वैशाखमा हुन लागेको लगानी सम्मेलनमा विश्वका ९२ देशका प्रतिनिधि सहभागी हुने
नेपालबहस संवाददाता
माघ २५, २०८० बिहिबार १२:१४:४२
२५ माघ, काठमाडौं । आगामी वैशाख १६ र १७ गते काठमाडौंमा हुने लगानी सम्मेलनमा विश्वका ९२ देशका प्रतिनिधिलाई उपस्थित गराइने भएको छ । अहिलेसम्म नेपालमा सम्पन्न सबै प्रकारका सम्मेलनभन्दा विशेष ठूलो हुने भनिएको यो सम्मेलनमा विश्वभरका ९२ भन्दा धेरै देशका प्रतिनिधि सहभागिता बन्नेछन् । विश्व बैंकका अध्यक्ष र विभिन्न देशका सरकार प्रमुख र अर्थमन्त्रीहरूको सहभागिता समेत रहनेछ ।
बिहीबार सिंहदरबारमा बसेको तेस्रो लगानी सम्मेलन २०८१ को निर्देशक समितिको तेस्रो बैठकमा अर्थमन्त्री प्रकाशशरण महतले यसबारे जानकारी दिएका हुन् । अर्थमन्त्री महतले तेस्रो लगानी सम्मेलनलाई सार्थक र उपलब्धिमूलक बनाउनु सरकारका सबै पक्षले ठूलो छाती बनाउनुपर्ने बताए । उनले विगतमा विदेशी लगानीकर्ताहरू नेपाल आफैँ सम्पर्कम जाँदा समेत उदासीन हुने गरेको भए पनि अहिले लगानी गर्न आफैँ खोज्दै आइरहेको अवसरलाई नेपालले गुमाउन नहुने बताए ।
उनले वैशाख १६ र १७ गते हुने लगानी सम्मेलनलाई ग्राण्ड सक्सेस बनाउन आग्रह गरे । अर्थमन्त्री महतले विश्व बैंकको सहुलियत दरमा ऋण दिने संस्थाको सम्मेलन नेपालमा गर्न विश्व बैंक तयार भएको र केही दिनमै औपचारिक पत्र आउने र सम्मेलन नेपालमै हालसम्मकै सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय सम्मेलन हुने जानकारी दिए । यसका लागि सरकारका सबै निकाय गम्भीर बनेर लाग्नुपर्ने अर्थमन्त्री डा.महतले बताए । ‘कर्मकाण्डी रुपमा लागेर मात्रै हुँदैन । सबै निकाय गम्भीर बन्नुपर्छ, उनले भने ।
अर्थमन्त्रीका अनुसार यतिबेला अन्तर्राष्ट्रिय समुदाय समेत नेपालमा लगानी गर्नका लागि जिज्ञासु र सोधीखोजी गरिरहेका छन् । अर्थ मन्त्रालय विदेशी लगानीकर्ताको सम्पर्कमा जाँदा उदासीन देखिने गरेको सम्झिँदै उनले अहिले त्यो अवस्था फेरिएको बताए । यसबाहेक, विश्व बैंकको सहुलियत दरमा ऋण दिने सम्बन्धी सम्मेलन आगामी जुनमा हुँदैछ । यो सम्मेलन नेपालमा गर्नका लागि समेत अर्थ मन्त्रालय लागि परेको छ । अर्थ मन्त्रालयको निरन्तर पहलका बाबजुद विश्व बैंक यो सम्मेलन नेपालमा नै गर्न सहमत भएको अर्थमन्त्री महतले जानकार गिराए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबिहीबार १० अर्ब आन्तरिक ऋण उठाउँदै छ सरकार
पुष ३, २०८१ बुधबार
१८ अर्ब ६६ करोडको प्रतिबद्धता आएकोमा ५ अर्ब ७६ करोड मात्र भित्रियो एफडीआई
पुष १, २०८१ सोमबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार