नेविसंघका नेता बिकद्धारा अछामका १९९ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
नेपालबहस संवाददाता
माघ २४, २०८० बुधबार १७:३:२८
२४ माघ, काठमाडौं । नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य एवं नेपाली कांग्रेस अछाम क्षेत्र नं. २ का महाधिवेशन प्रतिनिधि टेक बहादुर विकले अछामका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेका छन् । अछाम जिल्लाका विभिन्न विद्यालयका कुल १९९ गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई उनले विभिन्न शैक्षिक सामग्री वितरण गरेका हुन ।
केही दिन अघि काठमाडौंबाट गृह जिल्ला अछाम गएका विद्यार्थी नेता बिकले ढकारी गाउँपालिका वडा १ गुरुकुल माविमा अध्ययनरत ५३ जना, शिशु सुधार प्राविका ७६ जना, बिधा प्रबोधिनी उच्च मावि ४५ जना तथा त्रिपुरा सुन्दरी मावि २५ जना गरी ४ वटा विद्यालयका १९९ जना जेहेन्दार,आमा बुवा गुमाएका टुहुरा तथा गरिब विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेका थिए ।
सेवा नै धर्म हो भन्दै आफूले एउटा असल अभिभावकको रुपमा उक्त कार्य गरेको तथा निरन्तर जेहेन्दार तथा गरिब विद्यार्थीको साथमा रही सामाजिक सेवामा जीवन समर्पित गर्ने प्रण गरेको उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबेत र बाँसका सामानबाट आत्मनिर्भर बन्दै टीकापुरका महिला
पुष ५, २०८१ शुक्रबार
शिक्षामा समयानुकूल परिमार्जन आवश्यक छ: मुख्यमन्त्री शाह
मंसिर ३०, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
नेपाली खेल इतिहासमै एनपिएलले उघारेको सपना
पुष ८, २०८१ सोमबार
राष्ट्रपतिसमक्ष ५ देशका नवनियुक्त राजदूतले लिए शपथ
पुष ८, २०८१ सोमबार
कस्तो छ सहकारी ठगी प्रकरणको अभियोगपत्र ?
पुष ८, २०८१ सोमबार
चुरियामाई सुरुङमार्ग सर्वसाधारणका लागि खुला गरिँदै
पुष ८, २०८१ सोमबार
चलचित्र ‘एक्लो’को क्यारेक्टर पोस्टर सार्वजनिक
पुष ८, २०८१ सोमबार