जबरजस्ती करणी मुद्दाका फरार अभियुक्त १९ वर्षपछि पक्राउ
नेपालबहस संवाददाता
माघ २६, २०८० शुक्रबार २२:२९:२४
२६ माघ, सुनसरी । सुनसरी प्रहरीले जबरजस्ती करणी मुद्दामा फरार रहेका अभियुक्तलाई १९ वर्षपछि पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुनसरी बराहक्षेत्र-१ का अर्जुन विश्वकर्मा रहेका छन्।
विश्वकर्मालाई धरान-१२ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रहरी नायव उपरीक्षक नवीनकृष्ण भण्डारीले बताए।
विश्वकर्माले २०६१ मंसिर २३ गते १५ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको अभियोग लागेको छ। करणी गरी फरार रहेका विश्वकर्मामाथि सर्वोच्च अदालतले २०६७ वैशाख २९ गते ९ वर्ष ५ महिना १९ दिन कैद सजायको फैसला गरेको थियो।
पक्राउ परेका विश्वकर्मालाई शुक्रबार नै अदालत पेस गरी जिल्ला अदालत सुनसरीको आदेशानुसार झुम्का कारागार चलान गरिएको प्रहरीले जनाएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएनपिएल फाइनलमा अभद्र व्यवहार गर्ने डोटीका दुई युवक पक्राउ
पुष ८, २०८१ सोमबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
२९ अंकले बढेर २६१२ मा रोकियो नेप्से, ३२८ कम्पनीका शेयर खरिदबिक्री भए
पुष ८, २०८१ सोमबार
जोर्डनका विदेशमन्त्री र सिरियाली नयाँ नेताबीच समसामयिक विषयमा छलफल हुने
पुष ८, २०८१ सोमबार
एचआईभी संक्रमित निःशुल्क स्वास्थ्य बिमाको सुविधाबाट वञ्चित
पुष ८, २०८१ सोमबार
विश्वको सबैभन्दा सानो शहर, जहाँ बस्छन ५२ जना मात्रै
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार