महालक्ष्मी विकास बैंकको सीईओ बने दीपेश लम्साल, विकास बैंकमा नम्बर वान बनाउने लक्ष्य
नेपालबहस संवाददाता
माघ २४, २०८० बुधबार १२:२२:५४
२४ माघ, काठमाडौं । महालक्ष्मी विकास बैंक लि.मा रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा युवा बैंकर दीपेश लम्साल नियुक्त भएका छन् । यही माघ २३ गते बसेको सञ्चालक समितिको वैठकले लम्साललाई बैंकको सीईओको रुपमा नियुक्त गरेको हो । सोही बैंकको वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत पदमा रहेका लम्साल तत्कालीन प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले दिएको स्वैच्छिक राजीनामा पश्चात निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ)को भुमिकामा थिए ।
आज नवनियुक्त सीईओ लम्साललाई बैंक परिवारको तर्फबाट केन्द्रीय कार्यालय, दरबारमार्गमा स्वागत कार्यक्रम सम्पन्न गरिएको छ । उक्त कार्यक्रममा नवनियुक्त प्रमुख कार्यकारी अधिकृत लम्सालले बैंक प्रतिको जनविश्वास, निष्ठा कायम राख्दै गुण्स्तरीय सेवा प्रदान गरी बैंकलाई नम्बर वान बनाउन सदा तत्पर रहने प्रतिबद्धता जनाएका छन् । साथै उनले बैंकको लक्ष्य र उद्देश्य प्राप्तिका लागि सम्पूर्ण कर्मचारीलाई प्रयत्नशील रहन समेत आग्रह गरेका छन् ।
विगत १५ वर्षदेखि महालक्ष्मी विकास बैंकमा कार्यरत लम्सालसँग विभिन्न वाणिज्य बैंक तथा विकास बैंकमा गरी करिब २८ बर्षको बैकिङ अनुभव रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहालक्ष्मी विकास बैंकका ग्राहकहरूलाई विभिन्न संस्थाका सेवाहरुमा विशेष छुट
मंसिर २६, २०८१ बुधबार
महालक्ष्मी विकास बैंकका ग्राहकलाई विभिन्न संस्थाका सेवाहरुमा विशेष छुट
मंसिर २५, २०८१ मंगलबार
महालक्ष्मी विकास बैंकले घोषणा गर्यो दरबारमार्ग शाखालाई अपाङ्गमैत्री शाखा
मंसिर १९, २०८१ बुधबार
असफलताले जीवन घेरेपछि परिवारका सबै सदस्य मारेर मुक्ति पाउने अभियानमा थिए मिलन
पुष ९, २०८१ मंगलबार
ग्रीनल्याण्डबारे ट्रम्पको भाषण सुनेर डेनमार्क त्रसित, विश्वभर हलचल
पुष १०, २०८१ बुधबार
सहकारी ठगी प्रकरणमा छबिको बयान सकियो, अन्य प्रतिवादीहरूको जारी
पुष ९, २०८१ मंगलबार
उपत्यकामा १२ महिना नै शुद्ध खानेपानी उपलब्ध गराउने तयारीमा मन्त्रालय
पुष १०, २०८१ बुधबार
असार १७ को सहमति भन्दै भित्रभित्रै संविधान संशोधनको गृहकार्य, बेखबर छ माओवादी
पुष १०, २०८१ बुधबार
‘क्रिसमस डे’मा सभामुख घिमिरेको शुभकामना
पुष १०, २०८१ बुधबार
ग्रीनल्याण्डबारे ट्रम्पको भाषण सुनेर डेनमार्क त्रसित, विश्वभर हलचल
पुष १०, २०८१ बुधबार
२० वर्ष पछि 'नो इन्ट्री' को सिक्वेल, पुराना कलाकार कोही नहुने
पुष १०, २०८१ बुधबार
म्यानमारको अराकान आर्मीले महत्त्वपूर्ण सीमा क्षेत्र कब्जा गर्दा बंगलादेशमा असर
पुष १०, २०८१ बुधबार