ब्याचलर र मास्टर्स गर्नलाई बेलायत र अमेरिका राम्रो !
नेपालबहस संवाददाता
माघ २५, २०८० बिहिबार १४:४१:२
२५ माघ, काठमाडौं । उच्च शिक्षाका लागि यूके, यूएसए जाने विद्यार्थीहरुले त्यहाँका कलेज र विश्वविद्यालयबाट छात्रवृत्तिहरू पाउने वातावरण रहेको छ । ब्याचलर वा मास्टर्स गर्न यूके, यूएसए जाने नेपाली विद्यार्थीहरूलाई त्यहाँका राम्रा विश्वविद्यालय र कलेजले आकर्षक छात्रवृत्तिहरू दिनसक्ने छन् ।
विगत डेढ दशकदेखि अध्ययन गर्न विदेश गइरहेका विद्यार्थीहरूलाई शैक्षिक परामर्श गराउँदै आइरहेका क्याम्ब्रिजका संस्थापक निर्देशक शिशिर सिंखडाका अनुसार पछिल्लो समय ब्याचलर र मास्टर्स गर्न यूके, यूएसए जाने विद्यार्थीहरुको संख्या बढ्दो छ । ‘ब्याचलर वा मास्टर्स गर्न यूके, यूएसए जाने विद्यार्थीहरुको शैक्षिक, आर्थिक अवस्था राम्रो भए आकर्षक छात्रवृत्ति पाउँछन् ।’ पढ्दै करियर बनाउन समेत यी देशहरू उपयुक्त भएको भन्दै निर्देशक सिंखडाले भने ।
अहिले यूके, यूएसएका धेरै शैक्षिक संस्थाहरुले भाषा परीक्षा पास गरे पनि नगरे पनि विद्यार्थीहरू धमाधम भर्ना गरिरहेका छन् । अङ्ग्रेजी लेखाई तथा बोलाई राम्रो भएका, स्कोर राम्रो भएका तर IELTS नगरेका विद्यार्थीहरुले पनि अप्लाई गर्न पाउँछन् । भने, स्कोर ठिकै भएका तर, IELTS गरेकाहरुले पनि यूके यूएसएका लागि अप्लाई गर्न सक्छन् । कक्षा ११ र १२ वा +२ मा अङ्ग्रेजी विषयमा B वा B+ ल्याएको ७० प्रतिशत भन्दा माथि अङ्क ल्याएका विद्यार्थीहरूलाई MOI लेटर मार्फत पनि भर्ना लिइरहेका छन् ।
‘IELTSमा ६/५.५ अङ्क हासिल गरेका, ४ वर्षे ब्याचलरमा ५० प्रतिशत भन्दामाथि, ३ वर्षे ब्याचलरमा ६० प्रतिशत भन्दामाथि अङ्क ल्याएका विद्यार्थीहरुले अप्लाई गर्न सक्छन् ।’ यसमा कतिपय अवस्थामा ४, ५ वर्षसम्मको ग्यापलाई समेत विश्वविद्यालयहरुले स्वीकार गर्ने गरेको भन्दै सिंखडा भन्छन् ।
यूके यूएसएमा खासगरी म्यानेजमेन्ट, फाइनान्स र मार्केटिङका विषयमा अध्ययन गर्न सकिन्छ । बैंकिङ एण्ड फाइनान्स, डिजिटल मार्केटिङ, हेल्थ सर्भिस मेनेजमेन्ट, इन्टरनेशनल विजनेश मेनेजमेन्ट, मेनेजजमेन्ट, इन्टरनेशनल फाइनान्स, मार्केटिङ मेनेजमेन्ट, विजनेश मेनेजमेन्ट, साइवर सेक्युरिटी लगायतका विषयमा यूके, यूएसए अध्ययन गर्न जान सकिन्छ । यसका अलावा साइन्स एण्ड टेक्नोलोजी, हस्पिटालिटी, आइटी क्षेत्रमा पनि राम्रो स्कोप रहेको सिंखडाको तर्क छ । ‘यूके यूएसएमा विश्वकै उत्कृष्ट कलेज र विश्वविद्यालय छन् । यी देशको पढाइ, वातावरण र अवसर नेपाली विद्यार्थीहरूको लागि उपयुक्त छन् ।’ सिंखडा भन्छन् ।
उच्च शिक्षा हासिल गर्न विदेश जान्छु भन्ने सोच बनाइरहेका विद्यार्थीहरूले आफूले अध्ययन गरेको विषय, आफ्नो आर्थिक क्षमता र योग्यता हेरेर अगाडि बढ्नुपर्ने उनको सुझाव छ । ‘कसैको लहलहै र देखासिकीमा विदेश नजाउँ, आफ्नो शैक्षिक, आर्थिक र पारिवारिक अवस्था हेरेर निर्णय गरौं ।’ विदेश जानु अगाडि नै आफू जाने देश, त्यहाँको कलेज, विदेशी विद्यार्थीको लागि त्यहाँको कानुन, भिजा प्रक्रिया, कलेजको शुल्क, अध्ययनसँगै र अध्ययन पछि पाइने अवसरका विषयमा मान्यता प्राप्त शैक्षिक परामर्शदाताबाट जानकारी लिनुपर्नेमा सिंखडाको जोड छ ।
पछिल्लो समय युरोप, क्यानडा, यूके, यूएसएलगायत देशमा आकर्षक रोजगारीसहित पठाउने भन्दै पर्यटक भिसामा पठाउने, अनेक प्रलोभन देखाएर लाखौं ठगी गर्ने प्रवृत्ति बढिरहेकोले त्यस्ता व्यक्ति र संस्थाहरुबाट जोगिन सकेसम्म नेपाल सरकारबाट मान्यता प्राप्त शैक्षिक परामर्श संस्थाहरु रोजेर शैक्षिक परामर्शदाताले भनेका सबै विषयहरूमा विद्यार्थी आफैंले क्रस भेरिफाई गरेर मात्र अगाडी बढेमा ठगिनबाट बच्न सकिने सिंखडाको भनाई छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबीएण्डसीमा एमबीबीएस पठनपाठनको तयारी
मंसिर ९, २०८१ आइतबार
त्रिविले स्नातक तहका प्रश्नपत्र नेपाली र अंग्रेजी भाषामा सोध्ने
कात्तिक ६, २०८१ मंगलबार
बाढीले पुस्तक बगायो, स्कुल डुबायो पढ्ने कसरी ?
असोज १८, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार