जीबी राईका पार्टनर पूर्वडीआईजी जोशीको घरमा छापा
नेपालबहस संवाददाता
माघ २५, २०८० बिहिबार १०:२:१३
२५ माघ, काठमाडौं । नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीको घरमा प्रहरीले छापा मारेको छ। सूर्य दर्शन सहकारीसँग सम्बन्धित सर्भर उनको घरमा समेत रहेको आशंकामा प्रहरीले जोशीको घरमा छापा मारेको हो।
जोशी सूर्य दर्शन सहकारीका मुख्य सञ्चालक जीबी राईका व्यापारिक साझेदार हुन्। जोशीको घरमा नेचर हर्ब इन्टरनेशनल प्रालि (नेटवर्किङजस्तै व्यवसाय)को कार्यालय थियो। ‘जोशीको घरमा रहेको सर्भर उठाइएको छ,’ जिल्ला प्रहरी परिसर काठमाडौंका एक अधिकृतले भने।
जिल्ला प्रहरी कार्यालय कास्कीले जोशीको घरसमेत रहेको नेचर हर्बको कार्यालयबाट सर्भरलगायत उठाइ दिनका लागि परिसरसँग सहयोग मागेको थियो।
यसअघि सूर्य दर्शन सहकारी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित १८ जना व्यक्ति र कम्पनीविरूद्ध कास्की प्रहरीमा ठगी मुद्दाको जाहेरी परेको थियो।
जोशी प्रहरी सेवाबाट अवकाश भएपछि राईका पार्टनर बनेका थिए। गैरकानुनी नेटवर्किङ कारोबार गरेको आशंकामा नेचर हर्बमा वाणिज्य विभागले समेत यसअघि छापा मारेर कागजात खोजेको थियो।
पोखराको सूर्य दर्शन सहकारीका बचतकर्ताको रकम ठगी प्रकरणमा संस्थापक अध्यक्ष जीबी राई, अध्यक्ष थानबहादुर बुढा मगर र पूर्वअध्यक्ष भूपेन्द्र राईविरुद्ध इन्टरपोलमा डिफ्यूजन नोटिस जारी भएको छ।
सूर्य दर्शन सहकारीका सञ्चालक राईसहित १९ जनाविरूद्ध १ हजार ३५ जना बचतकर्ताहरूले ठगीमा जाहेरी दिएका थिए। राईसहितका व्यक्तिसँग १ अर्ब ११ करोड ३४ लाख ४३ हजार ४५.१७ रूपैयाँ बिगो माग गरी जिल्ला अदालतमा ठगी मुद्दा दायर भइसकेको थियो।
सरकारी वकिल कार्यालयले राईसहित १९ जना प्रतिवादीसँग बिगोसँगै ८ देखि १० वर्षसम्म जेल सजायको माग दाबी लिएको थियो। उक्त मुद्दामा कोषाध्यक्ष कुमार रम्तेल, एक उपाध्यक्ष र दुई सदस्यलाई प्रहरीले पक्राउ गरिसकेको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअवकाशको सम्मुखमा एआईजीको लर्को, राज्यलाई अनावश्यक आर्थिक भार
पुष १४, २०८१ आइतबार
टाँगाले वीरगञ्जको ट्राफिक व्यवस्थापनमा चुनौती थप्दै
पुष १३, २०८१ शनिबार
अवकाशको सम्मुखमा एआईजीको लर्को, राज्यलाई अनावश्यक आर्थिक भार
नेपालबहस संवाददाता
पुष १४, २०८१ आइतबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
नेपालबहस संवाददाता
पुष १३, २०८१ शनिबार
क्रूर नरसंहारमा भाग लिने हमास लडाकूहरूलाई मार्ने इजरायलको घोषणा
पुष १५, २०८१ सोमबार
गोरु जुधाइ प्रतियोगिता
पुष १५, २०८१ सोमबार
किवीको 'जाम' र 'वाइन' बनाउँदै दुप्चेश्वर गाउँपालिका
पुष १५, २०८१ सोमबार
चिसोका कारण हुने बिरामीको सङ्ख्यामा वृद्धि, सावधानी अपनाउन आग्रह
पुष १५, २०८१ सोमबार
युक्रेनमा पश्चिमी शान्ति सैनिकको रुसद्वारा विरोध
पुष १५, २०८१ सोमबार
च्याउको गुणस्तरीय बिउ उत्पादनमा ध्यान दिन कृषि मन्त्री अधिकारीको आग्रह
पुष १५, २०८१ सोमबार