कालंगा हाइड्रोको ४९ करोड बराबरको साधारण शेयर प्रत्याभूति सम्झौता
नेपालबहस संवाददाता
माघ २५, २०८० बिहिबार १६:३०:२६
२५ माघ, काठमाडाैं । बझाङस्थित १५.३३ मेगावाट क्षमताको कालंगा हाइड्रो लिमिटेडको साधारण शेयर प्रत्याभूति सम्झौता सम्पन्न भएको छ । जारी पुँजी १ अर्ब ४० करोडमध्ये कम्पनीले सर्वसाधारणका लागि ३५ प्रतिशत अर्थात् प्रति शेयर रु १०० का दरले हुने ४९ करोड बराबरको साधारण शेयर निष्कासन गर्न लागेको छ ।
जसअनुसार रु ३४. ९० करोड ज्योति क्यापिटल लिमिटेडबाट तथा रु। १४.१० करोड लक्ष्मी सनराईज क्यापिटल लिमिटेडबाट शेयर प्रत्याभूति सम्झौता गरी साधारण शेयर प्रत्याभुतिकर्ता नियुक्त गरिएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
कम्पनीको ललितपुरस्थित धोबीघाटमा रहेको कालंगा कम्प्लेसमा आयोजित कार्यक्रममा सञ्चालक तीर्थ राज चटौत तथा प्रत्याभूतिकर्ताहरु ज्योति क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विकास ढकाल र लक्ष्मी सनराइज क्यापिटल लिमिटेडको तर्फवाट प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठले त्रिपक्षीय सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफरवार्ड माइक्रोफाइनान्सको साधारण सभाद्वारा बोनस शेयर वितरणको प्रस्ताव पारित
मंसिर ३०, २०८१ आइतबार
कुमारी क्यापिटल र भारतको ध्रुव क्यापिटल सर्भिसेजबीच सहकार्य गर्ने सम्झौता
मंसिर २८, २०८१ शुक्रबार
साढे ४९ अर्ब बराबरको आईपीओ जारी गर्न ८० कम्पनी पाइपलाइनमा
मंसिर २२, २०८१ शनिबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
भारतीय कारको ठक्करबाट स्कुटर चालकको मृत्यु
पुष ८, २०८१ सोमबार
बाबुछोराको हत्या आशंकामा अनुसन्धान तीव्र
पुष ८, २०८१ सोमबार
सीपमूलक तालिममा सहभागी राउटे युवती
पुष ८, २०८१ सोमबार
परराष्ट्रमन्त्री डा राणा स्वदेश फिर्ता
पुष ८, २०८१ सोमबार
बंगलादेशमा हसिनाको परिवारमाथि ५ अर्ब डलरको भ्रष्टाचार अनुसन्धान सुरु
पुष ८, २०८१ सोमबार