लक्की मिडिया हाउसद्वारा 'हात्तीछाप' को रेड कार्पेट प्रिमियर शो
नेपालबहस संवाददाता
माघ २६, २०८० शुक्रबार ११:२४:०
२६ माघ, चितवन । मिडिया लक्की मिडिया हाउस चितवनले नेपाली कथानक चलचित्र 'हात्तीछाप' को द जिएमआई रेड कार्पेट प्रिमियर शो गरेको छ ।
मिडिया हाउसले भरतपुरको चितवन सिनेप्लेक्स (सिजी मल) मा चलचित्रको रेड कार्पेट प्रिमियर शो गरेको हो । सो कार्यक्रमलाई द जिएमआई एकेडेमीले मुख्य प्रायोजन गरेको थियो । कार्यक्रममा आयोजक लक्की मिडिया हाउस चितवनका महाप्रबन्धक हरि कार्की ‘लक्की’ ले नेपाली चलचित्र क्षेत्रको प्रवर्द्धन र प्रचारका लागि काठमाडौँ बाहिरको एक मात्र संस्थाको रुपमा लक्की मिडिया हाउस चितवन स्थापित हुँदै गएको बताए ।
मिडिया हाउसले नेपाली चलचित्र क्षेत्रको प्रवर्द्धन र प्रचारका लागि चर्चित कलाकारहरुको साथमा पत्रकार सम्मेलन, रेड कार्पेट प्रिमियर शो, प्रिमियर शो, विशेष शो गर्दै आइरहेको कार्कीको भनाइ छ । लक्की मिडिया हाउसले विभिन्न विधामा सम्मान कार्यक्रम, विभिन्न गायन, नृत्य प्रतियोगिता साथै मिडियाले प्रत्येक वर्ष लक्की फिल्मी अवार्ड कार्यक्रम गर्दै आएको कार्कीले बताए । मिडिया हाउसकै आयोजनामा आगामी २०८१ असार ८ गते भरतपुरमै लक्की फिल्मी अवार्डको अर्को संस्करण गर्ने तयारी गरिरहेको कार्कीले जानकारी दिए ।
चलचित्र 'हात्तीछाप' को द जिएमआई रेड कार्पेट प्रिमियर शो लक्की मिडिया हाउस चितवनका सल्लाहर वरिष्ठ समाजसेवी हेमराज पौडेलको अध्यक्षतामा भएको थियो । लक्की मिडिया हाउस चितवनका महाप्रबन्धक हरि कार्की ‘लक्की’ले संयोजन गरेको कार्यक्रममा चलचित्र 'हात्तीछाप' का निर्माता तथा अभिनेता किरण नेपाली, चलचित्र ‘हात्तीछाप’ का कलाकार तथा निर्माता पुष्कर गुरुङ, चर्चित अभिनेता सौगात मल्ल, चलचित्र 'हात्तीछाप' का अभिनेता विनोद न्यौपाने, चर्चित अभिनेत्री उपासना सिंह ठकुरी, द जिएमआई एकेडेमीका प्रमुख कार्यकारी निर्देशक महेश लामिछने लगायतका अतिथिहरु उपस्थित रहनु भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपलले सार्वजनिक गरे वृद्ध उमेरमा प्रहरी मुठभेडको तस्विर
जेठ ८, २०८१ मंगलबार
चर्चित कथा वाचक साइग्रेसको कथा 'अधुरो प्रेम'मा चलचित्र बन्दै
जेठ ७, २०८१ सोमबार
प्रदीप खड्का : रोमान्टिक हिरोबाट ‘पुजार सार्की’को मैतबहादुरसम्म
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
नेपालबहस संवाददाता
जेठ ७, २०८१ सोमबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
विनोद त्रिपाठी
जेठ ८, २०८१ मंगलबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
जेठ ८, २०८१ मंगलबार
राहुघाटको ‘प्रेसर साफ्ट’ ‘ब्रेक थ्रु’
जेठ ८, २०८१ मंगलबार
तरकारी खेतीबाट वार्षिक रु आठ लाखको बचत
जेठ ८, २०८१ मंगलबार
सानिमा बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदै, वितरण योग्य नाफामा पहिरो
जेठ ८, २०८१ मंगलबार
प्रधानमन्त्रीसँग बिम्स्टेकका महासचिवको शिष्टाचार भेट
जेठ ८, २०८१ मंगलबार