कर्णाली प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु
नेपालबहस संवाददाता
माघ २६, २०८० शुक्रबार १६:३३:३१
२६ माघ, कालीकोट । कालीकोटमा कर्णाली प्रदेशस्तरीय खुला पुरुष ब्याडमिन्टन प्रतियोगिता सुरु भएको भएको छ । खाडाँचक्र नगरपालिका–१ मा रहेको खेलकुद विकास समितिको कबर्डहलमा प्रतियोगिताको सुरु भएको हो ।
कर्णालीका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीले खेलको उद्घाटन गर्दै खेलकुद राष्ट्रको गौरवको विषय र खेलाडी गहना भएको कर्णाली बताए । उनले प्रदेशस्तरीय खेलकुद कालीकोटमा हुनु गौरवको विषय भएको बताए । “खेलकुद राष्ट्रको पहिचान हो । खेलाडी देशका गहना हुन्”, उनले भने, “देशको राम्रो छवी बनाउन खेलको भूमिका महत्वपूर्ण हुन्छ । खेलाडीले सिङ्गो राष्ट्रको प्रतिनिधित्व गरेका हुन्छन् ।”
उद्घाटन कार्यक्रममा खेलकुद विकास समितिका सदस्य–सचिव विश्वामित्र सञ्ज्यालले दशौँ राष्ट्रिय खेलकुद कर्णालीमा हुन लागेको भन्दै उक्त प्रतियोगितामा विभिन्न खेल खेलाउन तयारी भइरहेको बताए । “खेलकुद प्रतियोगिता नजिकिएपछि हतारमा तयारी गर्ने हाम्रो बानी नै बनेको छ । अहिलेदेखि दशौँ खेलकुदको व्यापक तयारी गरेका छौँ”, उनले भने, “त्यसका लागि यो अभ्यास खेल पनि हुनसक्छ ।”
आजदेखि सुरु भएको प्रतियोगिता यही माघ २८ गतेसम्म सञ्चालन हुने कालीकोट ब्याडमिन्टन सङ्घका अध्यक्ष वीरेन्द्रबहादुर शाहीले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा रु ५१ हजार एक सय ११ को प्रथम पुरुस्कार, दोस्रो पुरस्कार रु ३१ हजार एक सय ११ र रु १५ हजार एक सय ११ तेस्रो पुरस्कार रहेको छ ।
जिल्लामा रहेका नौवटा स्थानीय तहको आर्थिक सहयोगमा ब्याडमिन्टन सङ्घले आयोजना गरेको प्रतियोगितामा कर्णाली प्रदेशका १० वटै जिल्लाका खेलाडीको सहभागिता रहेको आयोजकले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाली पार्कर खेलाडी सुनार गिनिज बुकमा नाम लेखाउन सफल
पुष ७, २०८१ आइतबार
बक्सिङ डे टेस्टमा भारतको रेकर्ड कस्तो रह्यो ?
पुष ५, २०८१ शुक्रबार
सीमा तस्करी: सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरी भने क्रस चेकसम्म गर्न सकेन्
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
पुष ११, २०८१ बिहिबार
मधेस प्रदेशकाे ‘ट्रफी परेड’ सहभागी हुँदै एनपिएल विजेता जनकपुर बोल्ट्स
पुष ११, २०८१ बिहिबार
बागमती सरकारद्वारा चार सचिवको पदस्थापन, अझै चार सचिवको अभाव
पुष ११, २०८१ बिहिबार
बौद्ध क्षेत्रमा सिसिटिभी जडान गर्न काठमाडौं महानगर र उपत्यका प्रहरीबीच सम्झौता
पुष ११, २०८१ बिहिबार
स्वास्थ्य संस्थामा सहज पहुँच भएपछि मातृशिशु मृत्युदर शून्य
पुष ११, २०८१ बिहिबार
प्रदेशस्तरीय धिमे बाजा प्रतियोगिता गर्दै चाँगुनारायण नगरपालिका, विजेतालाई ५० हजार
पुष ११, २०८१ बिहिबार
चितवन हात्ती तथा पर्यटन महोत्सव सुरु
पुष ११, २०८१ बिहिबार