सर्वोत्तम सिमेन्टको बुक बिल्डिङ आईपीओमा आवेदन दिने अन्तिम दिन कहिले ?
नेपालबहस संवाददाता
माघ २५, २०८० बिहिबार ११:३:२०
२५ माघ, काठमाडौं । सर्वोत्तम सिमेन्टको बुक बिल्डिङ आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो। कम्पनीले पुस २५ गतेदेखि आईपीओ बिक्री खुला गरेको हो।
सर्वोत्तम सिमेन्टले पहिलो पल्ट बुक बिल्डिङ विधिबाट आईपीओ जारी गरेको हो। उक्त आईपीओ उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि खुला गरिएको थियो सोही आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेकोले आवेदकले आज कार्यालय समयभित्र आवेदन दिनसक्ने छन। स्थानीय बासिन्दाका लागि ९ लाख ३० हजार कित्ता बिक्रीमा ल्याएको हो।
यस आईपीओमा न्यूनतम ५० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मको लागि आवेदन दिन सकिनेछ। सर्वोत्तमको आईपीओमा लगानीकर्ताले प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाका दरले आवेदन दिनुपर्ने हुन्छ। शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ भने सह निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइएमबी एस क्यापिटल र प्रभु क्यापिटल लिमिटेड छन्।
यसमा उद्योग प्रभावित क्षेत्र नवरपरासी जिल्लाको सुनवल नगरपालिका वडा नम्बर ३, ४, ५, ६ र १३ तथा उत्खनन् प्रभावित क्षेत्र पाल्पा जिल्लाको रैनादेवी छहरा गाउँपालिका वडा नम्बर १ र २ का स्थानीय बासिन्दाले आवेदन दिन सक्नेछन्। त्यस्तै, रिब्दीकोट गाउँपालिकाको वडा नम्बर २, ३, ४ र ६, तिनाउ गाउँपालिकाको वडा नम्बर १, २ र ३, माथागढी गाउँपालिकाको वडा नम्बर ७ र ८ तथा निस्दी गाउँपालिकाको वडा नम्बर ७ मा बसोबास गर्ने स्थानीय बासिन्दाको लागि छुट्याएको छ।
सर्वोत्तमको आईपीओमा लगानीकर्ताले प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाका दरले आवेदन दिनुपर्नेछ। उद्योग प्रभावित क्षेत्रका बासिन्दाहरुले नवलपरासी जिल्लाको ग्लोबल आइएमई बैंक, लक्ष्मी सनराइज बैंक, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, गरिमा विकास बैंक र मुक्तिनाथ विकास बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।
यस्तै, खानी उत्खनन् प्रभावित क्षेत्रका बासिन्दाहरुले पाल्पा जिल्लाको ग्लोबल आइएमई बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, लक्ष्मी सनराइज बैंक र कृषि विकास बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। इक्रा नेपालले सर्वोत्तमलाई वित्तीय दायित्व वहन गर्न मध्यम स्तरको क्षमता रहेको जनाउने ‘इक्राएनपी इस्युअर रेटिङ ट्रिपल बी’ प्रदान गरेको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएलआइसी नेपालले ८८ प्रतिशत हकप्रद शेयर जारी गर्दै
मंसिर ७, २०८१ शुक्रबार
अपि पावरको साधारण सभाले पारित गर्यो ४९ मेगावाटमा लगानी गर्ने प्रस्ताव
कात्तिक १२, २०८१ सोमबार
विश्व लगानीकर्ता सप्ताह–२०२४ को अवसरमा प्रभु क्यापिटलद्वारा प्रशिक्षण कार्यक्रम सञ्चालन
कात्तिक ११, २०८१ आइतबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
विश्व बैंकको अनुदानमा सडक स्तरोन्नति
मंसिर ११, २०८१ मंगलबार
हिमाल र हिमनदी मार्ग र वरपरको दृश्य
मंसिर ११, २०८१ मंगलबार
चारो खोजीमा रहेको घाँसेफिस्टो चरा
मंसिर ११, २०८१ मंगलबार
सीप र रोजगारीलाई जोड्न चन्द्रागिरिद्वारा युवालाई ‘डिजिटल’ तालिम
मंसिर ११, २०८१ मंगलबार
अदालतको अपहेलनासम्बन्धी रास्वपाका नेताविरुद्धको रिट न्यायाधीशद्वय शर्मा र निरौलाको इजलासमा
मंसिर ११, २०८१ मंगलबार