सशस्त्र प्रहरी महानिरीक्षक रनिङ फुटबल : एपिएफ स्कुल र मनकामना विजयी
नेपालबहस संवाददाता
माघ २३, २०८० मंगलबार २०:२१:५१
२३ माघ, काठमाडौं । ‘प्रथम एनएपीएफएस अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफि फुटबल प्रतियोगिता’अन्तर्गत आज भएका खेलमा नेपाल एपिएफ स्कुल कीर्तिपुर र मनकामना स्कुल, जोरपाटी आ–आफ्ना खेलमा विजयी भएका छन् ।
नेपाल एपिएफ स्कुल कीर्तिपुरले पुष्पसदन स्कुल, कीर्तिपुरलाई ४–० गोलअन्तरले पराजित गरेको हो । यस्तै अर्को खेलमा मनकामना सेकेण्डरी स्कुल, जोरपाटीले डिएभी स्कुल, जावलाखेललाई ४–० गोलअन्तरले नै हराएको हो । नेपाल एपिएफ स्कुल कीर्तिपुरको खेल मैदानमा उक्त प्रतियोगिता सोमबारदेखि सुरु भएको हो । प्रतियोगिताको सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक चन्द्रप्रकाश गौतमले उद्घाटन गर्नुभएको थियो ।
आगामी फागुन ८ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा उपत्यकाका १७ तथा काभ्रेपलाञ्चोकको एउटा विद्यालय सहभागी छन् । विद्यालय तहबाटै फुटबल खेलको विकास र विस्तार गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको अतिरिक्त महानिरीक्षक गौतमले जानकारी दिए । “भविष्यमा काठमाडौं उपत्यका बाहिरका एपिएफका विद्यालय, अन्य विद्यालय तथा फुटबल क्लबलाई समेटेर राष्ट्रियस्तरको प्रतियोगिता आयोजना गरिनेछ”, उनले भने ।
प्रतियोगिता अन्तर्गत बुधबार पहिलो खेल नेपालय पब्लिक स्कुल, जोरपाटी र हारती शिक्षा मन्दिर सितापाइलाबीच तथा दोस्रो खेल ग्रिन भिलेज एजुकेशन फाउण्डेशन, कीर्तिपुर र जेम्स स्कुल, धापाखेलबीच खेल हुने छ । यसअघि सोमबार भएका खेलमा ल्याबोरेटोरी माध्यमिक विद्यालय कीर्तिपुर ३–१ गोलअन्तरले विजयी भएको थियो । अर्को खेलमा सैनिक आवासीय महाविद्यालय सल्लाधारी, भक्तपुरले लिटल एन्जल्स स्कुल हात्तिबन, ललितपुरलाई ६–१ गोलअन्तरले पराजित गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने
मंसिर ७, २०८१ शुक्रबार
पुर्वक्लब सान्तोस फर्किदै नेइमार !
मंसिर ३, २०८१ सोमबार
नेपाल ताजिकिस्तानसँग ४-० गोल अन्तरले पराजित
कात्तिक २८, २०८१ बुधबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
पत्नी बानोसँग रहमानको सम्बन्धविच्छेदमा जोडियो मोहिनीको नाम
मंसिर ७, २०८१ शुक्रबार
खुमलटारमा प्रचण्ड निवास नजिकै शंकास्पद् बस्तु भेटियो
मंसिर ७, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीको एलन मस्कसँग भर्चुअल वार्ता, के भयो कुराकानी ?
मंसिर ७, २०८१ शुक्रबार
दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
लेबनानमा सन् २०२३ अक्टोबर ७ पछि २२६ स्वास्थ्यकर्मीको मृत्यु
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार