बढाइसकेको छ । अहिले उक्त जहाज खरिद टेन्डरमा परेको आवेदन मध्येहरुबाट अहिले मूल्यांकनको काम भइरहेको छ । हाल निगमले लिजमा लिन लागेको दुई वटा न्यारोबडी जहाज आन्तरिक नभएर अन्तर्राष्ट्रिय उडानका लागि रहेको मन्त्री किरातीले बताएका छन् ।
अन्तर्राष्ट्रिय बोलकबोल आह्वान गर्दै निगमले दुई वटा न्यारोबडी जहाज लिजमा लिन लागेको जनाएको छ । २२ मार्च २०२४ सम्म ४५ दिने अन्तर्राष्ट्रिय टेन्डर आह्वान गरेको निगमले जहाज मात्र भाडामा लिने जनाएको छ । जहाजको भाडा, खर्च र आम्दानीको सम्बन्धमा भने निगमले गृहकार्य गरेको छैन । आगामी मार्च २२ सम्ममा आवेदन दिन सक्ने निगमले जनाएको छ ।
उता, निगमलाई घाँडो बनेको चिनियाँ जहाज पटक पटक प्रयास गर्दा पनि लिलामी हुन सकेको छैन । निगमले ३ अर्ब रूपैयाँभन्दा रकमभन्दा बढीको ऋणमा खरिद गरेको उक्त जहाज बिक्री गर्न पाँचौं पटक पुनः लिलामी सूचना जारी गरेको छ । निगमले गरेको आन्तरिक मूल्यांकन प्रतिवदेनले न्यून रकम आएको भन्दै त्यसलाई सार्वजनिक नगरी सोही मूल्यमा आधारित भएर लिलामी गर्न खोजेको हो । पटक पटक लिलामी प्रयास गर्दा पनि जहाज बिक्री भएका छैनन् ।
निगमले दुई वटा एमए ६० र ३ वटा वाई १२ नामक जहाजको लागि लिलामी सूचना जारी गरेको छ । यस अघि मागेको सूचनाको अन्तिम मिति आइतबार सकिएको थियो । उक्त समयका एउटा पनि आवदेन नपरेका कारण पुनः लिलामीको सूचना जारी गरिएको निगमले जानकारी दिएको छ । मन्त्री किराँतीले भने निगमको यो अस्तव्यस्त हालत रहेको अवस्थामा थप दुई जहाज भाडामा लिने निर्णय गरेर टेण्डरसमेत आह्वान भइसकेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुस अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने तयारी
पुष ६, २०८१ शनिबार
पुस १३ गतेदेखि हेटौँडा सिमेन्ट उद्योगले उत्पादन थाल्ने
पुष ५, २०८१ शुक्रबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
एनपीएल विजेतालाई एक करोड १० लाख, उपविजेतालाई ५१ लाख प्रदान
पुष ६, २०८१ शनिबार
पुस अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने तयारी
पुष ६, २०८१ शनिबार
मुग्लिन–काठमाडौं सडक आजदेखि दैनिक तीन घण्टा बन्द हुने
पुष ७, २०८१ आइतबार
पश्चिमी वायुको प्रभावः हिमाली भु–भागमा हिमपात, चिसो बढ्ने
पुष ७, २०८१ आइतबार
चेपाङ समुदायबाट स्नातकोत्तर गर्ने महिला सम्मानित
पुष ७, २०८१ आइतबार
आज सूर्यदेवको विशेष पूजा आराधना गरिँदै
पुष ७, २०८१ आइतबार
गुल्मीमा भलिबल प्रतियोगिता हुँदै
पुष ७, २०८१ आइतबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
पुष ७, २०८१ आइतबार