पाकिस्तानमा आज आम निर्वाचन, मतदान जारी
नेपालबहस संवाददाता
माघ २५, २०८० बिहिबार ११:३:४७
२५ माघ, काठमाडौं । पाकिस्तानमा आज आम निर्वाचन भइरहेको छ । देशभर मोबाइल सेवा बन्द गरिएको छ । गृह मन्त्रालयले सूचना जारी गरी सुरक्षा उपाय अपनाउनु पर्ने भएकाले मोबाइल सेवा अस्थायी रुपमा बन्द गरिएको जनाएको छ ।
मतदानको पूर्वसन्ध्यामा बलुचिस्तान प्रान्तमा भएका बम विष्फोटमा कम्तिमा २३ जनाको मृत्यु भएको थियो । निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गराउन सुरक्षाकर्मीहरुसहित ६ लाख ५० हजार जनालाई परिचालन गरिएको रेडियो पाकिस्तानले जनाएको छ ।
पाकिस्तानमा आज ३३६ सिटका लागि निर्वाचन भइरहेको छ । सरकार बनाउन कम्तिमा १६९ सिट जित्नु आवश्यक छ । दुई वर्षअघि अविश्वास प्रस्ताव ल्याएर इमरान खान नेतृत्वको सरकार ढालिएको थियो । हाल इमरान खान भ्रष्टाचार आरोपमा जेलमा बन्द छन् ।
उनलाई १४ वर्षको जेल सजायँ सुनाइएको छ । उनी नेतृत्वको पार्टी पाकिस्तान तेहरिक ए इन्साफ (–पीटीआई) लाई चुनाव लड्न प्रतिबन्ध लगाइएको छ । त्यसैले पीटीआईका उम्मेदवारहरु स्वतन्त्र रुपमा प्रतिस्पर्धामा उत्रिएका छन् ।
तीनपटकसम्म प्रधानमन्त्री बनिसकेका नवाज शरीफ पनि चुनावी प्रतिस्पर्धामा छन् । उनलाई भावी प्रधानमन्त्रीको रुपमा हेरिएको छ । नवाज शरीफको कट्टर आलोचक इमरान खान जेलमा रहेको र उनको पार्टी पीटीआईलाई चुनाव लड्न रोक लगाइएकाले नवाज शरीफको पार्टी पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन)ले चुनाव जितेर नयाँ सरकार बनाउने अनुमान गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदक्षिण कोरियाद्वारा ‘तेस्रो जासुसी उपग्रह’ सफलतापूर्वक प्रक्षेपण
पुष ८, २०८१ सोमबार
मस्क अमेरिकी राष्ट्रपति बन्ने सम्भावना छैन : ट्रम्प
पुष ८, २०८१ सोमबार
पाकिस्तानमा प्रमाणपत्र प्राप्त गर्नको लागि पोलियो खोप अनिवार्य
पुष ८, २०८१ सोमबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
मध्य अफ्रिकामा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली
पुष ८, २०८१ सोमबार
दक्षिण कोरियाद्वारा ‘तेस्रो जासुसी उपग्रह’ सफलतापूर्वक प्रक्षेपण
पुष ८, २०८१ सोमबार
मस्क अमेरिकी राष्ट्रपति बन्ने सम्भावना छैन : ट्रम्प
पुष ८, २०८१ सोमबार
पाकिस्तानमा प्रमाणपत्र प्राप्त गर्नको लागि पोलियो खोप अनिवार्य
पुष ८, २०८१ सोमबार
कहिले बन्छ महिनावारी विभेदको पर्खाल भत्काउने कानुन ?
पुष ८, २०८१ सोमबार