पूर्वसभामुख महराले ९ किलो सुनबारे जाँचबुझ आयोगलाई सिंहदरबार पुगेर दिए बयान
नेपालबहस संवाददाता
माघ २५, २०८० बिहिबार १३:५७:२८
२५ माघ, काठमाडौं । तस्करी सुनको छानविनका लागि गठित उच्चस्तरीय जाँचबुझ आयोगले पूर्वसभामुख कृष्णबहादुर महरासँग बयान लिएको छ । बिहीबार सिंहदरबारमा सुन तस्करबारे महरालाई बयानका लागि सिंहदरबार स्थित कार्यालयमा बोलाएको थियो । उनीसँग ९ केजी सुनबारे बयान लिएको हो ।
समितिले बोलाएपछि अहिले उनी समितिको कार्यालयमा पुगेर बयान दिएको बताइएको छ । उनलाई विद्युतीय सिगरेट (भेप) मा लुकाएर तस्करी भएको ९ किलो सुन तस्करी गर्ने चिनियाँ तस्करसँग साँठगाँठ गरेको भन्दै समितिले बोलाएको हो । महरा र ती चिनियाँ सुन तस्करसँग सयौं पटक टेलिफोन संवाद भएको भन्दै महरालाई पक्राउ गर्नुपर्ने आवाज उठेको थियो ।
यही प्रकरणका उनका छोरा राहुल महरालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) पक्राउ गरेर राखेको छ । त्यतिबेला महरालाई भने बयानको कागज गराएर छाडिएको थियो । त्यसबेला सीआईबीसँग उनले ती चिनियाँ नागरिकसँग फलफूल व्यवसायीका रुपमा मात्र चिनजान भएको बताएका थिए ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले भेप बरामद गरेपछि छुटाउनलाई उनले तत्कालीन भन्सारका प्रमुख प्रशासकलाई फोन गरेका गरेका थिए । शंका लागेपछि भन्सारले जाँच गर्दा गोदाममा भएको भेप नै परिवर्तन गरिएको खुलेको थियो ।
त्यस क्रममा अनुसन्धान गर्न विमानस्थल भन्सारका नायब सुब्बा रेवन्त खड्काको मिलेमतोमा भेप साटफेर गरेको अनुसन्धानबाट खुलेको थियो । खड्काको बयानबाट भेपभित्र सुन रहेको खुलेको थियो, त्यसपछि यो मामलामा थप छानबिन गरिदिन भन्दै भन्सारले सीआईबीलाई पत्राचार गरेको थियो ।
सीआईबीले गरेको अनुसन्धानका क्रममा चिनियाँ नागरिकसँग पूर्वसभामुख महरा बाबुछोराको सम्पर्क रहेको देखिएको थियो । तर, प्रहरी अनुसन्धान त्यस बेला भेप चोरीमा मात्र केन्द्रित भयो, सुन ल्याउने समूहविरुद्ध अनुसन्धान भएन । राजनीतिक दवाव र आडका कारण महरालाई भने पक्राउ गरिएको थिएन ।
सरकारले गरेको सुनसम्बन्धी अनुसन्धानमा चित्त नबुझेको भन्दै प्रमुख प्रतिपक्षी नेकपा एमाले लगायतले लामो समयसम्म संसद अवरोध गरेपछि छानबिन समिति बनाउने निर्णय भएको थियो । त्यस क्रममा सरकारले उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराज आचार्यको नेतृत्वमा आयोग बनाएको थियो । आयोगले अहिले ६१ केजी, ३३ केजी र ९ केजी सुन तस्करीबारे छानविन गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशुक्रबार तोलामा २३ सयले बढेर १ लाख ६३ हजार नजिक पुग्यो सुनको मूल्य
माघ १८, २०८१ शुक्रबार
तोलामा ९ सय घटेर १ लाख ५९ हजार २ सयमा किनबेच भइरहेको छ सुन
माघ १५, २०८१ मंगलबार
संसदमा प्रहरी ऐनः निजामती प्रशासनको नियन्त्रणमा चेनअफ कमाण्ड ब्रेक हुने खतरा !
माघ १९, २०८१ शनिबार
सरुवा मापदण्ड कार्यान्वयनमा आईजीपी निरिह !
माघ १९, २०८१ शनिबार
स्वास्थ्य बिमाअन्तर्गत छरिएका कार्यक्रमलाई एकीकृत गर्नुपर्ने कार्यदलको सुझाव
माघ १९, २०८१ शनिबार
महाकुम्भबाट फर्किरहेको गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु, ४ जना घाइते
माघ १९, २०८१ शनिबार
निजगढ अन्तरराष्ट्रिय विमानस्थल तत्काल बनाउनुपर्छ : अध्यक्ष नेपाल
माघ १९, २०८१ शनिबार
क्रिकेट प्रशिक्षक मोन्टी देशाईलाई क्यानले गर्यो बिदाई
माघ १९, २०८१ शनिबार
श्रीमद्भागवत ज्ञानविज्ञान महायज्ञ धनगढीमा हुँदै
माघ १९, २०८१ शनिबार