सिपाहीमा समर्पित गोर्खा वारियरको गीत जय जय गोर्खाली रिलिज
नेपालबहस संवाददाता
माघ २६, २०८० शुक्रबार १४:७:४३
२६ माघ, काठमाडौं । आगामी ११ फागुनबाट देशव्यापी सिनेमा हलमा रिलिज हुने ऐतिहाँसिक अन्तराष्ट्रिय चलचित्र गोर्खा वारियरको गीत ‘जय जय गोर्खाली’को मोशन भिडियो बिहिबार सार्वजनिक गरिएको छ । चलचित्रको प्रदर्शन मिति नजिकिँदै गर्दा यो गीतको भिडियोलाई ओएसआर डिजिटल युट्युव च्यानलबाट रिलिज गरिएको हो ।
शसस्त्र प्रहरी बल पूर्व महानिरिक्षक एवम् बरिष्ट गीतकार शैलेन्द्र खनाल ‘सरद’ले यो गीतलाई लेखेका हुन् । गीतमा युद्धमा खटिएका सिपाहीको विरताको गाथा प्रस्तुत गरिएको छ । यो गीतमा एलिश कार्कीको संगीत रहेको छ । कर्तव्यमा अघि बढ्नका लागि हरेक सिपाहीलाई उर्जा दिने यो गीतलाई राजेश पायल राईले निकै आकर्षक र माधुर्य रुपमा गाएका छन् ।
यो मोसन भिडियोमा गीतलाई एकातर्फ लिरिकल रुपमा प्रस्तुत गरिएको छ । अर्को तर्फ सम्बन्धित गीतको भाव समेटिएको दृष्यसँगै तस्बिर युक्त भिडियोलाई पनि गीतिशब्दसँगै प्रस्तुत गरिएको छ ।
गीतले बा आमाको आशिष माग्दै, बीरहरुको पनि बीर बन्दै डटेर लड्ने इमान्दारिताको मार्गमा चल्ने अनि मातृभूमिको नाम राख्ने म हुँ बहादुर सिपाहीं भन्दै सिपाहीको कर्तब्य र जिम्मेवारीको बयान गरेको छ । गीतले सेना तथा सुरक्षा फौजमा रहेका बहादुर सिपाहीको सँघर्ष, वीरताको कथा र परिवारसँग उसको सम्बन्धलाई पनि श्रब्य दृष्य दुबै माध्यमले बर्णन गरेको छ । यो निकै जोशिलो गीतलाई यतिबेला दर्शकले रुचाएका छन् ।
यो चलचित्र बृटिस गोर्खा सिपाहीको साहसिक कथामा निर्माण गरिएको भए पनि यो गीतले सबै प्रकारका सिपाहीको बहादुरीको कथा भनेको छ । सोही कारण पनि आगामी दिनमा यो गीत सिपाहीहरुको लागि उर्जा बढाउने एउटा सही र सार्थक गीत सावित हुने पक्का छ ।
यो चलचित्रका निर्देशक मिलन चाम्सले चलचित्रको कथाभाव अनुसारकै यो गीत तयार गरिएको बताएका छन् । यो गीतमा गोर्खा वारियरको मुख्य कलाकार रितेश चाम्स, विजय लामा, रेविका गुरुङ, शिशिर बाङ्देल, कविता आले, रियर राई, बिरूप घले, सारा राईलगायतका कलाकारहरुको अभिनय समेटिएको छ । राष्ट्रिय भावको यो गीत सुन्दा जो कोहीमा पनि एक प्रकारको उर्जा एवम् जोश बढ्ने गर्दछ ।
नेपाली, हिन्दी, अँग्रेजी र कोरियनसहित चार भाषामा निर्माण भएको चलचित्र गोर्खा वारियरमा निर्देशक मिलन चाम्स र गिरिराज घिमिरेको लेखन रहेको छ । जसमा मिलन श्रेष्ठको सम्पादन, सुदीप बरालको डीओपी, हिमाल केसीको द्वन्द्व निर्देशन, राजेन्द्र मोक्तानको रंग संयोजन रहेको छ ।
यो चलचित्रको निर्मातामा सुमन राई, सुस्मिता वाइवा छन् । यो चलचित्रको कार्याकारी निर्मातामा प्रशान्त थापा, राजेन्द्र घिमिरे एवम् सहनिर्मातामा सुरेश राई रहेका छन् । यो चलचित्र लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसिनेमा हलको विकल्प खोज्ने निश्चल बस्नेतको चेतावनी
असोज २८, २०८१ सोमबार
फिल्म ‘ताण्डवम्’ भ्यालेन्टाइन डे मा प्रदर्शन हुने
असोज २८, २०८१ सोमबार
फूलपातीबाट नेपाली बक्सअफिसमा त्रिपक्षिय भिडन्त
असोज २३, २०८१ बुधबार
कमला ह्यारिसको समर्थनमा ३० मिनेटको भिडियो रेकर्ड
नेपालबहस संवाददाता
असोज २६, २०८१ शनिबार
इन्स्पेक्टर शाही निलम्बन प्रकरणमा एसपी थापामाथि पनि अनुसन्धान हुँदैछ ?
नेपालबहस संवाददाता
असोज २६, २०८१ शनिबार
अफ्रिकाको सहारा मरुभूमिमा ५० वर्षपछि ठुलो वर्षा
नेपालबहस संवाददाता
असोज २७, २०८१ आइतबार
लेबनानस्थित संयुक्त राष्ट्रसंघको आधारमा इजरायली सैनिक प्रवेश
असोज २८, २०८१ सोमबार
माइक्रोको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु
असोज २८, २०८१ सोमबार
चितवन राष्ट्रिय निकुञ्जमा तीन महिनामा ६ गैँडा मृत भेटिए
असोज २८, २०८१ सोमबार
पौडी खेल्ने क्रममा बेपता बालिका मृत फेला
असोज २८, २०८१ सोमबार
सिनेमा हलको विकल्प खोज्ने निश्चल बस्नेतको चेतावनी
असोज २८, २०८१ सोमबार
लेबनानस्थित संयुक्त राष्ट्रसंघको आधारमा इजरायली सैनिक प्रवेश
असोज २८, २०८१ सोमबार
भक्तपुरमा दुई दिने नेपालभाषा साहित्य सम्मेलन सुरु
असोज २८, २०८१ सोमबार
तीन दिनपछि हुम्लाबाट पुनः हवाई उडान
असोज २८, २०८१ सोमबार