गृह मन्त्रालयलाई अटेर गर्दै विमानस्थल डीआईजीले पुरस्कृत गरे अध्यागमन अधिकृतलाई कुटपिट गर्ने तीन प्रहरी
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
माघ २६, २०८० शुक्रबार १२:२८:४७
![](https://nepalbahas.prixacdn.net/media/albums/nepal-police_ybmNEXanCl_DGsfqgpKzX.jpg)
२६ माघ, काठमाडौं । गृह मन्त्रालयलाई अटेर गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरी कार्यालयका विवादास्पद प्रमुख डीआईजी अर्जुन चन्द ठकुरीले अध्यागमन अधिकृतलाई कुटपिट गर्ने तीन जना प्रहरीलाई पुरस्कृत गरेका छन् । राजीनामा दिएर बिदामा बस्नुअघि प्रहरी कर्मचारीलाई पुरस्कृत गरेर उनी हिँडेका हुन् । ‘अध्यागमन अधिकृतलाई कुटपिट गरेर राम्रो काम गरेको भन्दै पुरस्कृत गरिएको छ’, विमानस्थल कार्यालय स्रोतले भन्यो ।
विमानस्थलमा खटिएका प्रहरी नायव निरीक्षक प्रकाश चौधरी, प्रहरी सहायक निरीक्षक सन्जय तामाङ र प्रहरी जवान रविजंग गुप्तालाई डीआईजी चन्दले नगद पुरस्कारले पुरस्कृत गरेका हुन् । स्रोतका अनुसार चौधरीलाई १२ सय, तामाङलाई ११ सय र गुप्तालाई ८०० रूपैयाँले पुरस्कृत गरेका छन् । विमानस्थलमा सुरक्षा प्रमुखको हैसियतमा कमजोर कमाण्ड गरेको भन्दै गृह मन्त्रालयले कारवाहीको तयारी गरेपछि राजीनामा दिएर हिँडेका चन्द अहिले बिदामा बसेका छन् । ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक अर्जुन चन्द ठकुरीले मन्त्रालयबाट छानबिन समिति गठन भइसकेपछि सञ्चारमाध्यममा गम्भीर विषयहरू उठान गर्नु भएकोले उक्त विषय मन्त्रालयले जानकारीमा राख्न आवश्यक देखिन्छ’, मन्त्रालयले तयार पारेको छानविन समितिमा भनिएको छ ।
तर जमीम शाह हत्याकाण्डदेखि विभिन्न काण्डमा विवादमा आइरहने डीआईजी चन्दले गृहलाई अवज्ञा गरेका छन् । उनले पुरस्कृत प्रहरीको अभिलेख राष्ट्रिय प्रहरी किताबखानामा रेकर्ड हुने गरी पत्र पठाएपछि गृहले उनीमाथि झन निगरानीमा राखेको छ । गृहले निगरानी बढाएपछि उनले राजीनामा दिएर हिँड्न खोजेका थिए । ६० किलो सुनकाण्डदेखि एयरपोर्टमा भएका सुन तस्करीमा मुछिएका उनी नेपाल प्रहरीका विवादास्पद प्रहरी अधिकृत हुन ।
अध्यागमन विभागका शाखा अधिकृतलाई सुरक्षा जाँच गर्ने क्रममा विवाद भएको थियो । विवादकै क्रममा हातपात भएको थियो । सोही घटनामा छानबिन गर्न गृह मन्त्रालयले छानबिन समिति बनाएको थियो । त्यही समितिले प्रहरीको व्यावसायिक आचारसंहितामाथि पनि प्रश्न उठाएको थियो । ‘प्रहरी कर्मचारीलाई व्यावसायिक आचरण, समन्वय र अनुशासनसम्बन्धी कमी देखिएकोले यस सम्बन्धमा प्रहरी प्रधान कार्यालयको विशेष ध्यानाकर्षण गराउनुपर्ने,’समितिको प्रतिवेदनमा उल्लेख छ ।
समितिले असई तामाङ र जवान गुप्ताले कर्मचारीमाथि हातपात गरेको र निलम्बन गर्न सिफारिस गरेको थियो । समितिको निर्णयप्रति असन्तुष्ट जनाउँदै डीआईजी चन्दले राजीनामा बुझाएको बहाना गरेपनि कथा भने अर्कै रहेको छ । उनलाई राजीनामाको फरम्याट मिलाएर पुनः बुझाउन आग्रह गरेपछि उनको सो राजीनामा फिर्ता भएको छ ।
विमानस्थलजस्तो संवेदनशील क्षेत्रमा नियमित सुरक्षा जाँचलाई चुनौती दिई अटेरी गर्ने, आफ्नै मन्त्रालय मातहतका जुनियर प्रहरी कर्मचारीसँग सुमधुर सम्बन्ध राख्नुपर्नेमा एक जिम्मेवार अधिकृतको रूपमा देखाउनुपर्ने आचरण र अनुशासन अनुरूप व्यवहार नदेखाएकोले अध्यागमन अधिकृत छायालाल मोक्तानलाई सो कार्यालयबाट जिम्मेवारीमुक्त गरी आचरणसम्बन्धी आवश्यक कारबाही गर्ने, सो दिनको फिल्ड अफिसर प्रहरी नायव उपरीक्षक रेवतीरमण पोखरेल भएको अवस्थामा दुई पक्षबीच विवाद भई अध्यागमन अधिकृतलाई सामूहिक कुटपिट भएको निजको प्रत्यक्ष उपस्थितिमा सीसीटीभी क्यामेरा रुमभित्र ठूलो समूहसहित गएको, अघिल्लो घटनासँग जोडिएका विवादित व्यक्तिहरूलाई नियन्त्रण र निगरानीमा नराखी सीसीटीभी कन्ट्रोल रुम र सो क्षेत्रमा भीडभाड हुन दिएको, जसले गर्दा पुनः कुटपिट भएको भन्ने बुझिएको तथा सुरक्षाको दृष्टिकोणले परिस्थितिको संवेदनशीलतालाई बुझेर कमान्ड एन्ड कन्ट्रोललाई काबुमा लिन नसकेको तथा प्रमुख अध्यागमन अधिकृत लगायतका कर्मचारीको सुरक्षामा हेलचक्र्याइँ गरेको बुझिन आएकोले निजलाई आफ्नो जिम्मेवारी र व्यावसायिक कर्तव्यप्रति सचेत गराउने लगायतका विषयहरू समेटिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसूचना संकलन गर्ने गुप्तचरका एसपीमाथि आर्थिक संकलन गरेको आरोप
साउन ७, २०८१ सोमबार
क्यासिनो खोल्न पर्यटन विभाग कै डीजी पण्डितको चलखेल, करोडौंको बार्गेनिङ
साउन ६, २०८१ आइतबार
बाग्मतीमा कुन्दन काफ्लेको लफडाले रोकियो मन्त्रीहरुको शपथ
नेपालबहस संवाददाता
साउन ११, २०८१ शुक्रबार
सौर्य एयर दुर्घटना: यस्ता छन हृदयविदारक तस्वीरहरु
नेपालबहस संवाददाता
साउन ९, २०८१ बुधबार
बुधबार पनि आयो दोलखा भीमसेनको शिलामा पसिना, अनिष्ट हुने मान्यता
नेपालबहस संवाददाता
साउन ९, २०८१ बुधबार
माधव नेपालले दिए पार्टी फुटाउने कोसिस भइरहेको संकेत
नेपालबहस संवाददाता
साउन १०, २०८१ बिहिबार
आफूमाथि बलात्कार नभएको भन्दै सन्दीपविरुद्ध मुद्दा अगाडि नबढाउन गौशाला–२६ ले दिइन निवेदन
साउन ११, २०८१ शुक्रबार
प्रहरीको लेखापाल सरुवामा पनि पर्यो सरकार परिवर्तनको असर, यस्तो छ २८९ जनाको सूची
साउन १२, २०८१ शनिबार
'आइभिएफ' प्रविधिबाट बच्चा जन्माउनेको संख्या किन बढ्दैछ ?
साउन १२, २०८१ शनिबार
१७ वर्षीय युवकको मृत्यलाई लिएर धनगढीको नोभा अस्पतालमा तनाब
साउन १२, २०८१ शनिबार
बागमतीमा जोड घटाउ मिलाएर कांग्रेसका ४ मन्त्रीलाई शपथ गराए पनि एक मन्त्रालय अझै पुगेन
साउन १२, २०८१ शनिबार
प्रहरीको लेखापाल सरुवामा पनि पर्यो सरकार परिवर्तनको असर, यस्तो छ २८९ जनाको सूची
साउन १२, २०८१ शनिबार
तरकारी खेतीबाट नाम र दाम दुवै
साउन १२, २०८१ शनिबार
विमान दुर्घटनामा परेकामध्ये ११ जनाको शव परिवारले लगे, विदेशीसहित ७ जनाको बाँकी
साउन १२, २०८१ शनिबार
'आइभिएफ' प्रविधिबाट बच्चा जन्माउनेको संख्या किन बढ्दैछ ?
साउन १२, २०८१ शनिबार