मेटाले बन्द गरिदियो इरानी सर्वोच्च नेताको इन्स्टाग्राम र फेसबुक खाता
नेपालबहस संवाददाता
माघ २७, २०८० शनिबार १४:२६:३०
२७ माघ, क्यार्लिफोनिया । ३५ वर्षदेखि इरानमा सत्तामा रहेका आयतोल्लाह अली खामेनीको सामाजिक सञ्जाल इन्स्टाग्राम र फेसबुक अकाउन्ट मेटाले ब्लक गरेको छ ।
मेटा कम्पनीका एक अधिकारीले यसको पुष्टि गरेका छन् । खाताहरू ब्लक गर्नुको कारण मेटा दिशा निर्देशहरूको उल्लङ्घन भनिएको छ। मेटाका अनुसार खामेनीले लामो समयदेखि सामाजिक सञ्जालमार्फत इजरायल र गाजा युद्धमा हमासलाई खुलेर समर्थन गर्दै आएका थिए।
एक रिपोर्टका अनुसार अयातोल्लाह अली खामेनीले गाजामा इजरायलको आक्रमणको विरोध गरिरहेका थिए। अर्कोतर्फ, यमनका हुथी विद्रोहीहरूले लाल सागरमा जहाजहरू विरुद्ध प्यालेस्टाइनको आक्रमणलाई खुलेर समर्थन गरिरहेका थिए। अमेरिकाले यी संगठनहरूलाई आतंकवादी संगठन घोषणा गरेको छ। यसका कारण मेटाले खामेनीका दुई सामाजिक सञ्जाल प्लेटफर्महरू ब्लक गरिदिएका हुन । तर, अहिले पनि खामेनीले एक्स ह्यान्डल भने चलाइरहेका छन् ।
मेटाका एक अधिकारीका अनुसार अमेरिकी कम्पनी मेटाले आफ्नो प्लेटफर्मका लागि धेरै नीतिहरू बनाएको छ यदि उल्लङ्घन भएमा खाता ब्लक गरिन्छ। ३५ वर्षसम्म सत्तामा रहेका इरानका सर्वोच्च नेताले यी खाताहरूमार्फत गाजा युद्धमा हमासलाई खुलेर समर्थन गरिरहेका थिए।
मेटाका प्रवक्ताले भने कि अमेरिकाद्वारा खतरनाक भनी तोकिएका संस्था र व्यक्तिहरूको समर्थनमा पोस्ट गर्नु मेटाको नीतिको विरुद्ध हो। बारम्बार नीति उल्लङ्घन गरेको भन्दै खामेनीको खाता हटाइएको हो । यसको नीतिको अंशको रूपमा मेटाले आफ्नो प्लेटफर्मबाट ‘हिंसक बयान दिने वा हिंसामा संलग्न हुने संस्था वा व्यक्तिहरूलाई हटाउँछ।’
यसबाहेक इरानी विपक्षी र इजरायली समर्थकहरूले पनि खामेनीको सामाजिक सञ्जाल अकाउन्टमाथि प्रतिबन्ध लगाउन धेरै पटक माग गरेका थिए। यसैलाई ध्यानमा राख्दै मेटा खामेनीमाथि कारबाही गरिएको हो ।
मेटाका अनुसार खामेनीको फारसी खातामा ५।१ मिलियनभन्दा बढी फलोअर्स थिए भने उनको अंग्रेजी भाषाको खातामा २ लाखभन्दा बढी फलोअर्स थिए। खामेनीले यी सोशल मिडिया खाताहरू मार्फत प्यालेस्टाइनलाई खुलेर समर्थन गरेका छन्। यस बाहेक खामेनीले लाल सागरमा हुथी आक्रमण र इजरायलको लेबनान सीमामा हिजबुल्लाहले गरेको आक्रमणलाई पनि समर्थन गरेका छन्।
इरानी सरकारका पूर्व सल्लाहकार मोहम्मद मरान्डीले मेटाको यो कार्यलाई कपट भनेका छन् । इरानी सल्लाहकारले भने, ‘मेटाले हामीजस्ता धेरै व्यक्तिहरूको खाता बन्द गरेको छ अर्कोतर्फ इजरायललाई समर्थन गर्ने व्यक्तिहरूको खाता बन्द गरिएको छैन।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपटर्कीएको पहिलो ‘सञ्चार उपग्रह’ सफलतापूर्वक आफ्नो कक्षमा पुग्यो
पुष १३, २०८१ शनिबार
अमेरिका र भारतले शक्तिशाली पृथ्वी–अवलोकन उपग्रह प्रक्षेपण गर्ने
पुष ६, २०८१ शनिबार
इन्स्टाग्राममा नयाँ एआई उपकरणहरू आउँदै, अब भिडियोहरू तुरुन्तै परिवर्तन हुने
पुष ५, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
ऊर्जा विकास मार्गचित्र सार्वजनिक, १० वर्षमा २८ हजार मेगावाट उत्पादनको लक्ष्य
पुष २५, २०८१ बिहिबार
ग्रिनल्यान्डबारे ट्रम्पको बयानलाई क्रेमलिनले नजिकबाट हेर्दै
पुष २५, २०८१ बिहिबार
संघ, प्रदेश र स्थानीय तह निर्वाचनको मिति कानुनमै तोकिने
पुष २५, २०८१ बिहिबार
रविलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो
पुष २५, २०८१ बिहिबार
गाउँगाउँमा नागरिक सुनुवाइ गर्दै प्रहरी
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार