ओलीको निर्देशनमा गठबन्धनलाई तर्साउन एमाले शीर्ष नेताहरुबाटै आन्दोलनको प्रचार
कुसुम सेञ्चुरी
माघ २४, २०८० बुधबार १३:३०:३३
२४ माघ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनवर्गीय संगठनलाई आन्दोलनको तयारी गर्न निर्देशन दिए पनि आन्दोलन सुस्ताउने देखिएको छ । ओलीले आन्तरिक रुपमा गठबन्धन भत्काउनका लागि आन्दोलनको तयारी थाल्न भनेका थिए । तर, आन्दोलन उनले भनेअुनुसार अगाडी बढ्ने देखिएको छैन् । कोशी प्रदेशमा माओवादी उम्मेदवार हारेपछि माओवादीले कांग्रेसमाथि धोका दिएको आरोप लगाइरहेका बेला गठबन्धन भत्काउने कोसिसमा ओली छन् ।
केही दिन अघि बालुवाटारमा बसेको समीक्षा बैठकमा प्रचण्ड स्वयंले कांग्रेसबाट धोका भएको बताएका थिए । तर बैठकमा सहभागी कांग्रेसका नेताहरूले त्यसको प्रतिवाद गरे पनि माओवादीहरू सन्तुष्ट देखिएका छैनन् । अहिले माओवादीले गठबन्धन दलभित्रै कचिंगल निकाल्ने गरी राष्ट्रिय सभाको अध्यक्ष दावी गर्न थालेको छ ।
कांग्रेस माओवादी सम्बन्धमा चिसोपन बढ्न थालेका बेला एमालेले दुईमध्ये एक दललाई आफूतिर तान्ने र आफू सरकारमा जाने च्याखे दाउ खेल्न थालेको छ । पछिल्लो समय कांग्रेसभित्र दुई धार छन् । संस्थापन पक्ष माओवादीसँगको गठबन्धन तोड्न नहुने पक्षमा छ । संस्थापन बाहिर रहेका कांग्रेस नेताहरू माओवादीको गतिविधिसँग सन्तुष्ट छैनन् । एमालेले कांग्रेसको दोस्रो धारलाई लक्षित गरिरहेको छ । उता माओवादीको दोस्रो धारसँग पनि एमाले सम्पर्क मै रहेको छ ।
वर्षमान पुन लगायतका नेताहरू नारायणकाजी श्रेष्ठ, सुदन किराँती लगायतका मन्त्रीहरूसँग असन्तुष्ट छन् । पुन लगायतका नेताहरू एमालेसँगको सहकार्यलाई अघि बढाउने पक्षमा छन् । एमालेसँग माओवादीका दोस्रो धारका नेताहरू सम्पर्क रहेका छन् । ‘एमाले यो गठबन्धनको पक्षमा छैन । यो सरकार जबसम्म रहन्छ, तबसम्म मुलुकले आर्थिक सफलता हासिल गर्न सक्दैन । राजनीतिक अराजकता झन् लम्बिएर जान्छ । त्यसैले यो गठबन्धन टुटाउने, फुटाउने हाम्रो घोषित उद्देश्य नै हो’, एमालेका नेताहरूले सार्वजनिक रुपमा व्यक्त गर्दै आएको यो धारणालाई मान्ने हो भने आन्दोलनभन्दा पहिला गठबन्धन फुटाउन लागिरहेका छन् ।
‘अहिले राष्ट्रिय सभा निर्वाचनमा आफ्ना उम्मेदवार पराजित भएका बेला सिंगो माओवादी कांग्रेससँग चिढिएको छ । कांग्रेस पार्टीभित्र यो समूहको पल्ला भारी छ । यसको फाइदा एमालेले उठाउन चाहन्छ’, स्रोतले भन्यो ।
केही समयअघि एमाले अध्यक्ष ओली र महासचिव शंकर पोखरेलबीच सरकार विरुद्ध सडक आन्दोलन गर्ने बारेमा अनौपचारिक छलफल भएको थियो । तर, आन्दोलनको निश्चित एजेण्डा नपाउँदा यो विषय अघि बढ्न सकेको थिएन । तर, अहिले माओवादीले कांग्रेसमाथि आरोप लगाउने र विभिन्न नेताहरूले गठबन्धनको समीक्षा गर्नुपर्ने अभिव्यक्ति दिएका बेला एमालेले यसलाई गठबन्धन फुटाउने मौकाको रुपमा हेरिरहेको छ । अहिले आन्दोलनमा जाने निश्चित एजेण्डा नभएको भन्दै आन्दोलनमा जाँदा पार्टी नै क्षति हुने देखिएपछि एमालेले आफ्नो रणनीति परिवर्तन गरेको बताइएको छ ।
यति बेला एमालेले समानान्तर रुपमा माओवादी र कांग्रेसका नेतासँग छलफल चलाइरहेको स्रोत बताउँछ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतम वर्तमान सत्ता गठबन्धन फुटाउने एमालेको घोषित नीति रहेको बताउँछन् । ‘ प्रमुख प्रतिपक्षी दल गठबन्धनको पक्षमा हुँदैन, एमाले यो गठबन्धनको पक्षमा छैन, सरकार जबसम्म रहन्छ, तबसम्म मुलुकले आर्थिक सफलता हासिल गर्न सक्दैन । राजनीतिक अराजकता झन लम्बिएर जान्छ । त्यसैले यो गठबन्धन टुटाउने, फुटाउने हाम्रो घोषित उद्देश्य नै हो ,’ गौतमले भने । उनले फागुनबाट सरकार विरुद्ध आन्दोलनको ‘वार्मअप’ गर्न लागिएको उनले जनाए । सरकारले सुशासन कायम गर्न नसेकेको, कर्मचारीलाई तलब खुवाउनसमेत ऋण लिनुपर्ने अवस्था उत्पन्न भएको, अराजकता र अस्थिरताले मुलुक आक्रान्त बनेको आरोप लगाउँदै उनले सदन र सडकमार्फत सरकारको ध्यानाकर्षण गराउने जनाए ।
‘देश अप्ठ्यारो स्थितिमा छ। सबैतिरबाट देश जोगाउनुपर्ने अवस्था छ । यस्तै भइरहे हामीले मिसन ०८४ भनेर पर्खन नसक्ने स्थिति आउन सक्छ । देश बर्बाद हुन लाग्यो भने कहाँ ०८४ को चुनाव भनेर पर्खेर बसेर हुन्छ ? उस्तै परे हामीले गठबन्धन भत्काउनुपर्छ तर लोभीपापीहरू नभत्किन सक्छन्,’ ओलीले माघ ४ गतेको एक सार्वजनिक कार्यक्रममा भनेका थिए, ‘यिनीहरू सबैको घाँटी, शरीर एकै ठाउँ जोडिएको छ। यी एकै भ्रष्टाचारी वंशका, कमिसनतन्त्रीय वंशका हुन्, निकम्मा गोत्रका, देशद्रोही जातका हुन्। त्यसैले हामीले जनताको बलमा आन्दोलनमा उत्रिनुपर्ने आवश्यकता छ ।’
तर उनले कुन एजेण्डामा आन्दोलन गर्ने, आन्दोलन कहिलेसम्म हुन्छ भन्ने बारेमा केही बताएका थिएनन् । एमालेले आन्दोलनको एजेण्डा तयार पार्न सकेको छैन । तर उसले सरकारमा रहेका दलहरूको गतिविधिलाई भने नजिकबाट नियालिरहेको छ । ‘सरकारको गतिविधिलाई हेरेर हामीले आन्दोलनको स्वरुप तयार पार्ने हो, प्रचार विभाग प्रमुख गौतमले भने । एमालेका नेताहरूले बाहिर यस्तो भने पनि तत्कालै आन्दोलनको माहोल बनाउने अवस्था भने छैन । शीर्ष नेताहरू गठबन्धनलाई धम्क्याउन मात्रै आन्दोलनको हल्ला गरेको एमाले पार्टीभित्रै चर्चा चलेको छ ।
कुसुम सेञ्चुरी
नेपालबहस डटकमकी समाचार सम्पादक/ समाचार प्रमुख कुसुम सेञ्चुरी राजनीति तथा समसामयिक विषयवस्तुमा कलम चलाउँछिन् । फुलवारी एफएमदेखि रेडियो पत्रकारिता शूरु गरेकी कुसुमले रासस, रेडियो अन्नपूर्ण र देशान्तर एफएममा पनि काम गरेकी छन् । केही समय उनले नाइस टीभीमा समाचार प्रस्तोताको रुपमा पनि कुशलतापूर्वक जिम्मेवारी निभाएकी छन् ।
लेखकबाट थपकाठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
टर्कीएमा हेलिकप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु
पुष ७, २०८१ आइतबार
हाईफाई र छटपटेभन्दा मौलिक कथामार्फत चलचित्रमा देखिँदै आएका दयाहाङ !
पुष ७, २०८१ आइतबार
रुखको हाँगा भाँचिएर लाग्दा एक जनाको मृत्यु
पुष ७, २०८१ आइतबार
इरानी प्राविधिकको समर्थनमा तेहरानद्वारा अमेरिकाको विरोध
पुष ७, २०८१ आइतबार