असंवैधानिक अडानबाट पछि हटे राष्ट्रपति, संघीय संसदको महासचिवमा पदमप्रसाद पाण्डेय नियुक्त
नेपालबहस संवाददाता
माघ २३, २०८० मंगलबार १७:५६:१२
२३ माघ, काठमाडौं । विवादास्पद व्यक्ति भएको भन्दै संसदकाे सिफारिस मान्न आनाकानी गर्दै आएका राष्ट्रपति रामचन्द्र पौडेलले अन्ततः संघीय संसदको महासचिवमा पदमप्रसाद पाण्डेयलाई नियुक्त गरेका छन् । उनले लामो समय उनकाे नियुक्तिको सिफारिसलाई रोकेर राखेका थिए । सभामुख र राष्ट्रिय सभाका अध्यक्षको सिफारिसलाई राष्ट्रपतिले रोकेर राख्नु असंवैधानिक हठ भएको भन्दै विरोध पनि भएको थियो ।
राष्ट्रपति पौडेलले मंगलबार पाण्डेयलाई संघीय संसदको महासचिवमा नियुक्त गरेका पौडेलका कानुनी सल्लाहकार बाबुराम कुँवरले जानकारी दिएका छन् । महासचिवमा नियुक्तिअघि पाण्डेयले मंगलबार नै प्रतिनिधिसभाको सचिव पदबाट राजीनामा दिएका थिए । राष्ट्रपति पौडेलले उनको राजीनामा स्वीकृत गरेर महासचिवमा नियुक्त गरेका हुन् ।
सचिव पदबाट दिएको राजीनामा स्वीकृत गरेपछि महासचिवका लागि भएको सिफारिस अनुसार नियुक्ति भएको राष्ट्रपतिका कानुनी सल्लाहकार कुँवरले जानकारी दिए । गत मंसिर २५ गते सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सनाले पाण्डेयलाई महासचिवमा सिफारिस गरेका थिए । तर, पौडेलले विवाद आएको भन्दै नियुक्ति गर्ने नगर्ने भन्ने विषय परामर्श गर्दै आएका थिए ।
तत्कालीन महासचिव भरतराज गौतमको राजीनामा स्वीकृत नभएको, पाण्डेयले प्रतिनिधिसभाको सचिव पदबाट राजीनामा नदिएको आदि कारणलाई देखाउँदै रीत नपुगेको भनी पौडेलले सिफारिस अनुसार महासचिव नियुक्त गरेका थिएनन् ।
यस बीचमा सभामुख घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले नियुक्ति सिफारिस कार्यान्वयन नभएको भनी स्मरण पत्र लेखेका थिए । माघ ३ गते गएको स्मरण पत्र र प्रतिनिधिसभाको सचिवबाट पाण्डेयले राजीनामा समेतलाई आधार मानेर सिफारिस अनुसार नियुक्ति भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिजामती विधेयक छलफलः ‘सरुवा र बढुवामा हुने मनपरि रोक्ने ऐन बनाऔं’
पुष ४, २०८१ बिहिबार
‘निजामती कर्मचारीलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्नुपर्ने’
पुष ३, २०८१ बुधबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
झापा कपः उपाधिका लागि आज चर्च ब्वाइज र एनआरटी भिड्दै
पुष ८, २०८१ सोमबार
व्यवसायिक माछापालनबाट वार्षिक ११ लाख आम्दानी
पुष ८, २०८१ सोमबार
ताप्लेजुङमा धान उत्पादनमा वृद्धि
पुष ८, २०८१ सोमबार
गोरखा नगरपालिकाद्वारा ‘जन्मदेखि मृत्यु संस्कारसम्म’ निःशुल्क सेवा
पुष ८, २०८१ सोमबार
रवि लामिछाने लगायतविरुद्धको मुद्दामा आजदेखि थुनछेक बहस
पुष ८, २०८१ सोमबार