कांग्रेस नेता कोइरालाको त्याग, समर्पण र योगदान स्मरणीय
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
माघ २६, २०८० शुक्रबार २३:२०:१७
![](https://nepalbahas.prixacdn.net/media/albums/sushil_9kOkLpvcF2_S8cz6Ixm2b.jpg)
२६ माघ, काठमाडौं । नेपाली कांग्रेसका तत्कालीन सभापति एवं प्रधानमन्त्री सुशील कोइरालाको नवौँ स्मृतिका अवसरमा सुशील कोइराला मेमोरियल फाउण्डेशनले उनीप्रति श्रद्धाञ्जलि अर्पण गरेको छ ।
फाउण्डेशनले आज शालिन, सरल र सादगी राजनीतिज्ञ कोइरालाले नेपाली जनताको संविधान बनाउने सात दशक लामो अपेक्षालाई सार्थक बनाउन अग्रणी नेतृत्व प्रदान गरेको ऐतिहासिक योगदान सबैको स्मृतिमा ताजै रहेको जनाएको छ ।
दोस्रो संविधानसभाले २०७२ सालमा बनाएको नेपालको संविधानलाई मान्य बनाउन र लागू गर्न उनले अनेक व्यवधान र कठिनाइ छिचोल्दै सफल भएको तथ्य पनि जगजाहेर नै रहेको फाउण्डेशनका अध्यक्ष एवं कांग्रेसका नेता डा शशाङ्क कोइरालाद्वारा जारी सन्देशमा उल्लेख छ ।
आफ्नो राजनीतिक जीवन देश, जनता र लोकतन्त्रको पक्षमा समर्पित गरेको निष्ठाका प्रतीक कोइरालाले सदैव देशको सार्वभौमिकता, जनताको हित र लोकतन्त्रको स्थापना एवं सुदृढीकरण नै आफ्नो राजनीतिक उद्देश्य हो भन्ने गर्थे।
“देशको हित र जनताको उन्नतिभन्दा ठूलो हाम्रो अर्को कुनै लक्ष्य हुन सक्दैन । यही मान्यताको पक्षमा अनेक अभावबीच पनि कोइरालाले त्याग, समर्पण र योगदान गरेको सन्देशमा उल्लेख छ । सहमति, सहकार्य र एकताको मेलमिलाप सूत्रका प्रयोक्ता राजनीतिज्ञ कोइराला यही चिन्तन र एकबद्ध निष्ठाले नेपालको इतिहाससमेत गौरवान्वित भएको हामी ठान्दछौँ”, सन्देशमा जनाइएको छ ।
अध्यक्ष कोइरालाले स्मृति दिनको अवसरमा श्रद्धाञ्जलि अर्पण गर्दै संविधान कार्यान्वयनको प्रमुख दायित्वमा रहेका सरकार, राजनीतिक दल, नागरिक समाज र नेपाली जनताको सकारात्मक भूमिका रहने विश्वास फाउण्डेशनले लिएको उल्लेख गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपरराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्री डा जयशंकरबीच भेटवार्ता
फागुन ४, २०८१ आइतबार
गणपुरक सङ्ख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित
फागुन ४, २०८१ आइतबार
प्रधानमन्त्री ओलीले लिए अर्थमन्त्री पौडेल र मेयर आचार्यको स्वास्थ्य अवस्थाको जानकारी
फागुन ४, २०८१ आइतबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
इजरायली हवाई आक्रमणमा गाजामा तीन प्रहरी अधिकारीको मृत्यु
फागुन ४, २०८१ आइतबार
परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्री डा जयशंकरबीच भेटवार्ता
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
खोटाङको हलेसी बजारमा आगलागी, निभाउने प्रयास जारी
फागुन ४, २०८१ आइतबार
गणपुरक सङ्ख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित
फागुन ४, २०८१ आइतबार
ठमेलमा बालिकालाई यौन व्यवसायमा लगाउने स्पा सञ्चालिका रमिला गौतम पक्राउ
फागुन ४, २०८१ आइतबार